two faces of Baburam Bhattarai

प्रधानमन्त्री बाबुराम भट्टराईका दुई पाटा

आजैको कान्तिपुरबाट: उपेन्द्र यादव उवाच

two faces of Baburam Bhattarai
Two Baburams: Baburam Bhattarai, left, talks to a Kantipur journalist four days before the Maoist started "People's War" in 1996. He goes to assume office of the Prime Minister in Singadarbar last week after taking oath to the office and secrecy. Pics by Bikas Rauniar via Kantipur

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा पढ्ने भए 
यहाँ क्लिके हुन्छ । 

One Hundred Days of Prime Minister Bhattarai
प्रधानमन्त्री भट्टराईको कार्यकालका प्रथम तीन महिनामा शान्ति प्रकृयामा प्रगति भयो, शुसासनको धज्जी उड्यो, कुटनीतिमा उनलाई केही सफलता मिल्यो । नराम्रा कामको अपजस सबै उनैलाई जानु स्वभाविकै भयो तर राम्रोको जस उनलाईमात्र जादैन ।

मुस्ताङ् चढ्ने, कर्मचारी सरुवा नगर्ने, सरकारी खर्चबाट आफूलाई बधाई विज्ञापन रोक्ने निर्देशनसँगै सबैभन्दा महत्वपूर्ण, शान्ति प्रकृया टुङ्ग्याउन एकलव्य भएर लाग्ने प्रधानमन्त्री बाबुराम भट्टराईका भनाई र केही हदसम्म कामले थुप्रै जनतामाझ उनलाई प्रिय बनाएका छन् । सर्वसाधारणले चिया पसलदेखि इन्टरनेटसम्ममा व्यक्तगरेका सकारात्मक र आशापूर्ण अभिव्यक्तलाई मापक मान्ने हो भने कुनै पनि व्यक्ति प्रधानमन्त्री चुनिंदा जनतामा त्यतिधेरै खुशी र उत्साह ल्याएको यो विरलै हुने घट्ना हो ।

[UWB note: For those who are subscribed to this site but don’t understand Nepali: This article, first published in today’s Kantipur newspaper, takes an in-depth look at two sides of Prime Minister Baburam Bhattarai- his surprising popularity in the mass and his inconsistencies and contradictions in his politics.]

२०१५ मा बीपी कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री हुँदा, ०४६ को जनआन्दोलनपछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री नियुक्त हुँदा र ०६५ मा पुष्पकमल दाहाल प्रधानमन्त्री चुनिदा पनि जनतामा लगभग यस्तै खाले आशा र उत्साह सिर्जना भएका थिए । सामान्यतः राजनीतिज्ञहरुलाई शंकाले हेर्ने र घृणा गर्ने कतिपय जनताले नै अहिलेका प्रधानमन्त्री भट्टराईलाई त्यस्ता शब्द प्रयोग गरिरहेका छन् जो सामान्य अवस्थामा प्रेमी या प्रेमिकाका लागि साँचिन्छन् । जस्तै- हृदयका राजा, आशाका केन्द्र, मेरा आइडल ।

भट्टराईको प्रशंसा गर्नेहरु माओवादी मात्र छैनन्, माओवादीमै बरु कम छन् । ती प्रशंसकले बिग्रेको र अनियन्त्रित राजनितिक अवस्थामा माओवादीभित्र शान्ति र संविधानको मुद्धा उठाइरहेका भट्टराईमा आशा देख्नु अस्वभाविक होइन । तर उनीहरुका आशा भट्टराईबारे पूर्णरुपमा सूसूचित जानकारीमै मात्र आधारित छैनन् ।

पढाइमा अब्लल, आर्थिकरुपमा सफा र ‘शान्तिका पक्षधर’ भट्टराई पक्कै हुन् तर बेलाबेला उनले अपनाउने नीतिहरु अस्पष्ट र विरोधाभाषपूर्ण छन् जसले उनलाई एकनासको सोचयुक्त नेता होइनन् भन्न सजिलो पार्छ । तत्कालीन नेकपा मसालमा रहदा २०४८ को चुनावमा जाने र नजाने विषयलाई लिएर भट्टराई र चित्रबहादुर केसीबीचको झगडा एउटा पुरानो उदाहरण हो । केसी चुनाव चाहन्थ्ये । त्यो चाहनालाई भट्टराईले ‘संसदमा जागिर खान जान लागेको प्रयास’कारुपमा चित्रित गरिदिए । आलोच्य भएपछि र अर्के कारणले निलम्बनमा परेका भट्टराई अनुपस्थित राष्ट्रिय सम्मेलनले बहिस्कारको नीति लिएपछि केसीले पनि चुनाव बहिस्कार गर्ने भए । तर केही सातामै भट्टराईले चाहि यु-टर्न गरे र चुनावमा भाग लिए । ‘भाग लिनुपर्छ भन्ने म चाहि पार्टी निर्णय अनुसार चुनाव बहिस्कार गर्न देशभरी गए,’ केसीले शुक्रबार हास्दै पुराना दिन सम्झिए- ‘बहिस्कार गर्नुपर्छ भन्ने पक्षका उहँहरु चाहि पार्टी नै छोडेर अर्को समुहमा गएर चुनावमा भाग लिनुभयो ।’

two faces of baburam bhattarai
ठूलो पार्न क्लिके हुन्छ

भट्टराईको त्यो ढुलमुल केही साता अघि र यो सरकार बन्दाताका पनि देखिएको उनका आलोचकहरु बताउछन् । राष्ट्रिय सहमतिको सरकार बनाउछु भनेर उनले झलनाथ खनालको राजिनामा मागेका थिए । सहमति नभए सरकारको नेतृत्व नगर्ने संकेत पनि उनले कहिले प्रष्ट र कहिले अस्पष्टरुपमा दिएका थिए । उनी बहुमतीय सरकारको नेतृत्व गर्छन् र त्यसलाई सहमतीय प्रयास अन्तर्गतकै भन्दै आफ्नो परिभाषामा ढाल्ने प्रयासमा छन् । केसीका शब्दमा, भट्टराईले मौकापर्नासाथ ‘सके तातो पानीले नुहाउने, नभए चिसोले’ नीति लिएका छन् ।

