All posts by Dinesh Wagle

Dinesh Wagle is a Nepali citizen, a blogger and a political analyst. More on wagle.com.np/dinwag

फर्कियो पिसकोर

peace corps returns in nepal Andrea Wojnar-Diagne and former volunteer Steve Leclerq
पिसकोर नेपाल कार्यालयकी निर्देशक एन्ड्रिया वज्नार-डायाग्ने र ७० को दशकमा नेपालमा स्वयंसेवा गर्न आएर यतै बसेका स्टिभ लेक्रेक शुक्रबार काठमान्डूमा ।

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आज कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ (पीडीएफ) क्लिके हुन्छ ।

समाचार पुरानै छ । पुष्पकमल दाहाल नेतृत्वको माओवादी पार्टी अझै पनि अमेरिकी गृह मन्त्रालय (होमल्यान्ड सेक्युरिटी डिपार्टमेन्ट) को आतंकवाद बहिष्कार सूची (टेरोरिजम एक्स्क्लुजन लिस्ट) मै छ । पछिल्लोपटक झन्डै पाँच महिनाअघि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको कार्यालयले दिएको जानकारीअनुसार ‘पार्टीले केही सकारात्मक कदमहरू चालेको’ भए पनि ‘सूचीबाट हट्न हामीसँग बाँकी चासोहरूको सम्बोधन हुनैपर्छ ।’

बितेका पाँच महिनामा पनि ती उल्लेख नभएका ‘चासोहरूको सम्बोधन’ पूर्णत भइनसकेको कुरा माओवादी त्यो सूचीमा रहिरहनुले प्रस्ट पार्छ । तर यी पाँच विशेषगरी पछिल्ला दुई महिनामा अमेरिकाले त्यो सूचीलाई पूरै बेवास्ता गर्दै माओवादी नेतृत्वको नेपाललाई एकपछि अर्को सहायता, कूटनीतिक सदाशय र द्विपक्षीय हार्दिकताले पुरस्कृत गरिरहेको छ । यी अमेरिकी कदमहरूको जस माओवादी एक्लैले लिन पनि सक्छ किनकि पछिल्ला ‘पुरस्कार’ हरूलाई अमेरिकाले शान्ति प्रक्रियाको सफलतासँग जोडेको छ । माओवादीइतर दलहरूले बारम्बार भन्ने गरेकै कुरा हो, शान्ति प्रक्रियालाई टुङ्ग्याउन सबैभन्दा आवश्यकता माओवादी गम्भीरता र चाहनाको छ जो निकै कम रहेको ती दलहरूको ठहर छ । Continue reading फर्कियो पिसकोर

Advertisements

अमेरिकी राजदूतको फेसबुक कूटनीति

facebook diplomacy front page kantipur
ठूलो पार्न क्लिके हुन्छ

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आज  कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए: तलका तस्बिरमा क्लिके हुन्छ – प्रथम पेज बाँकी

सामान्यतः टाउकोभरि कपाल र सफा गाला मनपराउने केही नेपालीले अचेल तालु खाली भएका र झ्याप्प दाह्री पालेका एक अमेरिकीमा नायक भेट्टाएका छन् । देशको बिग्रँदो चालाबाट निराश सर्वसाधारणले दिनहुँजसो अमेरिकी राजदूतसँग गुनासो गरिरहेका छन् ।

अनि स्कट एच. डेलिसीले पनि लोकप्रिय भावनाअनुरूपका वक्तव्य सार्वजनिक गरेर इन्टरनेट प्रयोग गर्ने केही नेपालीहरूको वाहवाही पाएका छन् । तर फेसबुकमार्फत इन्टरनेटमा पहुँच भएका नेपालीहरूसँग भइरहेको अमेरिकी कूटनीतिज्ञको बढ्दो र कतिपय सन्दर्भमा खुलस्त अन्तक्रिर्या मूलधारका पत्रिकाहरूमार्फत बृहत् नेपाली समाजमा पोखिन थालेपछि त्यसले नेपालका केही शक्तिकेन्द्र र राजनीतिक दलहरूलाई अप्ठ्यारोमा पारेको छ ।

