
पिसकोर नेपाल कार्यालयकी निर्देशक एन्ड्रिया वज्नार-डायाग्ने र ७० को दशकमा नेपालमा स्वयंसेवा गर्न आएर यतै बसेका स्टिभ लेक्रेक शुक्रबार काठमान्डूमा ।
दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आज कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ (पीडीएफ) क्लिके हुन्छ ।
समाचार पुरानै छ । पुष्पकमल दाहाल नेतृत्वको माओवादी पार्टी अझै पनि अमेरिकी गृह मन्त्रालय (होमल्यान्ड सेक्युरिटी डिपार्टमेन्ट) को आतंकवाद बहिष्कार सूची (टेरोरिजम एक्स्क्लुजन लिस्ट) मै छ । पछिल्लोपटक झन्डै पाँच महिनाअघि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको कार्यालयले दिएको जानकारीअनुसार ‘पार्टीले केही सकारात्मक कदमहरू चालेको’ भए पनि ‘सूचीबाट हट्न हामीसँग बाँकी चासोहरूको सम्बोधन हुनैपर्छ ।’
बितेका पाँच महिनामा पनि ती उल्लेख नभएका ‘चासोहरूको सम्बोधन’ पूर्णत भइनसकेको कुरा माओवादी त्यो सूचीमा रहिरहनुले प्रस्ट पार्छ । तर यी पाँच विशेषगरी पछिल्ला दुई महिनामा अमेरिकाले त्यो सूचीलाई पूरै बेवास्ता गर्दै माओवादी नेतृत्वको नेपाललाई एकपछि अर्को सहायता, कूटनीतिक सदाशय र द्विपक्षीय हार्दिकताले पुरस्कृत गरिरहेको छ । यी अमेरिकी कदमहरूको जस माओवादी एक्लैले लिन पनि सक्छ किनकि पछिल्ला ‘पुरस्कार’ हरूलाई अमेरिकाले शान्ति प्रक्रियाको सफलतासँग जोडेको छ । माओवादीइतर दलहरूले बारम्बार भन्ने गरेकै कुरा हो, शान्ति प्रक्रियालाई टुङ्ग्याउन सबैभन्दा आवश्यकता माओवादी गम्भीरता र चाहनाको छ जो निकै कम रहेको ती दलहरूको ठहर छ । Continue reading







