Tag Archives: समाज

नेपालमा जारी विचारको गुरिल्ला युद्ध

The Guerrilla War of Ideology in Nepal
विचारको गुरिल्ला युद्ध

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ ।

डिल्लीराम सुवेदी बन्दुकविहीन गुरिल्ला हुन् । काठमाडौंको शिक्षा क्याम्पसबाट अंग्रेजीमा स्नातकोत्तर पास यी युवा कागजी मैदानमा कलमले युद्ध गरिरहेका छन् । उनको विपक्षमा छन्, कलमै बोकेका अर्काथरी गुरिल्लाहरू जो पाँच वर्षअघिसम्म हतियार पनि बोक्थे । (ती हतियार अहिले क्यान्टोनमेन्टहरूमा छन् र तिनको साँचो अघिल्लो साता एक जना पूर्वगुरिल्लाले नेतृत्व गरेको सरकारलाई बुझाइएको छ ।)

[UWB note: For those who are subscribed to this site but don’t understand Nepali, this article, published in today’s Kantipur- a full page- explores the war of ideologies that is being fought in the Nepali society at multiple layers: from the thematic commetties of the Constituent Assembly to the internal forums of political parties to journals and op-ed pages newspapers to the tea-shops by the roads.  Nepali Congress, the second largest party in the CA, along with CPN UML, the third largest party, are on the one side of this ideological divide while the Maoist, the largest party, is on the other.] Continue reading नेपालमा जारी विचारको गुरिल्ला युद्ध

प्रधानमन्त्री बाबुराम भट्टराईका दुई पाटा

आजैको कान्तिपुरबाट: उपेन्द्र यादव उवाच

two faces of Baburam Bhattarai
Two Baburams: Baburam Bhattarai, left, talks to a Kantipur journalist four days before the Maoist started "People's War" in 1996. He goes to assume office of the Prime Minister in Singadarbar last week after taking oath to the office and secrecy. Pics by Bikas Rauniar via Kantipur

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा पढ्ने भए 
यहाँ क्लिके हुन्छ । 

One Hundred Days of Prime Minister Bhattarai
प्रधानमन्त्री भट्टराईको कार्यकालका प्रथम तीन महिनामा शान्ति प्रकृयामा प्रगति भयो, शुसासनको धज्जी उड्यो, कुटनीतिमा उनलाई केही सफलता मिल्यो । नराम्रा कामको अपजस सबै उनैलाई जानु स्वभाविकै भयो तर राम्रोको जस उनलाईमात्र जादैन ।

मुस्ताङ् चढ्ने, कर्मचारी सरुवा नगर्ने, सरकारी खर्चबाट आफूलाई बधाई विज्ञापन रोक्ने निर्देशनसँगै सबैभन्दा महत्वपूर्ण, शान्ति प्रकृया टुङ्ग्याउन एकलव्य भएर लाग्ने प्रधानमन्त्री बाबुराम भट्टराईका भनाई र केही हदसम्म कामले थुप्रै जनतामाझ उनलाई प्रिय बनाएका छन् । सर्वसाधारणले चिया पसलदेखि इन्टरनेटसम्ममा व्यक्तगरेका सकारात्मक र आशापूर्ण अभिव्यक्तलाई मापक मान्ने हो भने कुनै पनि व्यक्ति प्रधानमन्त्री चुनिंदा जनतामा त्यतिधेरै खुशी र उत्साह ल्याएको यो विरलै हुने घट्ना हो ।

[UWB note: For those who are subscribed to this site but don’t understand Nepali: This article, first published in today’s Kantipur newspaper, takes an in-depth look at two sides of Prime Minister Baburam Bhattarai- his surprising popularity in the mass and his inconsistencies and contradictions in his politics.]

२०१५ मा बीपी कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री हुँदा, ०४६ को जनआन्दोलनपछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री नियुक्त हुँदा र ०६५ मा पुष्पकमल दाहाल प्रधानमन्त्री चुनिदा पनि जनतामा लगभग यस्तै खाले आशा र उत्साह सिर्जना भएका थिए । सामान्यतः राजनीतिज्ञहरुलाई शंकाले हेर्ने र घृणा गर्ने कतिपय जनताले नै अहिलेका प्रधानमन्त्री भट्टराईलाई त्यस्ता शब्द प्रयोग गरिरहेका छन् जो सामान्य अवस्थामा प्रेमी या प्रेमिकाका लागि साँचिन्छन् । जस्तै- हृदयका राजा, आशाका केन्द्र, मेरा आइडल । Continue reading प्रधानमन्त्री बाबुराम भट्टराईका दुई पाटा