आतंकबादको बचाव जत्तिको प्रतिगामी कदम अरु हुनै सक्दैन

कैलाली घटनापछि नेपाली समाजको ठुलो तप्कामा निराशा पैदा भएको छ । माओवादी विद्रोहपछि हिंसा सकियो भन्ने विश्वास गरेका धेरैले कैलाली टिकापुरमा आन्दोलनकारीले ७ प्रहरी र एक दुधे बालक मारेको रात निन्द्रा नपरेको अभिव्यक्ति समाजिक सञ्जालमा व्यक्त गरे। त्यो स्वभाविक थियो ।

पहिलो, आतंकले सामान्य मानिसलाई पिडा दिन्छ । सन् २०१४ मा सात समुन्द्र पारी इस्लामिक स्टेटले एकजना अमेरिकी पत्रकारको घाँटी रेटी हत्या गर्दा सामाजिक सञ्जालमा नेपालकै सज्जनहरुले समेत मानवता विरोधी अपराधको खुलेर विरोध गरेका थिए । त्यति टाढाको घटनाले हाम्रो मनहरु दुखेको थियो भने आफ्नै भुमिमा त्यो भन्दा क्रुर, पाशविक र अमानवीय घटना हुँदा निन्द्रा नपर्नु स्वभाविक हो ।

दोस्रो, आतंकले आम मानिसमा निराशा पैदा गर्छ। आतंकको निरन्तरताले आर्थिक संबृद्धिको मार्ग बन्द गर्छ । यसले गर्दा नागरिकहरु आफ्नै भविष्यसुनिश्चित नभएको पिरलोका कारण अस्थिर मनोभाव पैदा गराउँछ । यो मनोविज्ञान देश विकासको लागि समेत घातक हुनपुग्छ । क्षमता भएकाहरु विदेशिने धेरै कारण मध्येको एक यही हो ।

तर कैलाली नरसंहारका यी पक्षहरु भन्दा डरलाग्दो अर्को पक्ष छ । त्यो हो हिंसा र आतंकको राजनीतिककरण । मानिसलाई भाला र बन्चरो हानेर मार्ने कामलाई समेत नेपालको सचेत तप्काले खुलेर आतंकबाद हो भन्न सकेन । धेरैले यसलाई थारु अधिकारको आन्दोलनको आवरणमा ढाकछोप गर्ने प्रयास गरे । कैलाली घटनाजस्तो मानव नरसंहारको समेत ˝राजनीतिक समाधान”को माग गरियो । आतंकबादको राजनीतिककरणको यो डरलाग्दो मागले नेपाली समाजलाई दीर्घकालसम्म सताईरहनेछ । Continue reading आतंकबादको बचाव जत्तिको प्रतिगामी कदम अरु हुनै सक्दैन

Advertisements