०६२/०६३ को आन्दोलन लगत्तै भूमिगत जीवन त्यागेर काठमाडौंमा सार्वजनिक हुदाँ र शान्ती सम्झौतामा हस्ताक्षर गर्दा धेरैले महसुस गरेको कुरा हो- नेपालका सबैभन्दा लोकप्रिय, भविश्य भएका र प्रभावशाली नेता प्रचन्ड हुन् । (पार्टीभित्रैका चुनौतीसहित पनि) सबैभन्दा प्रभावशाली उनी अझै पनि छन् । पढाईले आर्किटेक्ट भट्टराई भएपनि व्यवहारमा यो सरकारका आर्किटेक्ट दाहाल नै हुन् जो भट्टराईका प्रशंसकहरुलाई थाहा छ । युद्ध र शान्ती दुबैमा अनेकौ स्वार्थ र समुहहरुमा विभाजित र क्यान्टोनमेन्टमा गुरिल्लाहरु भएको पार्टीको नेतृत्व गर्नु सजिलो काम पक्कै होइन । त्यसमा दाहालको नेतृत्व कुशलता झल्किन्छ । तर आम जनताका लागि त्यतिमात्र पर्याप्त नभएजस्तो देखिन्छ । त्यसैले थुप्रै नेपालीले अब दाहालमा देशको र आफ्नो सुन्दर भविश्य देख्न छाडेका छन् । त्यो छोडाईसँगै उनको लोकप्रियतामा आश्चर्यजनक गिरावट आएको छ जसलाई चलाख र भट्टराईभन्दा अलि खुला हृयदका मानिने पुष्पकमल दाहाल आफैले स्विकारेका छन् । अनि लोकप्रियतामा त्यस्तै आश्चर्यजनक चढाईचाहि भट्टराईको भएको छ जसमा उनको विद्धता, कट्टरपन्थी मोहन बैद्य र दाहाल सरकारमा अर्थमन्त्रीकारुपमा उनको प्रस्तुतीले लगभग बराबरी भूमिका खेलेका छन् ।

नेपाली युवा र तिनका अविभावकका ‘दुई प्रमुख सपना’ भट्टराईसँग छन् । प्राविधिक शिक्षा पढेका उनी आर्किटेक्ट (इन्जिनियर) हुन् र शहरी योजनामा विद्यावारिधी गरेका उनको नाम अगाडी ‘डाक्टर’ छ यद्यपी उनी थुप्रैले भगवानै ठान्ने विरामीको उपचार गर्ने ‘डाक्टर’ चाहि होइनन् । (तर अब त्यो गौण भएको छ ।)

‘नेपालमा हरेक बाबुआमा छोराछोरीलाई डाक्टर/इन्जिनियर बनाउन चाहन्छन्,’ अघिल्लो साता अन्र्तराष्ट्रिय समाचार एजेन्सी एएफपीका लागि भट्टराईको चोटिलो व्यक्तिचित्र लेखेका पत्रकार दीपक अधिकारीले भने- ‘भट्टराई ती दुबै हुन् ।’ विद्यार्थीहरु परिक्षामा प्रथम हुन चाहन्छन् र प्रथम हुनेहरुलाई रोलमोडल बनाउछन् । एसएलसीमा बोर्डफस्ट र त्यसपछिका परिक्षा र पढाईमा पनि अब्बल भट्टराई अहिले एसएलसी दिनेदेखि पीएचडी गर्नेसम्म युवाका रोलमोडल बनेका छन् ।

भट्टराईले नेपाली अर्थराजनीति र अन्य विषयमा केही किताव पनि लेखेका छन् तर उनका आलोचकहरुका अनुसार भट्टराईको अध्ययनशीलता ७० को दशकमा पढेको आर्किटेक्चर र क्षेत्रीय योजना निर्माणबाहेक मुख्यत कम्युनिस्ट साहित्यमै सीमित छ जवकी, उदाहरणका लागि, बीपीको अध्यनशीलताले कम्युनिजम पनि समेटेको थियो । माओवादीमा आइडियोलग मानिने भट्टराइलाई पार्टीलाई शान्ती र सम्बिधानका पक्षमा ल्याउन योगदान दिएको मानिन्छ । त्यो सही हो तर त्यतिकै या (त्यो भन्दा बढी) प्रभाव नेपाली राजनीतिमा नयाँखाले सिद्धान्त ल्याएर मदन भन्डारीले पनि पारिसकेका हुन् । ‘बहुदलीय जनवाद’का प्रतिपादक भन्डारीको छिटै निधन भएकाले उनको लोकप्रियताको उनको कार्यनतिजासँग तुलना हुन पाएन ।

प्राविधिक विषय पढेकाले पनि हुनसक्छ भट्टराईको व्यवहार, बोली र सोच पनि प्राय प्राविधिक कै जस्तो हुने उनका आलोचकहरु ठान्छन् । उनका बोलीमा प्राय सामान्य मान्छेले नबुझ्ने कम्युनिट शब्दावलीहरुको बढी प्रयोग हुने र विपक्षीका कुरा उति धैर्यपूर्वक नसुन्ने भनि भट्टराईको आलोचना गरिन्छ । तर ती आलोचनाले भट्टराईमा सफलतामा खासै असर परेको देख्न सकिन्न ।

