विट मार्ने ‘विट’ का कुरा

UWB Note: This article in Nepali by Yashoda Timsina, a reporter with Nepal Weekly Magazine, talks about the importance of beat in journalism and argues that female reporters should not be confined into writing women issues only. She also talks about working with different male editors and their attitude towards the topic. We will continue posting Nepali articles here until Nepalblogs.com becomes functional.

महिलाका विषयलाई पुरुष सहकर्मिले ‘कभरेज’ गर्दा अझ बढि जानकारी आउँन सक्छ । अथवा उनीहरु मँ जति सङ्कुचित नहुन सक्छन् जसले गर्दा महिलाका विषय अझ प्राथमिकतामा परुन् ।

यशोदा तिम्सिना
मैले संवाददाता भएर काम गरेको करिव दश वर्षपुग्न लाग्यो । मेरो औपचारिक पत्रकारिता महानगर दैनिकबाट शुरु भएको थियो । चारपाते ‘टयाव्लोइड साइज’को यो अखवार कामना प्रकाशन समूहले प्रकाशित गर्छ आज पनि । सोर्सफोर्सको आधारमा जागिर नखाने कुरामा प्रतिवद्ध म महानगरले गरेको विज्ञापनका आधारमा लिखित र मौखिक परिक्षा पास गरेरै पत्रकार भएँथें ।

मलाई रामैसँग याद छ, महानगरका तत्कालिन संपादक बद्री तिवारी समक्ष उपत्यकामा ग्याँसको समस्याबारे समाचार लेखेर बुझाएपछि त्यो बाइलाइनमा आउँदा म कति फुर्किएकि थिएँ । यसो त संवाददाता नहुँदै युवामञ्च, विमोचन, रङ्गमञ्च, गोरखापत्र लगायतमा मेरा रचना प्रकाशित भइसकेका थिए । तै पनि महानगरमा छापिएको त्यस समाचारले म रोमाञ्चित, उत्साहित र पुलकित भएकि थिएँ । त्यो समाचार एक वर्साईमा तीनचोटी पढेंथें ।

ठूलो प्रकाशन सँस्था भएकाले त्यहाँ म महानगरमा मात्रै सिमित भइनँ । कामनामा गायक तिलकबम मल्लको प्रोफाइल देखि नालापानी किल्लाका विषयमा साधनामा सम्म लेखियो । नेपाल समाचारपत्र (तत्कालिन आजको समाचारपत्र) का उतिबेलाका संपादक कपिल काफ्लेले पत्रिकामा संपादकीय लेख्न लगाउँदा दङ्ग पर्दै कनिकुथी लेखेको स्मरणबाट अझै हराएको छैन ।

उतिबेला कुनै ‘बिट’ मा आधारित भएर समाचार लेखिएन । सहकर्मी दीपक अधिकारीका शव्द सापट लिएर भन्नुपर्दा जानीनजानी आकाशमुनिका प्रायः सबै विषयमा समाचार लेखियो । तर ५७ सालमा मेरो लेखाइले अलिकति धार बदल्यो । उसबेलाको नेपाल पाक्षिक प्रकाशन गर्न कान्तिपुर पव्लिकेशनन्सले आवश्यकता प्रकाशित गर्यो । तिनपटकको लिखित र मौखिक परिक्षा दिएपछि टीभी स्टार विजयकुमार पाण्डेको संपादकत्वमा प्रकाशित हुने नेपाल को संवाददाता भइयो ।

शुरुवाती दिनमा राजाराम गौतम, ध्रुव सिंखडा, हरि अधिकारी र म चारजना संवाददाता मात्र थियौं । अधिकारी पत्रिका बजारमा नआउँदै टिमबाट बाहिरीए , बाँकी रहृयौ तीनजना ! संपादकको पृष्ठभूमि टेलिभिजन थियो । ध्रुव पहिलोचोटी पत्रिकामा संलग्न ! राजारामको अनुभव साप्ताहिक अखवारमा थियो । मेरो दैनिक अखवारमा छोटो अनुभव । यस्ता मान्छे भेला भएर पाक्षिक पत्रिका निकाल्नुपर्ने थियो । चार दिन अघि नै पत्रिका छाप्न भारतको राजधानी पठाउँनुपर्ने !