‘असन्तुलित विचार’

Kantipur article on US Ambassador's Facebook Diplomacy
ठूलो पार्न क्लिके हुन्छ

नेपाली कांग्रेसले पाँच वर्षपछि पहिलो पटक सोमबार देशैभर गरेको बन्दप्रति सार्वजनिक रूपमै असहमति राखेका डेलिसीले लोकतान्त्रिक मान्यता विपरीतको त्यस्तो हिंसात्मक विरोधले नेपाली अर्थतन्त्रलाई राम्रो नगर्ने आशय प्रकट गरे । तर डेलिसीको त्यो दबाबमूलक फेसबुक अभियानबारे जानकार तथा अमेरिका र अन्तर्राष्ट्रिय जगत्सँग राम्रो सम्बन्ध भएको पार्टी कांग्रेसका नेताहरूले शनिबारदेखि नै डेलिसीलाई टेढो आँखाले हेर्दै राजदूतको अभिव्यक्तिलाई ‘असान्दर्भिक’ र ‘राम्ररी सुसूचित नभएको’ भनी प्रतिवाद गरिरहे । हडतालको ‘कारक’ (चितवनस्थित जेलमा थुनिएका कांग्रेस कार्यकर्ताको हत्या) बारे ‘नबोलेका’ कूटनीतिज्ञले त्यसको विरोध कार्यक्रमप्रति ‘नकारात्मक टिप्पणी’ गर्नु ‘असन्तुलित’ भएको उनीहरूको तर्क छ ।

‘जेलभित्र मान्छे मारियो, यत्रो ठूलो घटनाको भत्र्सना गरेको सुनेनौं,’ अमेरिकाको न्युयोर्कस्थित युनिभर्सिटी एट बफेलो र न्युयोर्क युनिभर्सिटीबाट क्रमशः एमबीए र पीएचडी गरेका कांग्रेस सभासद मिनेन्द्र रिजालले सोमबार कान्तिपुरसँग भने, ‘जनसुरक्षामा त्यत्रो आघात पुग्दा त्यसबारे नबोलेको तर बन्द ठीक भएन मात्र भन्दा असन्तुलित भयो ।’ रिजालले सुसूचित र न्यायिक भए मात्र अमेरिकी दृष्टिकोणको महत्त्व हुने उल्लेख गर्दै डेलिसीका विचारलाई आफ्नो पार्टीले अमेरिकी सरकारको आधिकारिक धारणाका रूपमा नभई एक राजदूतले व्यक्तिगतस्तरमा सामाजिक सन्जाल साइटमा पोखेका विचारका रूपमा लिएको बताए । रिजालका अनुसार विदेशी राजदूतहरूले चाहँदैमा नेपाली दलहरूले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित या परिवर्तन गरेका छैनन् र गर्दैनन् ।

यो लेखको बाँकी भाग यहाँ छ ।

नि हाओ नेपाल !

ni hao nepal Kantipur front page

नेपालमा कसरी बढ्दै गएको छ चिनीयाँ रुचि, लगानी र व्यापार, अनि त्यसले कसरी बढाउदै छ राजनीतिक र सामाजिक प्रभाव ? [This article, titled “Ni Hao Nepal!” and published in today’s Kantipur looks into the growing Chinese investment and trade in Nepal and how that’s expanding China’s political and cultural clout in Nepal.]