धेरैको नेपालीको बुझाई छ, देश विगार्ने नेताहरु नै हुन् जो सामान्यत अपठित हुन्छन् -यद्यपी त्यो सोच किन पूर्ण सत्य छैन भने वितेका प्रधानमन्त्रीहरु सबैले विद्यावारिधि नै नगरेपनि विश्वविद्यालयीय शिक्षा लिएका छन् । तर राजनीतिमा सबैभन्दा महत्वपूर्ण नेतृत्व क्षमता हो जो सधै प्राज्ञिक शिक्षाले निर्धारण गर्दैन । तर नेताहरु फटाहा र भ्रष्ट पनि हुन्छन् भन्ने आम धारणा छ । अघिल्लो कुरामा विवाद होला तर भट्टराईले आफूलाई अहिलेसम्म (विशेषगरी अर्थमन्त्री हुँदा) भ्रष्टाचारमा मुछेनन् । (तर उनी जस्तै मन्त्री बनेकी उनकी पत्नी हिसिला यमीका बारेमा सबैले त्यसैगरी ढुक्क भएर भन्न सक्दैनन् । त्यो बुझेरै हुनुपर्छ प्रधानमन्त्री भएपछि कर्मचारीहरुलाई निर्दैशन दिदै भट्टराईले भने- ‘मेरो परिवार या आफन्तबाट कुनै दवाव आयो भने सोझै मसँग आउनु होला ।’)

माओवादी युद्धताकै अलिअलि र शान्ती प्रकृयामा आएपछि सघनरुपमा भट्टराईको छवि भनेको छ- शान्ती र सम्बिधानका पक्षपाती । उग्रपन्थी माओवादी नेता बैद्यले बेलाबेला शहरी विद्रोहका कुरा ल्याउछन् जसले शान्ति र सम्बिधान चाहने आम जनता र विशेषगरी मध्यमबर्गका लागि भट्टराई ‘बैद्यजस्ता खराव नेताभएको पार्टी (हिलो) मा फुलेका कमल’ जस्तै भएका छन् । विद्रोह कि शान्ति र सम्बिधान भन्ने माओवादी आन्तरिक लडाईमा धेरैले दाहाललाई ‘कहिले बैद्यतिर त कहिले भट्टराईतिर जाने ढलमुले, अवसरवादी र सिर्फ मध्यस्तकर्ता’ ठान्छन् भने बैद्य र भट्टराईलाई प्रतिद्धन्दी । अनि कहिले बैद्यतिर त कहिले भट्टराईतिर लाग्ने दाहालको व्यहोरा र बैद्यका डरलाग्दा कुराबाट तर्सिने मध्यमबर्ग (फेसबुक पुस्ता)ले भट्टराईलाई माओवादीमा शान्तिका एकमात्र प्रतिनिधिकारुपमा देख्नु अनौठो भएन । (विपक्षीहरु यसलाई माओवादीको ‘शान्तिको पनि नेता, क्रान्तिको पनि नेता’ हुने सफल चाल ठान्छन् ।) हतियारका कन्टेनरहरुको साचो विशेष समितिलाई बुझाएर शान्ति प्रकृयालाई अगाडी लैजाने दाहाल-भट्टराईको चाहना विरुद्ध शुक्रबार एक घन्टा चक्का जाम गर्ने बैद्यको निर्णयले फेसबुकमा भट्टराईका फ्यानहरु झन बढाएको हुनुपर्छ । ‘भन्न त भन्थे मान्छेले, कच्चा बैद्यको मात्रा यमपुरीको यात्रा । हो रैछ क्यार । हेर्नुस् न बैद्यको करामत,’ शुक्रबारको चक्काजामको केही घन्टापछि त्यो सन्देश फेसबुकमा प्रकाशित भएको थियो । चक्काजामलाई केहीले ‘डाक्टरी पुस्ता र बैद्य पुस्ताबीचको संघर्ष’ पनि भनेका छन् ।

पक्कै, सामाजिक सन्जाल वेबसाईट फेसबुकमा आउने प्रतिक्रियाहरुले नेपाली राजनीतिक समिकरण र लोकपि्रयताहरुको समग्र प्रतिनिधित्व नगर्न सक्छन् तर १० लाख भन्दा बढी नेपाली त्यहाँ छन् र ती मध्ये अधिकाँश मध्यम बर्गीय हुन् । फेसबुकमा नहुने मध्यमबर्गले पनि हुनेकै जस्तो विचार राख्छन् । ‘फेसबुकमा जो छन् ती पढेलेखेका, संसारबारे थाहा पाएका र राम्रो शिक्षा लिने चाहना भएकाहरु हुन्,’ भट्टराईजस्तै अर्का लोकपि्रय युवा, काङ्ग्रेसका नेता, गगन थापा भन्छन्- ‘र, त्यो समुह परम्परागतरुपमा हाम्रो- काङ्ग्रेसको- आधार हो । मध्यम बर्गमा भट्टराई प्रिय हुनुभनेको काङ्ग्रेको आधारमा उनी रुचाइनु हुनु हो । त्यो काङ्ग्रेसका लागि खतरा हो ।’ त्यो त्यही मध्यम बर्ग हो जसले गत बर्ष माओवादीको अनिश्चितकालीन हड्तालविरुद्ध उत्रिएर त्यसलाई ६ दिनमै तुहाईदिएको थियो । त्यसबाट आक्रोसित दाहालले एउटा भाषणमा ‘सुकिला मुकिला’ भन्दै त्यही मध्यमर्गप्रति कटाक्ष गरेका थिए ।