त्यससमयमा विजयसरले हामिलाई ‘बालपत्रकार’ भन्नहुन्थ्यो, कम्तिमा हाम्रा अगाडि । अहिले आक्कलझुक्कल हुने भेटमा उहाँको कमेन्ट हुन्छ, अव परिपक्व पत्रकार भयौ । नेपाल निक्लिएका शुरु अङ्कमा हामि ‘विट’ मा बाँधिएका थिएनौं । खासगरी विटमा छलफल पनि हुन्थेन । माथि नै उल्लेख गरियो, सबैको नयाँ अनुभव थियो म्यागेजिनकारिताको । यस हिसावले पनि काम गर्न सजिलो थिएन । त्यसमाथि ‘टिम क्याप्टेन’ को पृष्ठभूमि नितान्त फरक भएकाले असजिलो हुनु स्वभाविक थियो ।

एकातिर भित्रको माहौल यस्तो थियो भने बाहिरकाहरु विजयसँग काम गर्न सकिन्न भनेर तर्साउन चाहन्थे । फरक पृष्ठभूमिका कारण कहिलेकाहिं अप्ठयारो परेपनि विजयसरको तीन वर्षे कार्यकाल समग्रमा सफल रहयो । उहाँले एउटा संपादकले भन्दा पनि ‘व्यावसायिक’ व्यक्तिका हिसावले हामिसँग ‘डिल’ गर्नुभएको रहेछ भन्ने लाग्छ अहिले । यो यर्सथ पनि कि नेपाल भन्ने पत्रिकाको अस्तित्व निर्माण गर्ने श्रेय सँस्थापक संपादकका हिसावले पनि विजयसरलाई नै जान्छ । तीनजना संवाददाता साथमा लिएर पाक्षिक पत्रिका बजारमा ल्याउँनु ठूलै चुनौति रहेछ अहिले बुझ्दा ।

कुराको चुरो यहाँ फुकाउँ । म्यागेजिनकारितालाई आत्मसात गरेपछि मैंले महिलाका विषयलाई समाचारकालागि प्राथमिकता दिएँ । ‘जेण्डर इक्विटी’ बारे सामान्य जानकारी भएपछि र अरु सहकर्मिले महिलाका विषयमा खासै रुचि नदेखाएपछि यसमा मैंले कलम नचलाए कसले चलाउँने ? भन्ने लागेर पनि मँ यि विषयमा आकषिर्त भएकि थिएँ । नेपाल की स्तंभकार कल्पना घिमिरेको महिलाप्रतिको स्पष्ट धारणाले पनि मलाई महिलाका विषयमा कलम चलाउँन प्रेरित गरेको थियो । नेपालको कार्यालयमा आउँदा एकाध घण्टा उहाँ र म महिलाका विषयमा छलफल गर्थ्यौ । इण्डियन इस्टिच्युट अफ मास कम्युनिकेशन, नयाँदिल्लीमा पत्रकारिताबारे अध्ययन गर्ने मौका पाएपछि विट, जेण्डर जस्ता विषयमा थोरै सहि, जानकार हुनुले पनि महिला विषय मेरो छनौट भयो ।

यसविचमा नेपाल को नेतृत्व फेरियो । तीर्थ कोइराला संपादक भएर आउँनुभयो । उहाँले पनि महिलाका विषयमा महिलाले नै राम्रो लेख्छन् भन्ने आसय व्यक्त गर्नु भयो । मैंले त्यसलाई सिरोपर गरें । दुइ वर्षपछाडि सुधीर शर्माले संपादकको जिम्मेवारी लिनुभयो । तीर्थ दाई छँदै सहायक संपादक रहेका सुधिर सरको कार्यकालमा पत्रिकाले आफुलाई साप्ताहिक बनायो । महिलाका विषय महिलाले नै नलेखे पनि हुन्छ भन्ने उहाँको आसय थियो । तर त्यसलाई मैंले व्यावहारमा नवदल्दै उहाँ पनि पत्रिकाबाट बाहिरीनुभयो ।