दिनेश वाग्ले

प्रधानमन्त्री बाबुराम भट्टराईले चिनियाँ प्रधानमन्त्री पुस ५ मा नेपाल आउने घोषणा गरे पनि भनिएकै समयमा उनी नआउने भएका छन् । तर पछिल्ला केही वर्षको प्रवृत्ति नियाल्दा प्रधानमन्त्री नआउँदैमा नेपालमा चिनियाँ चासो घट्ने देखिन्न । काठमाडौंमा रहेका केही चिनियाँ र चीनलाई नियाल्ने नेपालीका अनुसार अबका केही वर्ष चिनियाँहरू अझै बढी पैसा, सामान र सम्भवतः राजनीतिक प्रभाव पनि लिएर नेपाल छिर्दैछन् ।

[UWB note:  and looks at the growing Chinese investment, cultural influence and the political/strategic influence in Nepal as well as Nepal’s rising trade deficit with its northern neighbor.]

बढ्दो व्यापार, बढ्दो घाटा

चिनियाँ नेता देङ सियाओ पिङले १९७८ मा आर्थिक सुधार कार्यक्रम लागू गरेपछि उन्नति गर्न थालेको चीनले ठ्याक्कै १० वर्षअघि विश्व व्यापार संगठनमा छिरेर अन्तर्राष्ट्रिय व्यापारमा दरिलो यात्रा थालेको थियो । ‘त्यसपछि धेरै चिनियाँ बाहिर निस्कन र अरू देशमा आएर व्यापार गर्न थाले,’ २८ वर्षे चिनियाँ शी सानले भनिन्, जो डेढ वर्षदेखि पति हुङसँग मिलेर काठमाडौंको बिजुलीबजारमा एउटा चिनियाँ रेस्टुरेन्ट र होटलसमेत चलाइरहेकी छन् । ३५ लाख जति नेपाली रुपैयाँको लगानीमा खोलेको रेस्टुरेन्टबाट सन्तुष्ट शीले भनिन्, ‘यहाँको वातावरण पनि एकदम राम्रो, मेरो गृहसहरको भन्दा ।’ Continue reading नि हाओ नेपाल !

प्रधानमन्त्री बाबुराम भट्टराईका सय दिन

one hundred days of prime minister baburam bhattarai
प्रधानमन्त्री भट्टराईको कार्यकालका प्रथम तीन महिनामा शान्ति प्रकृयामा प्रगति भयो, शुसासनको धज्जी उड्यो, कुटनीतिमा उनलाई केही सफलता मिल्यो । नराम्रा कामको अपजस सबै उनैलाई जानु स्वभाविकै भयो तर राम्रोको जस उनलाईमात्र जादैन ।

नेपाली सेनाको तत्परता, माओवादीको लचकता, भारतीय शुभेच्छा र कांग्रेस-एमालेको चाहना एकैठाउँमा आउँदाको सुखद परिणाम हो बितेका साताहरूमा शान्ति प्रक्रियामा भएको प्रगति 

Two faces of Prime Minister Baburam Bhattarai
प्रधानमन्त्री बाबुराम भट्टराईका दुई पाटा : ठ्याक्कै तीन महिना अघि सेप्टेम्बर ३ मै मैले भट्टराईको व्यक्तित्वका विरोधाभाष खोतलेको थिएँ। पढ्नेभए फोटोमा क्लिके हुन्छ ।

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा पढ्ने भए यहाँ क्लिके हुन्छ : (पीडीएफ पहिलो पेज१४  पेज । चित्रकारुपमा हेर्ने भित्र/तल) 

खोप्लाङ, गोर्खाका बाबुराम भट्टराईले प्रधानमन्त्रीका रूपमा यो साता बालुवाटार, काठमान्डुमा सय दिने मधुमास पूरा गर्दैछन् । सामान्य अवस्थामा उनको कार्यावधिको मूल्यांकन आगामी मंगलबार थालिनुपर्ने हो । तर कतिपय रुष्ट नेपालीहरूले आफ्ना ३५ औं प्रधानमन्त्रीको राजीनामा अहिल्यै मागिसकेका छन् ।