शान्ति र सम्बिधानको पक्षमा छवि बनाए पनि धेरैले ध्यान नदिएको कुरा के हो भने भट्टराई अझैपनि खाट्टी माओवादी नै हुन् र उनको सैदान्तिक दृष्टिकोण उग्रपन्थी बैद्यको भन्दा खासै भिन्न छैन । झलनाथ खनालको नेतृत्वमा सरकार बन्नु केही महिना अघि तत्ककालीन प्रधानमन्त्री माधवकुमार नेपालले दाहालसूग लडाकू समायोजनबारे केही प्रस्ताव गरेका थिए । त्यो प्रस्ताव एमालेका लागि ‘माओवादीले जे चायो त्यही’ थियो भने माओवादीका लागि ‘माधव नेपालसँग आत्मसमर्पण गरेबराबरको’ थियो । लडाकूहरुलाई विशेषसमिति अन्र्तगत लैजाने त्यो प्रस्तावप्रति दाहालले सहमति जनाएपछि उनको सबैभन्दा चर्को आलोचना गर्नेमा भट्टराई नै थिए । अहिले बैद्यले जस्तै एक घन्टे चक्काजाम त भट्टराइले गरेनन् तर गालीजन्य सबै शब्द उनले दाहालका विरुद्ध प्रयोग गरेका थिए । शान्ती प्रकृयाविरुद्ध त्यति प्रष्ट ढंगमा उभिदा पनि भट्टराईको शान्ती र सम्बिधानका पक्षमा बनेको छवीमा धुमिलता आएन ।

‘भट्टराईका किताव र लेख पढ्ने हो भने अहिले पनि उनी माओवादी सत्ता स्थापना गर्ने लक्ष्यबाट डगमगाएका छैनन्,’ भट्टराईलाई नजिकबाट नियालेका एकजना गैह्रमाओवादी नेताले भने- ‘शान्ती, सम्बिधान, लोकतन्त्र सबै उनका लागि माध्यम हुन् । फरक यत्ति हो, बैद्य आजै गरिहालौं विद्रोह भन्छन्, भट्टराई ‘अहिले हैन, पछि’ भन्छन् ।’

भट्टराईको त्यो सैद्धान्तिक विश्वासले उनलाई माओवादीप्रति विश्वास नगर्नेहरुमाझ पनि प्रिय हुनबाट रोकेको छैन । विद्धताबाट मिलेको लोकप्रियतालाई भट्टराईले दाहाल सरकारमा अर्थमन्त्री छदा र हटेपछि पनि तिखारे । अर्थमन्त्रालयमा उनले क्रान्ति गरेका थिएनन् । जुन आधारभूत आर्थिक नीति अन्तर्गत उनले काम गरे त्यो काङ्ग्रेसले ०४८ यता ल्याएको उदार नै थियो । अर्थ सम्हाल्न साथ भट्टराईले राजश्वको एउटा महत्वकाक्षी लक्ष्य राखे, जसलाई काङ्ग्रेसीहरुले ‘पुरा हुनै नसक्ने सपना’ भन्दै खिल्ली उडाए । तर भट्टराईले लक्ष्यअनुरुपको राजश्व उठाएर देखाइदिए, काङ्ग्रेसीलाई छक्क पारे । ‘हाम्रै आर्थिक नीति र हामीले नै तय गरेको मापदन्डभित्र रहेर उनले त्यो गरे,’ थापाले भने- ‘यद्यपी उठाउनु मात्रै ठूलो कुरा थिएन । (विकासमा) खर्च गर्नु झन ठूलो चुनौती हो जसको सामना उनले गरेनन् । तर वितेका केही बर्षहरुमा हाम्रो समाज कति तिर्खाएको छ भने कसैले सानो र नियमअनुसारकै काम गरेपछि त्यो मरुभूमिमा मिलेको एकजग पानी जस्तै महत्वपूर्ण ठहरिन्छ ।’ अर्थात, चोरैचोरले भरिएको समाजमा चोरी रोक्नै पर्दैन, लोकप्रियता बन्न नचोरिदिएमात्र पनि पुग्ने भएको छ ।

ठ्याक्कै त्यही अर्थात नचोर्ने काम गरे गोकर्ण विष्टले जसले उनलाई पनि लोकप्रियता दिलायो । झलनाथ खनाल सरकारका उर्जा मन्त्री एमालेका विष्टले पनि मौलिक क्रान्ति गरेका थिएनन्, संसदीय समितिले दिएको निर्देशन अनुरुप विद्युत प्राधिकरणमा खुला प्रतिस्पर्धाबाट नेतृत्व छाने । अनि विद्युत चोरी कम गराउन सक्रियता लिए । यद्यपी विष्टले केही ‘खराव’ काम पनि गरे जो उनको लोकप्रियताको पछि लागेका मिडियाले राम्रो केलाउन सकेनन् । जस्तै- निजी क्षेत्रबाट उत्पादित बिजुली (पावर पर्चेज एग्रिमेन्ट) खरीदमा २० प्रतिशतले बढाए । जसले अन्ततः ग्राहक (जनता) लाई मार पार्नेछ । जलविद्युत क्षेत्रमा सबैभन्दा बढी प्रभाव भएका उनको पार्टी एमाले समर्थकहरुलाई फाइदा पुर्‍याउने छ । त्यस्तै, चमेलिया आयोजनाको गाडी उनले पछिल्लो समयमा मात्र फर्काएका हुन् । अनि सरकारी व्याङ्क असफल भएको देख्दा देख्दै उर्जा व्याङ्क खोल्ने निर्णय लिए ।

किनेर पाइदैन, तर लोकप्रियताको पैसा पर्छ, त्यसका लागि मूल्य चुकाउनु पर्छ । जस्तो, मन्त्रीबाट हटेपछि विष्ट मन्त्रालयबाट आफ्नै पैसामा ट्याक्सी चढेर निस्के । नत्र यहाँ सरकारी गाडी फिर्ता गर्न अनेक झमेला खेप्नुपर्छ । बिजुली बक्यौता असुल गर्न सडक ओर्ले, जसले उनलाई धेरैको स्याबासी मिल्यो ।

