“अग्रगमनको सिरक ओढ्ने प्रतिगामी”

 प्रविधि र ज्ञानको विश्वव्यापीकरणले गर्दा अब २०१७ वा २०५२ मा गरिएका कुतर्क र हो-कि हो-कि जस्तो भान पार्ने भ्रामक गफ र आस्वासन, विषयको सार होइन व्यक्तिको नियत, तुच्छ गाली र ad hominem आक्रमणको बलमा गरिने राजनीति अब सकियो ।

डा स्वर्णिम वाग्ले

Dr Swarnim Wagle

हिजो (माघ ६, २०७१) हिंडेर सीतापाईलाबाट त्रिपुरेश्वरसम्म र त्यसपछि प्रहरीको गाडीमा संविधानसभाको बैठक हेर्न बानेश्वर गइयो । दर्शक दीर्घामा पत्रकारबाहेक अरु देखिएनन्, माथिबाट डेढघण्टाजति नाराबाजीगर्नेहरुको अनुहार एक्लै नियालें । त्यसपछि मलाई लागेका केही कुरा :

१. कराउँदै संसदनै कब्जा गरेजस्तो देखिँदा पनि माओवादीहरु हतास थिए, अवकाशको संघारमा उभिएको सेनाको असफल जर्नेल जस्तै ।खित-खित हाँसोका बीच गरिएको विरोधमा कुनै sincerity को छनक थिएन ।


“उत्पीडित जनता त भजाई खाने भाँडो वा सत्ता उक्लने भर्यांग भएको कुरो उनीहरुको अन्तर्मनमा थियो होलानै, अब यसको “सुइँको” बाँकी दुनियालाई पनि छ भन्ने कुरा थाहा भएर होला सायद हो-हल्लाको कर्मकाण्डमा कुनै नैतिक दम देखिएन ।”


उत्पीडित जनता त भजाई खाने भाँडो वा सत्ता उक्लने भर्यांग भएको कुरो उनीहरुको अन्तर्मनमा थियो होलानै, अब यसको “सुइँको” बाँकी दुनियालाई पनि छ भन्ने कुरा थाहा भएर होला सायद हो-हल्लाको कर्मकाण्डमा कुनै नैतिक दम देखिएन । त्यत्रो पद ओगटीसकेका प्रचण्डको टिठलाग्दो उपस्थिति र अस्तिदेखिनै उद्दण्ड देखिईरहेका जनार्दन शर्माको प्रस्तुति बिझ्ने खालका थिए।

२. सभामुख र मर्यादापालकहरु असाध्यै शालीन, बुढा कांग्रेसीहरु भद्र। एमाले पनि उस्तै संयमित – आज सुरेन्द्र पाण्डेले त भने रे हामीपनि एकताका यस्तै उग्र थियौं तर अहिले सुध्रेम ।लोकतन्त्रमा धैर्य र परिपक्वताले फल दिदोरैछ ।

३. यो नाटकको उत्कर्सबारे कांग्रेस-एमाले पूर्ण परिचित भएजस्तो गरेपनि, उनीहरुले जोर-जबरजस्ती नगरुन् । माघ ८ को मिति जाने भैगो, अब एक-दुइ हप्ता राप सेलाएपछि संविधानकालागि “बृहत सहमति” को प्रयास जारी रहोस, नयाँ वर्ष वा जेठ १५ लाई अन्तिम मौका ठानी । तर ठुलो जनमतलाई पनि साथ लानु पर्छ — हरेक मुद्दामाथि आफ्नो तर्क र logic खुलारूपले राखुन् । माओवादीहरू पतनोन्मुख भए भन्दैमा लोकतन्त्रवादीहरु गैर-जिम्मेवार हुनहुन्न — विगतको पीडा सम्झदा रीस उठ्दोहो, तर त्यसलाई schadenfreude मै सीमित राखून् ।