अव नेपाल मा नेतृत्व दिन आईपुग्नुभयो दिग्गज पत्रकार किशोर नेपाल । नाम किशोर भएपनि पत्रकारितामा सक्रिय भएर करिव चारदशक पुरा गर्नुहुने किशोर दाइले चाहिं महिलाका विषयमा नै रिपोर्टिङ गर भन्नुहुन्छ भन्ने मैंले ठानेकि छैन । आउँनासाथको पहिलो ‘असाइनमेन्टस’को बैठकमा उहाँले मेरालागि गृहिणी याने महिलाका विषय नै दिनुभयो । तर अव चाहिं ‘विट’ मा कोहि पनि बाँधिनु पर्दैन भन्नुभएको छ । म चाहान्छु अव यि विषय अरुका प्राथमिकतामा पनि परुन् । मँ यर्सथ पनि यो भनिरहेकि छु, नेपाल साप्ताहिकमा म मात्रै संवाददाता महिला हुँ । महिलाका विषयलाई पुरुष सहकर्मिले ‘कभरेज’ गर्दा अझ बढि जानकारी आउँन सक्छ । अथवा उनीहरु मँ जति सङ्कुचित नहुन सक्छन् जसले गर्दा महिलाका विषय अझ प्राथमिकतामा परुन् । उसो भए मैंले यी विषयमा लेख्न पुरुष सहकर्मिलाई किन मार्गप्रसस्त नगर्ने ? आज यो प्रश्न मेरा सामु तेर्सिएको छ ।

अहिले पनि पत्रकारितामा राजनीति बाहेकका विषयलाई मूलधारका विषय मानिन्न । तर म हरेक विषयको त्यतिकै महत्व हुन्छ भन्ने ठान्छु । महिलाका विषयमा भरिसक्य महिलाले नै लेख्नुपर्छ भन्ने मान्यता अझै हराएको छैन । त्यसमा पनि अव परिवर्तन हुनुपर्छ । एउटा दिग्गज पत्रकारले महिलाका विषयमा रिपोटिङ् गर्न थाल्यो भने निश्चय नै यी यस्ता विषय पनि मूलधारका भनिन समय लाग्दैन ।

स्वभाविकै हो, म अहिले सिक्ने क्रममा छु । सिक्नकानिम्ति पत्रकारितामा बिताएका दुइ/चारवर्षे पुग्ने पनि होइन । एउटै किसिमका विषयमा समाचार लेखिरहँदा त्यसमा नयाँपन नआउँने रहेछ । यर्सथ म मेरो लेखाइको पुनर्ताजगिकालागि पनि ‘विट’ परिवर्तनको पक्षमा छु ।

यशोदा तिम्सिना नेपाल साप्ताहिकी सम्वाददाता हुन् ।


Posted

in

by

Tags:

Comments

8 responses to “विट मार्ने ‘विट’ का कुरा”

  1. response1 Avatar
    response1

    What technical word is this “beat” or “Bit”?? Didn’t give much sense sinse we laypeople (non-journalist) don’t understand this, a bit like non-doctors see blank in front of a herd of doctors.
    I always like to read topics in nepali (but I can’t type in nepali, what a shame!!). This article by Yeshoda ji, however, seems a bit hollow, although it’s much better than all those political junks that UWB publishes just in the name of cursing the King. So keep it up!

  2. sanjay Avatar
    sanjay

    nice woman. keep on [hard work]…..

  3. Dr Tilak Avatar

    Yesoda jee, You have such excellent experinces. we admire your struggle and countribution for Nepali journalisum. I donot think there is anyone sineor and jounior but i can say that people are categories by how nuch money does a journalist getting from journalist.. so that if you have talent and well experiences but big midia house not always looks your taelnet..
    any way good luck and great success.

  4. Art Nepal Avatar
    Art Nepal

    Thank you for an interesting article. I really enjoy reading it and I think it is thought provoking. Go Yeshoda Go!!!

  5. Dinesh Tripathi Avatar
    Dinesh Tripathi

    Yashoda ji, interesting write up.Well written.keep it up.dineshtripathi2002@gmail.com

  6. lomoukoi Avatar

    Cheers My sincere greetings and best wishes!

  7. jycoip Avatar

    WOW this is a really fantastic site.

  8. Dipak Rana Avatar
    Dipak Rana

    Yashoda Ji

    Try to understand the inner core of women heart. There is no doubt u r talent and well experience but try to know the truth thing.

    Kalpana