त्यसैगरी पैसा गुमाएका छन्, गगन थापाले संविधान सभाबाट तलव नलिएर । त्यो निर्णयले उनलाई ‘पैसै नलिइ काम गर्ने राजनीतिकर्मी’ भन्ने पदवी सहित लोकप्रिय त बनाएको छ तर त्यो लोकप्रियताका लागि उनले प्रतिमहिना ५० हजार जस्तो पनि गुमाईरहनु परेको छ । अर्थमन्त्रीहुँदा विदेश भ्रमणमा गएपछि फर्किदा बचेको पैसा सरकारलाई नै फिर्ता दिएका थिए भट्टराईले जसले उनलाई पनि लोकप्रियत बनायो । त्यो पैसा उनी आफैले राख्दा अनियमित हुदैन थियो । तर फिर्ता दिदा मिडियामा जुन चर्चा मिल्यो र लोकप्रियता बढ्यो, त्यो पनि मिल्दैन थियो । ‘कुनै काम गर्दा लोकप्रिय भइयो भने त्यो लोकप्रियता कायमै राख्न निकै मन लाग्दो रहेछ,’ काङ्ग्रेसका पुराना नेताले ‘यो केटो’ भन्दै हल्कारुपमा हेरेपनि त्यो पार्टीको केन्द्रिय समितिको चुनावमा बुढाहरुलाई पछार्दै सबैभन्दा धेरै मत ल्याएर चुनिएका थापाले भने । शाही कदमको प्रतिवाद गरेर केही महिना जेल बस्दा नेपाली जनतामाझ चिनिएका र थुप्रै नेपाली युवाका रोल मोडल बनेका थापा अहिले पनि सर्वाधिक रुचाइएका राजनीतिकर्मी मध्ये पर्छन् । यद्यपी उनको लोकप्रियताको पनि सबैले देख्नेगरी कामबाट परिक्षण हुन पाएको छैन । त्यसैले त्यो लोकप्रियतामा पनि प्रेम भन्दा जनअपेक्षा/आशा बढी छ ।

गगनका कतिपय समकालीन प्रतिस्पर्धीहरु मिडियाले गगनलाई गगन बनाएको (र, त्यसको तुलनामा आफूहरुलाई कम स्थान दिने नगरेको) दावी गर्छन् । त्यसमा केही सत्यता होला तर मिडियाको ध्यान तान्न पनि केही विशेषता र क्षमता हुनैपर्छ, काम केही गर्नै पर्छ । अनि व्यक्तिले मिडियालाई कसरी उपयोग गर्छन् भन्नेमा पनि भर पर्छ । पहिले, मिडिया कम हुदा राजनीतिज्ञहरुको छवि मुख्यत पार्टीको सन्जाल र कार्यकताहरुमार्फत आम जनतामा पुग्थ्यो । र, त्यो छवि मुख्यत सकारात्मक हुन्थ्यो । अहिले कार्यकर्ताहरु गौण भएका छन्, जनतामा मिडियाको पहुँच फैलेको छ र प्रभाव बढेको छ । मिडियामा पनि टीभी, रेडियो, पत्रिका र पछिल्ला बर्षहरुमा इन्टरनेटका आ-आफ्नै महत्व छन् । फेसबुकमा थुप्रै राजनीतिज्ञहरुले खाता खोल्नु निकै अगाडी त्यो सामाजिक सन्जालमा भट्टराई हिट भइसकेका थिए जसले उनलाई युवाहरुमाझ ‘प्रविधि-मैत्री’ र ‘यो मान्छे पनि हामी जस्तै विन्दास रैछ’ भन्ने सकारात्मक प्रतिक्रियाहरु दिलाएको थियो । मिडिया प्रबन्धनमा भट्टराईको कुशलतालाई एकजना राजनीतिकर्मीले यसरी बर्णन गरे- ‘गत बर्ष पुषमा काठमान्डूमा स्वदेशी जुत्ता प्रदर्शनी भएको थियो । म पनि त्यहा गए, नेपाली जुत्ता किने, आए । भोलीपल्ट पत्रिका हेर्छु, भट्टराईको फोटो । उनले त्यहा गएर ‘अबदेखि विदेशी जुत्ता नलगाउने’ घोषणा गरिदिएछन् । त्यो घोषणा मैले पनि गरिदिएको भए भोलीपल्ट पत्रिकामा म पनि छाउने रहेछु ।’ बाहिरबाट पार्टपुर्जा ल्याएर नेपालमै टाकनटुकन जोडिएको (एसेम्बल्ड) तर सस्तो मुस्ताङ् गाडी चढ्ने घोषणाले पनि भट्टराईलाई प्रधानमन्त्री भएकै दिनदेखि लोकप्रियत तुल्यायो । तर त्यो लोकप्रियताका लागि उनले विरामी पार्नेगरी उफार्ने र कम सुविधायुक्त गाडी चढ्नु पर्ने छ र प्रधानमन्त्रीबाट हटेपछि अरुले झै महगो गाडी आफूसूगै लान पाउने छैनन् (लोकप्रियताको मूल्य!) ।

लोकप्रियताको तुलो वितेका पाँच बर्षमा कसरी दाहालबाट भट्टराईतिर ढल्कियो ? विश्लेषकहरु शान्ती सम्झौता लगत्तै जनतालाई शान्तीपूर्ण जीवन र प्रगतीको आशा दिएर चुलिएको दाहालको लोकप्रियतालाई लोकप्रियता मात्रै नमानेर जनताको अपेक्षाको मिश्रण पनि ठान्छन् । कसैबाट आशा गरिनु पनि उसलाई सकारात्मक दृष्टिले हेर्नु हो । त्यही आशापूर्ण दृष्टि थियो ०६४ साल ताका दाहाल प्रति र त्यो लगभग चुनावसम्मै रह्यो जसले कतिपयको अपेक्षा विपरित माओवादीलाई सबैभन्दा ठूलो पार्टी बनायो । तर प्रधानमन्त्रीकारुपमा मौका पाएर पनि उनले जनअपेक्षा अनुरुप काम गर्न नसकेपछि जनताले उनीबाट आशा मारे । शान्ती प्रकृया टुङ्ग्याउनुको साटो सामान्य सरकार चलाइरहेको ठान्दै उनी सेनाको नेतृत्व बदल्न- या अन्य कम महत्वपूर्ण कामतिर- लागे जो उनको बहिर्गमनको कारण बन्यो ।