४. नेपाली जनता धेरैनै शिक्षित र सु-सुचित भैसके । प्रविधि र ज्ञानको विश्वव्यापीकरणले गर्दा अब २०१७ वा २०५२ मा गरिएका कुतर्क र हो-कि हो-कि जस्तो भान पार्ने भ्रामक गफ र आस्वासन, विषयको सार होइन व्यक्तिको नियत, तुच्छ गाली र ad hominem आक्रमणको बलमा गरिने राजनीति अब सकियो । धेरैनै आशा गरिएका तर चाडैं विश्वसनीयता गुमाएका केही क्रान्तिकारी ठुला नेताहरु यसका प्रमाण हुन् । नपत्याए एक पटक पढे-लेखेकाहरु चर्न निस्कने social media मा आँखा जाओस – जनमतलाई प्रभाव पार्ने तिनै १० प्रतिशत सुकिला-मुकिलानै हुन् | ठुलो सामाजिक मूल्यमै सही, माओवादीले ग्रामीण चेतना र हक-अधिकारको विस्तार गरे बापत इतिहासमा सधन्यबाद यथोचीत स्थान पाउनेनैछन्, तर अब बोक्नुपर्ने सम्वृद्धिको agenda मा माओवादीहरू अग्रगमनको सिरक ओढ्ने प्रतिगामीनै हुन् भन्ने धेरैको ठहर छ । “प्रतिगामी” सस्तो गालीको रूपमा हैनकि साच्चैनै उल्टो बाटो हिंड्ने अर्थमा । Median voter नै निम्न-मध्य आय आर्जने व्यक्ति र वर्ग भएको मुलुकमा सबै दल समाजमुखी र परोपकारी हुन अनिवार्य छ : सच्चा प्रगतिको मापन त अब राष्ट्रिय wealth create गर्ने र त्यसको न्यायोचित बांडफांड गर्ने/गराउने सवालमा कसको मार्ग-चित्र दह्रो छ भन्नेनै मूल प्रश्न हो । राष्ट्रिय चुनौती र विश्व अवसरहरु ख्याल गरी नेपाललाई कसरी चाडैं धनी बनाउने भन्ने हो । यो अभुतपूर्व कसरतमा उग्र-वामपन्थी सोच र कार्यशैली सहायक नहोला ।

५. नेपालमा तीनवटा ठुला राष्ट्रिय पार्टीहरूको लागी space देखिन्छ | यसमा कांग्रेस-एमाले र एउटा लोकतान्त्रिक त्तेस्रो शक्ति अटाउनेछन् । साना-मसिना जातीय वा क्षेत्रीय दल-रूपी पसलहरू त चल्दै गर्लान् । तर आजैदेखि अर्को चुनावलाई कसरी १००% स्वच्छ र निस्पक्ष्य बनाउने हो भन्नेतिर लागौं – आधुनिक प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्र, विधुतीय भोटिंग मसीन लगायत अन्य विश्वसनीय माध्यमलाई पूर्णत लागु गरौँ । चुनावमा पैसाको प्रभाव र धाँधली कसरी कम गर्ने र पछि बल्झने gerrymandering को संभावनालाई पनि रोक्ने उपाय एवं अन्य बिकृतिहरु हटाइ कस्ता incentives हरूले राजनीतिलाई सफा बनाउला भन्नेबारे गृह-कार्य थालौं । तत्पश्चात अझ धेरै दक्ष युवा पिंढी राजनीतिमा पक्कै आउनेछ भन्ने आशा गर्न सकिन्छ ।

(This article was originally posted as facebook status by Dr Swarnim Waglé. We have reproduced here with his permission.)

Comments

3 responses to ““अग्रगमनको सिरक ओढ्ने प्रतिगामी””

  1. Hari Prasad Gautam Avatar
    Hari Prasad Gautam

    Thank you Swarnim Wagle for your sincere remark/analysis on the present situation . The need of the free and fair election is a must in the coming years . I have a dream that in the next election , party manifestos must be prepared after collecting the views of the public . Let the public gatherings before election finalize their necessities and the political parties make their manifestos accordingly . Public will vote to the party who will accept and promise to fulfill the public desires .
    The public will demand the following points as compulsory apart from other necessary things :
    1. Elections must be hold within five years .
    2. None should be allowed to stop the proceedings of the Parliament/ Legislative assembly more than three hours . Membership must be terminated of those who put obstacle to run the parliament/Legislative assembly .
    3. Judicial court must be kept free from the political influence .
    3. All members of the parliament/L.A including the PM and The President should be treated as a common citizen for their misbehave and wrongdoings under law courts right at the end of the office hour .
    4. Common public must be allowed to file a lawsuit against any one in the Govt . after obtaining a permission from the SC.
    5.The strength of the Parliament / L.A. must be kept within a practical and logical number .

  2. Narayan Avatar
    Narayan

    रुढीबादी यकाधीकार बादी , अधीनायक चलाउन खोज्ने माओबादी लाईइ , कस्ले अग्रगामी भन्ने ?
    शान्तीको बिरोधी ,हुल्लड वाज ,ज्यानमाराले ठाँउ खोज्न जङल जानु पर्छ
    सधैं लुट खसोट्को राज्निती जनताले सहदैन
    दुख मानेर बस ! अब घात तिर्! अब्सान को बेला आयको छ !

  3. yadav Gautam Avatar

    The article is non-aligned to any any political party.And is written by a keen lover of Nepal and a patriot too. Thanks Dr wagle !