‘बाबुराम, पद छाड’ भन्नेहरूको त्यो सूचीमा विपक्षी दलहरूका नेता र आफ्नै पार्टीभित्रका ‘खुट्टा तान्ने कमरेडहरू’ मात्रै भए त्यसलाई राजनीतिक दाउपेचको एउटा अस्वाभाविक उदाहरण भन्दै अस्वीकार गर्न हुन्थ्यो । तर यहाँ दुई महिनाअघिसम्म ५७ वर्षे भट्टराईलाई ‘हृदयका राजा’, ‘आशाका केन्द्र’ र ‘आइडल’ जस्ता प्रेम र प्रशंसाका शब्दहरू बर्साउने कतिपयले नै सबैभन्दा ठूलो मन्त्रिमण्डल बनाएको, हत्यारालाई माफी दिन खोजेको, प्रशासनयन्त्रलाई ‘ध्वस्त’ बनाएको भन्दै गाली गरेका छन् । प्रशंसकहरू निराश हुँदै उनलाई आफ्नो अपेक्षाविपरीत, अघिल्ला प्रधानमन्त्रीहरूजस्तै, निष्प्रभावी र ‘उही ड्याङका मूला’ भन्न थालेका छन् भने आलोचक र शंकालुहरू चाहिँ ‘मैले त भनेकै थिएँ नि’ जस्ता शब्दावलीबाट कुरा थाल्छन् ।

‘पहिले घरभित्र पसेर अवस्था के छ भन्ने नबुझी उहाँले बोल्नुभयो, मान्छेहरूले आशा गरे,’ पूर्वप्रशासक तथा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले भने, ‘अर्थमन्त्रीका रूपमा बनेको उहाँको राम्रो छविमा आधारित भएर जनताले उहाँबाट बढी नै आशा गरे । व्यक्तिगत रूपमा उहाँ अहिले पनि बदनाम हुनुभएको छैन । ‘भट्टराईले यसो गरे, उसो गरे, खाए’ भन्ने सुनिएको छैन । शान्ति प्रक्रिया टुंगिने बाटोमा बढेको छ, त्यसको जस उहाँलाई जाला । तर शासनलाई राम्रो पाटोमा लैजान र नतिजा देखाउने सन्दर्भमा उहाँ असफल हुनुभयो ।’ Continue reading प्रधानमन्त्री बाबुराम भट्टराईका सय दिन

Kathmandu’s (and Nepal’s) Tribhuvan: One of the World’s Most Hated Airports (!)

We agree with CNNgo’s assessment. We also agree with what they have said at the end of their note on Kathmandu’s Tribhuvan: Never mind. The city’s markets and surrounding mountains are lovely. These photos, taken on 11 Nov, are the evidence. Pics by Dinesh Wagle [More photos at the end of this post]

tribhuvan international airport kathmandu nepal
Can you see a plane? Spot the Thai Airways logo. And the airport's international terminal building...

CNNgo recently put Tribhuvan in a list of 10 “world’s most hated airports” along with JFK, LAX and Heathrow. Kathmandu’s (and Nepal’s) only international airport joined in notoriety with those of New York, Los Angeles and London (and Paris too). Continue reading Kathmandu’s (and Nepal’s) Tribhuvan: One of the World’s Most Hated Airports (!)

माओवादी-भारत सम्बन्ध: पहिले विस्तारवाद, अहिले अवसरवाद

Bistarbad..Absarbad

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर मा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ । 