अहिलेको भट्टराईको लोकपि्रयता पनि काम गरेपछि मिलेको मायामात्रै नभई राम्रो काम गर्लान, आफूलाई सुख देलान् भन्ने जनताको अपेक्षा मिसिएको छ । जस्तै, गए साता माओवादीका दुई प्रखर आलोचक सम्पादकहरुले आ­-आफ्ना पत्रिकामा भट्टराईबारे लेख्दा एउटा उस्तै शब्दावली प्रयोग गरे- ‘सबभन्दा धेरै/बढी आशा/अपेक्षा गरिएका नेता/प्रधानमन्त्री ।’

भट्टराईले आफ्ना अध्यक्ष दाहालका पहिलेका गल्तीबाट सिक्न खोजेजस्तो गर्दैछन् (सेनापति हटाउने त के सचिवको सरुवासमेत नगर्ने भट्टराईले बताएका छन्) र शान्ती प्रकृयालाई मूल एजेन्डा बनाएका छन् । ‘हिजोका भट्टराई बौद्धिक, लगनशील र कर्मठ थिए,’ भट्टराईको गठबन्धनका एकजना असन्तुष्ट साझेदार उपेन्द्र यावदले भने- ‘तर भोलीका भट्टराई के हुन्छन् त्यो उनले आज के गर्छन् भन्नेमा भर पर्छ ।’

भट्टराईको आहिलेको तथाकथित लोकप्रियताको सही कसी, उपेन्द्र यावदले भनेझैं, प्रधानमन्त्रीकारुपमा मुख्यत शान्ती प्रकृयामा उनले कसरी काम गर्छन् भन्नेबाटै निर्क्योल हुन्छ ।

http://facebook.com/waglejournal

Advertisements

29 thoughts on “प्रधानमन्त्री बाबुराम भट्टराईका दुई पाटा”

  1. Bislesan ramro garnu bhayeko ma dhanyabad ….Tara fb chalaune pusta madhyam bargiya matrai hun bhanne chai ali chitta bujena …kinaki arab ko gham ma kam garna jane nepali nai holan 10 lakh ta …uniharu ma ni cha fb ko pahuch …k uniharu sabai madhyam bargiya hun ta ??? slc pani napdeka …kani kuthi english lekhne dekhi lera phd garne samma le chalauchan fb …baru madhyam barga bhannu bhanda pani fb le bAdi yuwa barga sametcha jasto lagcha …

    Like

    1. The middle class was used as a general term but yes the reality is that FB is accessed by people from all classes- higher to lower but their numbers pale in front of the rising middle class (which in itself has several strata- lower middle class, middle middle class and upper middle class). There are hundreds of thousands of poor Nepalis working in the Gulf but my understanding is that only a fraction of them have access to FB and those are are actually educated- at least computer literate- which technically makes them- middle class in a broad sense of the word (which seems to be very flexible.)

      Like

  2. I had never read such a childish critic of BRB. Let me tell you, you are good ‘assembler’! I can see you have assembled quite number of people to tell who Baburam is.

    Like

  3. Hey thanks for replying …I may belong to middle middle class .. 🙂 Anyway nice article … Still i want to add something ….
    Youth Literacy Rate of Nepal 2000-2004, Female, % (UNESCO) 60 Male 81 % …So by now in the age of facebook I think its much more …. And everyone has access more or less to fb either in Nepal or abroad … Don’t u think the voice of Facebook is voice of around 70 % youth of Nepal ??

    Like

    1. my understanding is that the literacy rate- like health service or road network- has risen in the past two decades, thanks to the liberal economic policy adopted by the post- jana nadolan 2046 governments.

      more and more people are joining the web (or FB actually) though there are millions more who have been left behind or can’t use it the way they should have been able to use it. so even if a small fraction of nepali youth are on fb, as you said, views of those youth who are on fb more or less represents the views of youths who are not on fb. and i write: फेसबुकमा नहुने मध्यमबर्गले पनि हुनेकै जस्तो विचार राख्छन् ।

      Like

  4. “फेसबुकमा नहुने मध्यमबर्गले पनि हुनेकै जस्तो विचार राख्छन् ।”
    यो वाक्यांशले के भन्न खोज्नु भएको हो वाग्लेजी ले?
    फेसबुकमा नभएकाहरुको धारणा बुझ्न blog चलाएको जस्तो सजिलो त पक्कै छैन होला नि [blog चलाउन साह्रै सजिलो भन्न खोजेको हुँइन]!!!
    फेसबुक चलाउनेको धारणाले केही वजन त पक्कै बोक्छ तर यो समस्टिमा आम नेपालीको आम धारणा नहुन पनि सक्छ भन्नेतिर संचारकर्मीहरुले ध्यान दिने कि???
    तर अहिलेलाई ‘शंकाको लाभ’ भने पाउनु भएको छ!!!

    Like

    1. त्यो वाक्यबाट तपाईले चाहिँ के बुझ्नुभयो भण्डारीजी?

