आतंकबादको बचाव जत्तिको प्रतिगामी कदम अरु हुनै सक्दैन

कैलाली घटनापछि नेपाली समाजको ठुलो तप्कामा निराशा पैदा भएको छ । माओवादी विद्रोहपछि हिंसा सकियो भन्ने विश्वास गरेका धेरैले कैलाली टिकापुरमा आन्दोलनकारीले ७ प्रहरी र एक दुधे बालक मारेको रात निन्द्रा नपरेको अभिव्यक्ति समाजिक सञ्जालमा व्यक्त गरे। त्यो स्वभाविक थियो ।

पहिलो, आतंकले सामान्य मानिसलाई पिडा दिन्छ । सन् २०१४ मा सात समुन्द्र पारी इस्लामिक स्टेटले एकजना अमेरिकी पत्रकारको घाँटी रेटी हत्या गर्दा सामाजिक सञ्जालमा नेपालकै सज्जनहरुले समेत मानवता विरोधी अपराधको खुलेर विरोध गरेका थिए । त्यति टाढाको घटनाले हाम्रो मनहरु दुखेको थियो भने आफ्नै भुमिमा त्यो भन्दा क्रुर, पाशविक र अमानवीय घटना हुँदा निन्द्रा नपर्नु स्वभाविक हो ।

दोस्रो, आतंकले आम मानिसमा निराशा पैदा गर्छ। आतंकको निरन्तरताले आर्थिक संबृद्धिको मार्ग बन्द गर्छ । यसले गर्दा नागरिकहरु आफ्नै भविष्यसुनिश्चित नभएको पिरलोका कारण अस्थिर मनोभाव पैदा गराउँछ । यो मनोविज्ञान देश विकासको लागि समेत घातक हुनपुग्छ । क्षमता भएकाहरु विदेशिने धेरै कारण मध्येको एक यही हो ।

तर कैलाली नरसंहारका यी पक्षहरु भन्दा डरलाग्दो अर्को पक्ष छ । त्यो हो हिंसा र आतंकको राजनीतिककरण । मानिसलाई भाला र बन्चरो हानेर मार्ने कामलाई समेत नेपालको सचेत तप्काले खुलेर आतंकबाद हो भन्न सकेन । धेरैले यसलाई थारु अधिकारको आन्दोलनको आवरणमा ढाकछोप गर्ने प्रयास गरे । कैलाली घटनाजस्तो मानव नरसंहारको समेत ˝राजनीतिक समाधान”को माग गरियो । आतंकबादको राजनीतिककरणको यो डरलाग्दो मागले नेपाली समाजलाई दीर्घकालसम्म सताईरहनेछ । Continue reading आतंकबादको बचाव जत्तिको प्रतिगामी कदम अरु हुनै सक्दैन

Advertisements

मान्छे जिउँदै जलाउने, दुई बर्षको बच्चालाई मार्ने आन्दोलन होईन, राजनीतिक विषय होईन, अक्षम्य अपराध हो: गगन थापा

समझदारी हुँदै गर्दा संघर्षको क्रममा भएका मानवताविरोधी जघन्य अपराधमा संलग्नन चाहे राज्यपक्षको होस चाहे विद्रोही\आन्दोलनकारी होस कसैले पनि उन्मुक्ति पाउनु हुँदैन । विगतमा हामीले समझदारी गर्‍यौं राम्रो गर्‍यौं तर मानवता विरुद्धका जघन्य अपराध गर्नेलाई माफि दियौं । गम्भिर गल्ति गर्‍यौं । जसको परिणाम हामी आज भोग्दै छौं

सिमाङ्कनको राजनीतिक हल खोज, अपराधिलाई दण्डित गर

संविधानसभाले संविधान वनाउन लागेको यो क्षणमा जननायक वी.पी. कोइरालाको संकल्पलाई समम्झिरहेको छु जसले ६८ बर्ष अगाडि वि.सं २००४ सालमा भन्नुभएको थियो-‘ जनताले ठाँउ ठाँउवाट आफ्ना प्रतिनिधिहरु चुनेर एउटा सभा खडा हुनेछ । यस सभाको काम विधान वनाउनु हुनेछ । जनताको इच्छा कुन तवरले शासनमा सर्वोपरि हुन्छ भन्ने त्यस सभाले निधो गर्नेछ र त्यस सभाकै निर्णय अनुसार शासनप्रणाली पनि निर्धारण हुनेछ ।’ आज हामी उहाँको यो सपनालाई साकार पार्दैछौं ।

संविधासभामा मस्यौदा समितवाट प्रस्तुत विधेयकलाई जस्ताको तस्तै संविधानमा अनुवाद गर्ने हो र नेपालभन्दा वाहिर रहेको संविधानको कुनै विद्यार्थीलाई अध्ययन गर भनेर दिने हो भने स्वभाविक रुपमा उसले यो लोकतान्त्रिक संविधान हो भन्ने निष्कर्ष निकाल्छ । तर जव स्वतन्त्रता, समानता र आम संचारमा भएको प्रतिवन्धात्मक बाक्यांश हेर्छ अनि उसको आफ्नै निष्कर्षमा प्रश्न गर्छ । त्यसैले यसलाई सच्याउनुपर्छ ।

धर्म, भाषाको सम्वन्धमा लेखिएका धारा पढ्छ, अनि आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारका प्रावधानहरू जव पढ्छ, प्रत्येक नागरिकको प्रगति, प्रतिष्ठा र पहिचानको लागि समर्पित धाराहरू हेर्दै गर्दा निश्चय पनि भन्नेछ यो संविधनले नेपालको विविधतालाई सम्मिलन होईन संवोधन गरेको छ । तर जव दलित समुदाय, अपाङ्गता, महिला अनि अल्पसंख्यकहरूको पहुँच र प्रतिनिधित्वको व्यवस्थामा भएको अनुदारतालाइ पढ्छ अनि फेरी उसको निष्कर्षमा आफै प्रश्न उठाउँछ । त्यसैले यसलाई सच्याउनुपर्छ । Continue reading मान्छे जिउँदै जलाउने, दुई बर्षको बच्चालाई मार्ने आन्दोलन होईन, राजनीतिक विषय होईन, अक्षम्य अपराध हो: गगन थापा

Nepal’s Trade Deficit Continues to Widen

Nepal’s total trade deficit in fiscal year 2014-15 surpassed the total annual budget presented for the same fiscal year, reports Republica.

The trade deficit rose by 10.8 percent to a whopping Rs 689.36 billion in the fiscal year 2014-15 compared to total fiscal budget of Rs 618 billion, according to the central bank’s report titled Current Macroeconomic Situation.

“The trade deficit increased in 2014/15 due to the increase in imports but decrease in exports,” the report states. Export to India and China dropped by 6.3 percent and 21.5 percent, respectively. This decrease is mainly attributed to the decrease in the exports of wheat flour, handicraft goods, agarbatti, pashmina, among others.

chart1
Foreign Trade Balance of Nepal FY 2004-05 to 2013-14 (Source: Trade and Export Promotion Centre)

Posted by @siromanid