प्रधानमन्त्रीका रूपमा माओवादी नेता बाबुराम भट्टराई भारतको औपचारिक भ्रमणमा रहेको यो अवस्थामा नेपालमा विपक्षी कांग्रेसका नेताहरू हात बाँधेर मुस्काइरहेका छन् । उनीहरूको त्यो मुस्कुराइ झन्डै १५ वर्षअघिको एउटा सानो जस्तो लाग्ने घटना र त्यसपछिका भयङ्करजस्ता लाग्ने थुप्रै अन्य घटनामा अडिएको छ । २०५२ माघ २९ गते झ्याम्म दाह्री पालेका एकजना ‘रिसाहा अधबैंसे’ ले त्यतिबेलाका कांग्रेसी प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ४० वटा माग प्रस्तुत गर्दै ती फागुन ५ गतेसम्म पूरा नभए ‘सशक्त संघर्षको बाटोमा’ हिँड्ने चेतावनी दिएका थिए । ती माग पूरा हुने नहुने टुङ्गो नलाग्दै र आफैंले तोकेको समयसीमाको बेवास्ता गर्दै ती व्यक्ति फागुन एकमै भूमिगत भए कमरेड लालध्वजका रूपमा तत्कालीन राज्यसत्ताविरुद्ध त्यही दिन सुरु भएको सशस्त्र युद्धमा सामेल हुन । ती लालध्वज, धेरैलाई थाहा छ, यिनै भट्टराई हुन् जसले (र, उनको पार्टी माओवादीले) १५ वर्षपछि भारतसँग सम्बन्धित सुरुका नौ मागलाई पूरै बिर्सन खोजेको जबरजस्त अभिनय गरिरहेका छन् । ४० मध्ये कतिपय माग ०६२/०६३ को जनआन्दोलनले पूरा गरायो तर त्यो सूचीमा रहेका नम्बर एकदेखि नौसम्मका माग अहिले पनि पूरा भएका छैनन् । पूरा गराउने कुर्सीमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नौ महिना बसिसेका छन् भने लाजध्वज त्यो कुर्सीमा बसेको आठौं हप्ता भएको छ । Continue reading माओवादी-भारत सम्बन्ध: पहिले विस्तारवाद, अहिले अवसरवाद

The Earthquake that Rocked Us in Nepal

Read a news report on the quake here र नेपालीमा: भैचालो जसले हामीलाई हल्लायो

By Dinesh Wagle

The scary thing (or good, depending upon how you see things) is that the epicenter of the 6.8 earthquake that rocked Kathmandu and eastern Nepal this evening was, according to the US Geological Survey, 272 kilometers away (east) from Kathmandu. (68 km north west of Gangtok, Sikkim, India). It was so terrifying. (Personally speaking, the Quake Moment was the most scariest I have experienced in a looong time.) Imagine the situation if Kathmandu WERE the epicenter! [Three people have died in Kathmandu, and two in Dharan, after the British Embassy compound wall collapsed. Many people have injured themselves as they tried to ran out of buildings.] Continue reading The Earthquake that Rocked Us in Nepal

Bijay Gachhedar, the Corrupt Home Minister, Kicks out a Competent Home Secretary from the Ministry

bijay_gachhedar_gudpak_in_the_mouth_of_corrupt_cartoon_by_rajesh_kc
Doesn't this man look like Bijay Kumar Gachhedar, the corrupt Home Minister? A cartoon by Rajesh KC

By Kiran Chapagain in Republica
Cartoon by Rajesh KC 

The bad news is that despite Prime Minister Baburam Bhattarai’s own assurances that the government secretaries would not be transferred within the first month of his entering Baluwatar just to appease any individual or group, the cabinet meeting on Friday (yesterday) transferred Home Secretary Leela Mani Paudyal, describing it as an ‘exceptional step’ to address deepening misunderstanding between minister and secretary. A cabinet source told Republica newspaper that the cabinet took the decision upon a “special request” by Deputy Prime Minister and Home Minister Bijaya Kumar Gachchhadar. “Since the home minister has said repeatedly that he has not been on the same wavelength as Home Secretary Paudyal, I have been compelled to take the decision, though it goes against my own words. This decision should be taken as an exception,” a source quoted the prime minister as saying in the cabinet. Continue reading Bijay Gachhedar, the Corrupt Home Minister, Kicks out a Competent Home Secretary from the Ministry