      अनि अर्को प्रश्न- “फेसबुकमा नभएकाहरुको धारणा बुझ्न blog चलाएको जस्तो” भन्नाले के भन्नुभएको बुझिने नेपालीमा बताइदिनुस् न ।

      अनि केही नेपालीको बानी हुन्छ पुरै पढ्दै नपढी एउटा वाक्य देखेको भरमा प्वाक्क मुख फोरी हाल्ने । तपाई पनि त्यस्तै त हैन नि ? 🙂 किन सोधेको भने मैले माथि यो लेखेकै छु==

      पक्कै, सामाजिक सन्जाल वेबसाईट फेसबुकमा आउने प्रतिक्रियाहरुले नेपाली राजनीतिक समिकरण र लोकपि्रयताहरुको समग्र प्रतिनिधित्व नगर्न सक्छन्…

      तपाईलाई यसमा पनि रुचि हुनसक्छ जसमा मैले नेपाली समाजका लागि सामाजि सन्जालको महत्व (जो खासै धेरै नहुन सक्छ तर बढीरहेको छ) बारे केही लेखेको छु- http://wagle.com.np/2011/03/18/एउटा-लामो-ट्वीट-a-very-long-tweet/

      Like

  5. BRB mathi hami le dherai asa ra bharosa gareka chau, mathi ullekhet unko dosro pato, arthat alochana lai aja ko din ma hami nazar andaj garchaw, tara bhabishaya ma aunle Paris dada ko agenda bokchan ki Nepali Janta ko agenda, herna baki cha.

    Like

  6. My thumbs down for this critic… The author has just tried to show the people that everyone is wasted.. No one has thought for people nor any body will ever do.. All the people do is buy their popularity.. What a cynic Mr Wagle has become.. poor fellow doesn’t even mention the spirit of Mr Bhattarai who have chosed the way of thorns despite he could have live his life in a far better prosperous way.. He intentionally skipped this or didn’t come inside the purview of “BRB ka dui pata”.. I wonder..

    Like

    1. I don’t blame you, Mr Timalsina, for thinking like the way you thought while writing that brief comment because there are many, especially diehard fans of BRB, who think like you think. They are angry to read this piece because, as soon as BRB became the PM, only thing the press wrote about BRB was heagographic pieces praising the new leader. Actually I am also in the group of people who believes in BRB, likes him personally and for his intelligence. BUT I am only a part of a coin. There are A LOT OF people who think otherwise. AND there clearly is OTHER side of BRB that neede to be highlighted- at least to the people who journalism is supposedely said to be empowering so that the could govern themselves. That’s from the journalism book alright but that is exactly what I wanted to do- analyze the popularity (which is less popularity, more expectation of people, I think) of BRB against his history of inconsist politics and hardline politics. Just because BRB today wants the peace process to end or integrate combatants in 45 days doens’t mean he aways belived in that (refer to a section of the article that talks about how BRB creticized Prachanda when the latter agreed on a government proposal to bring combatants under special committee). And this whole euphoria sorrouding BRB that portrays him as a darling of middle class can’t hide the fact that he is a leader of a party that aim, ultimately, at establishing a communist dictatorship. As a reporter, despite admiring BRB, I felt compelled to bring those sides of the stories too- as honestly as possible.

      As for your imaginative remark that BRB chose thorns against the comfort (actually, the term kadaghari was used by a reporter in the newspaper that I work for, so its not new when I read it from you). That is what most politicians have done, not just YOUR Baburam. And anyone can’t become a prime minister without any contribution to society or playing important role in political arena. And nobody forced him to take that thorny route (though I don’t agree that that was a thorny route at all). If you say abandoning the post of MP and going to lead a war is a thorny path, soldiers always do that. And that doesn’t make more special than ordinary civilian citizen of a country who contributes to the nation building process at his/her own capacity.

      You don’t seem to read parts of my article that talk about the fact that BRB has two important aspects that Nepali society dreams to identify with- “Doctor” title and technical education.

      Plus, you may want to read another piece of mine that may address your world view without making you agitated enough to post a comment like the one above.

      Like

  7. BRB has given some hope in nepali politics n time is still not so ripe to start his criticisms. it doesn’t feel good to read this article….not only because it potrays negative shades of baburam but also becoz some characters are forcibly introduced as cameo eg gagan thapa……why such preference wagle ji? it is more supposed to be article about baburam……n yes! people have different faces….they change with time, their opinion changes….n it’s not a big deal (he had waged a 10 year long violence, isn’t that greater than ur petty issues??) . it doesnt really matter as long as one is honest. look at urself….if u r a baburam fan, what motivates you to find so many faults within him? double faced, yeah?????????

    Like

    1. I can understand your frustration, girikanchan ji. And I blame it to the partisan journalism that, unfortunately, still exists in Nepal and used to be mainstream until recently. My correct assumption is that you have grown up reading hagiographic pieces on BRB in papers like Janadesh- the pro-BRB Maoist mouthpiece (this bit of info for those who may be reading this but have no idea about Janadesh). Fortunately, the paper I work for is not Janadesh despite the fact that a very pleasant ex-classmate of mine edits the paper and is now happens to be the press advisor to prime minister BRB.

      So, in a relatively independent/fair paper (there’s nothing like absolutely independent or neutral or balanced journalism/paper) like the one I work for reporters are encouraged to present two sides of the coin- not just feed the one sided propaganda.

      And the fact remains unchanged: BRB is hugely “popular” leader AND is full of contradictions/inconsistencies. You the diehard and blind fan of BRB may feel bad while reading a piece like this that tries to explore both positive and negative sides of BRB but Nepali people have the right to know everything, I mean EVERYTHING about their prime minister. I wouldn’t have written a 2200-word piece on him and given a FULL page of Kantipur if BRB were not the Prime Minister.

      And lets not be in illusion that BRB is “popular” entirely for what he did in the past. The popularity is more about expectations from him and, as you correctly said, for the hope that his election has created. It remains to be seen if he can live up to the people’s expectations.

      And for your misinformed stand that I brought Gagan in the story forcefully: You will notice, if you think just for a minute while carefully reading the piece, that the theme of the article is ‘popularity’ of the political class. It is also a reverse side of the story that I did sometime back in Kantipur with this title: नेतालाई घृणा किन ?

      You may not want to believe but Gagan, like BRB, is one of those few very ‘popular’ political leaders in Nepal today. Another is Gokarna Bista who has also been included in the story. The difference between blind BRB fans like you and BRB himself is that BRB considers Gagan one of the most promising and popular leaders in Nepal today. BRB told this in a Q&A with Kantipur sometime back. (He was asked to identify two potential leaders from inside and outside the Maoist party. The other guy he named is now the finance minister in his cabinet- Pun). And you don’t seem to have read the article carefully (instead jumped quickly to discredit it) because if you had you would have found the reasons for Gagan’s inclusion in the story itself.

      How easily you say that people “change with time, their opinion changes….n it’s not a big deal.” That IS a big deal because that shows how they have evolved and how their current stage is shaped up. You say it doesn’t matter as long as one is honest. There is a line in the article= तर ती आलोचनाले भट्टराईमा सफलतामा खासै असर परेको देख्न सकिन्न । My impression is that while blindly following BRB you seem to have developed the habit to become paranoid by seen one critical line and concluding that the whole article ONLY criticizes but doesn’t appreciate.

      And you have a question to me:

      look at urself….if u r a baburam fan, what motivates you to find so many faults within him? double faced, yeah?????????

      My answer would be this: I feel BRB is better than many other contemporary leaders BUT I am not his blind and diehard fan like you are. So I try to see both positive and negative side of the person I admire. And I am a journalist- not a Maoist cadre- whose duty is to show both sides of the coin to readers. I am accountable to my readers (you are one of them) but not to BRB.

      Like

  8. wagle ji! i didnt read the article but i read the comments and ur counter comments. n all i could conclude from it was that you try to defend ur view at any cost. be easy and dont be so arrogant abt. how u see things. jeez.. these r ur readers n what is so bad abt taking in their ideas. characterizing every single commenter as blind fan or die hard fan and so on. that is so amateur act my dear. BRB may have done 6 good things and 4 bad things out of 10. but does it matter when people are finally looking him as a sign of relief. dont you think we need a person who can finally unite all the people and raise the pressure on every required area that needs to be seen urgently. whether he becomes successful or not is a different issue but right now we need a hero who can unite a nation in order to funtion in the first place. Developed countries in the world were not successful because thay had leader who did all good things. it because they had leaders who could unite much population and was honest on running the country right. you did a good duty by giving honest criticism of a leader. now do one more good job by supporting him to run his things smooth.

    Like

    1. rodunge ji

      you are an wonderful example of those nepalis who give their unsolicited opinions WITHOUT understanding the issue. So quick to become a judge and pass the judgement. lol. my understanding is that you would have seen things differently had you read the story and joined the discussion.

      there’s no view to defend here. i was merely trying to help some of the ‘enlightened’ readers/comrades- and yes the diehard brb fans- here to undersand the reality that the reality is not as rosy as they would like that to be.

      for some people brb could be a beacon of hope but there are millions of others for whom brb is the same person with those bloodied hands that killed 15000 people.

      let me use your own words to describe you here that you are very nieve to think that journalism is about highlighting only one aspect of a story. It is not. My job as a reporter is to present the both sides of the story. if you don’t understand that simple fact you will find me nothing but defensive. and that is not my loss.

      it is one thing to get some admirers for a few nice but largely symbolic decisions but it would be childish to imagine that a maoist, in a post-conflict scenario, will become a symbol of national unity in a deeply fractured society like ours. you are free to fantasize though.

      and for your last line: you should tell that to comrade baidya- baburam’s colleague in the SAME Maoist party. you will agree with me when I say that there’s little difference between BRB and Baidya in therms of their belief and principle. Just that, as I mention in the article in a different language, one is a soft hardliner, the other is a hard hardliner.

      BTW, an article that highlights both positive and negative sides of a person is less harmful than the person who calls for a strike to block the peace process to move the country forward.

      Like

  9. Wagleji, you are a reputed journalist n i dont know much about journalism. You may be correct in your views as a journalist. I just said becoz I found those imports annoying. To wage a violent war is itself debatable, but people including u n me have given cleanchit to him n he enjoys d privilage of a peace-loving leader. why? then, do these petty issues count much? that’s why i said.I am baburam’s fan but not as much as ‘die hard’ fan as u have perceived. I am not a maoist cadre n haven’t read all those mouthpieces. I just think this way. Anyways, looking forward to ur articles.

    Like

  10. Well, you believe you wrote a balanced article on Baburam as per your employers’ encouragement on “neutrality” .But when I read your article, I can clearly see where you are inclinations are.Is that impartiality Mr. Wagle?

    Like

  11. Democracy is not about leaders at all or even business…seems to me that considering the obstacles this country has recently in an international context we are headed for more trouble.

    It was all too good to be true shanti and no headache. At least we have something to write about. Who cares if France is lead by Sarkozy and Germany by the nice lady. I am not right or left.
    In their zeal to save the illiterate they harm those they pretend to save, missing the point politics. Also these endless point 7 non agreements…
    Basically transition from Absolute Monarch to new democracy goes through this transformative process of overestimating any politician.
    The real bad news? He is like you and I. Also Badya. Happy face.

    Like

  12. वाग्ले जी , यहाँले गर्नु भएको समालोचना अत्यन्तै तर्कपुर्ण र सान्दर्भिक लाग्यो । तर डाक्टर साबको नेतृत्वमा सरकार बनिरहेका बेला विभिन्न निकायहरूमा भ्रष्टाचारको मात्रा बढिरहेको अवस्था छ । जब कि उहाँले भ्रष्टाचारको सन्दर्भमा ‘शुन्य सहनशिलताको नीति ‘ अपनाउने कुरा बारम्बार गरिरहनुहुन्छ । अब यी भैरहेका भ्रष्टाचारको जिम्मा प्रधाननमन्त्री ज्युले लिन के नलिने ? के शब्दको प्रयोगमा सचेत भएर मात्रै हुन्छ र ?

    Like

Post your views

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s