नेपालमा जारी विचारको गुरिल्ला युद्ध

The Guerrilla War of Ideology in Nepal
विचारको गुरिल्ला युद्ध

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ ।

डिल्लीराम सुवेदी बन्दुकविहीन गुरिल्ला हुन् । काठमाडौंको शिक्षा क्याम्पसबाट अंग्रेजीमा स्नातकोत्तर पास यी युवा कागजी मैदानमा कलमले युद्ध गरिरहेका छन् । उनको विपक्षमा छन्, कलमै बोकेका अर्काथरी गुरिल्लाहरू जो पाँच वर्षअघिसम्म हतियार पनि बोक्थे । (ती हतियार अहिले क्यान्टोनमेन्टहरूमा छन् र तिनको साँचो अघिल्लो साता एक जना पूर्वगुरिल्लाले नेतृत्व गरेको सरकारलाई बुझाइएको छ ।)

[UWB note: For those who are subscribed to this site but don’t understand Nepali, this article, published in today’s Kantipur- a full page- explores the war of ideologies that is being fought in the Nepali society at multiple layers: from the thematic commetties of the Constituent Assembly to the internal forums of political parties to journals and op-ed pages newspapers to the tea-shops by the roads.  Nepali Congress, the second largest party in the CA, along with CPN UML, the third largest party, are on the one side of this ideological divide while the Maoist, the largest party, is on the other.] Continue reading नेपालमा जारी विचारको गुरिल्ला युद्ध

अमेरिकाले कसरी हेर्छ नेपाललाई भारतीय आँखाबाट

नेपालमा भारतको राजनीतिक, सांस्कृतिक र भौगोलिक प्रभाव नौलो होइन । महाशक्ति अमेरिकाले नेपाललाई हेर्दा भारतीय नजरबाटै हेर्ने कुरो पनि नौलो होइन । अघिल्लो साता सार्वजनिक अमेरिकी सरकारका दस्तावेजले त्यो ‘हेराइ’ कसरी हुन्छ भन्ने देखाउँछन् जो धेरैका लागि नौलो र रुचिपूर्ण हुनसक्छ

how uncle sam sees nepal through indian eyes
कसरी हेर्छ अमेरिका हामीलाई भारतीय आँखाबाट

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ ।

[UWB note: For those who are subscribed to this site but don’t understand Nepali, this article, published in today’s Kantipur- a full page- is based on US diplomatic cables recently exposed by Wikileaks that show how Americans and Indians work (closely?) on Nepal. Here are related cables.]

०६२/०३ को जनआन्दोलन सुरु हुनु एक महिनाअघि सन् २००६ को मार्चमा भारत गएका अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले नयाँ दिल्लीको हैदराबाद हाउसस्थित मुगल बगैंचामा भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग उभिँदै नेपालबारे बोलेका थिए । अङ्ग्रेजीका २५ शब्द, दुई अर्धविराम र एउटा पूर्णविरामयुक्त त्यो वाक्यमा बुसले भनेका थिए, ‘नेपालमा माओवादीले हिंसा त्याग्नुपर्छ र लोकतान्त्रिक संस्थाहरूको पुनःस्थापना गर्न राजाले राजनीतिक दलहरूसँग संवाद गर्नुपर्छ भन्नेमा हामी सहमत भयौं ।’

हामी अर्थात् बुस र सिंह, अमेरिका र भारत ।

ज्ञानेन्द्रको प्रत्यक्ष शासनअन्तर्गतको त्यतिबेलाको नेपालमा त्यो एउटा वाक्यले कम्पन उत्पन्न गराएको थियो । त्यसले तत्कालीन तानाशाहलाई थप दबाबमा पारेको थियो भने आन्दोलित पार्टीहरूलाई उत्साहित । अहिले अनुमान गर्न सजिलो भएको छ, त्यो वाक्य बुसले त्यतिबेला त्यत्तिकै बोलेका थिएनन् ।

‘आँखामा आँखा’

त्यसको चार दिनअघि काठमान्डुमा नेपालका लागि तत्कालीन भारतीय राजदूत शिवशंकर मुखर्जी र तत्कालीन अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीले त्यसको आधार तयार पारेका थिए । Continue reading अमेरिकाले कसरी हेर्छ नेपाललाई भारतीय आँखाबाट