गरिबीले पहाड भन्दैन, मधेश भन्दैन, बाहुनक्षेत्री, दलित वा आदिबासी/जनजाती भन्दैन। हिन्दु, मुस्लिम, क्रिस्चियन वा अरु धर्म भन्दैन। गरिबी भनेको क्रुर हुन्छ र जसलाई पनि रुग्ण बनाउन सक्छ।
शिरोमणि ढुंगाना
कहिले काहिँ छोटो सामग्रीले पनि धेरै कुरा बताउन सक्छ । हालै फेसबुक चलाउँदै गर्दा अनिरुद्र न्यौपानेको बिचारमा आँखा पुग्यो। सटिक तर चोटिलो विश्लेषण । हामी बीपीलाइ सम्झदैं धेरै मानिसहरुले भन्ने गरेको कुरा सम्झन्छु: कोहि मानिस अति क्रान्तिकारी भयो भने उसलाई शंका गर्नु । उहाँको पाला सम्म क्रान्तिकारितामा सिमित “अति” आजको सन्दर्भमा त बाद मै परिणत भैसक्यो।
हाम्रो सन्दर्भमा भैरहेको कुरा के भने: सान्दर्भिक वा ब्यबहारिक विचार र विचारकलाइ “प्रतिगमनकारी विचार वा विचारक” को उपमा दिने र निस्तेज गर्न खोज्ने। यसले गर्दा समाजमा ब्यबहारिक विचार राख्ने उदारबादीहरुको तर्क मसिनो बन्दै गएको छ।
अतिले अन्तत अति नै सिर्जना गर्ने हो। राजनीतिक अतिबाद र असान्दर्भिक नाराहरुले धार्मिक अतिबाद र असान्दर्भिक नाराहरुलाइ मलजल पुर्याएको छ । प्रजातान्त्रिक समाजमा नारा लाग्छ, लाग्नुपर्छ। कसैको अधिकार कुण्ठित हुन हुन्न। राज्यले विभेद गर्न हुँदैन। म के कुरामा दृढ छु भने व्यक्तिगत स्वतन्त्रता भन्दा माथि कुनै बाद र नाराहरु हुन सक्दैन। बाद र नाराका नाममा कसैको स्वतन्त्रता खोस्न मिल्दैन, चाहे धार्मिक भगवानका नाममा होस् वा राजनीतिक भगवानका नाममा।
तर अधिकार संगै आउने कर्तब्यको पनि ख्याल गर्नु पर्छ। त्यो राजनीतक नेतृत्वले पनि, धार्मिक झुण्डहरुले पनि र आफुलाई धर्म निरपेक्ष भएको अति बिज्ञापन गर्नेहरुले पनि। नाराहरुमा हामीले कांग्रेस/एमालेको दुश्मन माओबादी भनौंला, माओबादीको दुश्मन कांग्रेस/एमाले भनेर प्रचार गर्न सक्छौं वा मधेशको दुश्मन पहाड भनेर घृणाको बिउ रोप्ने प्रयत्न गर्न सक्छौं, जनजातिको दुश्मन बाहुनक्षेत्री भन्न सक्छौ। हिन्दु, मुस्लिम, क्रिस्चियन वा अरु धर्मको नाममा दुश्मनीको पहाड खडा गर्न सक्छौं। तर यसले समाजलाई कहाँ पुर्याउला?

हामी सबैको साझा दुश्मन केहि छ भने त्यो हो गरिबी। र गरिबीले पहाड भन्दैन, मधेश भन्दैन, बाहुनक्षेत्री, दलित वा आदिबासी/जनजाती भन्दैन। हिन्दु, मुस्लिम, क्रिस्चियन वा अरु धर्म भन्दैन। गरिबी भनेको क्रुर हुन्छ र जसलाई पनि रुग्ण बनाउन सक्छ।
आजको दिनमा देशको ठुलो शत्रु गरिबी पनि हो। यसको बिरुद्द लड्न हामीले विकासलाइ साझा मुद्दा बनाउन सक्नु पर्छ। तर विकास अतिबादको छाँयामा नपरोस। तर अतिबादको खतरा त देखिंदै छ नि होइन? अनिरुद्र न्यौपानेको सान्दर्भिक विचार यसै कारण यो ब्लग मा राख्ने जमर्को गरेको छु:
हामीले नमाने पनि २०४७ देखि २०५२ र २०६३ देखि २०७१ सम्म यो देशमा भएको विकास सम्भवतः कल्पना गरिएको भन्दा पनि बढि छ । कतिपय शक्तिका लागि यो पचेको छैन । मुलुकमा मध्यमार्गी विचारका विरुद्ध अतिवादी विचारको प्रवद्र्धनका लागि पालैपालो प्रयोग हुुन तयार क्रान्तिकारीहरु मार्फत यो देशको विकास प्रक्रिया अवरुद्ध पार्न सफल हुँदै आएको त्यो शक्तिले यसपटक नयाँ अतिवादीहरुलाई अघि बढाउन लागेको आभाष भएको छ । संविधान बन्न नदिन र बनिहाले त्यसको विरोधमा हिंसात्मक युद्ध वा आतंक मच्चाउने तयारी सुरु भईसकेजस्तो देखिन्छ । यो देशमा त्यस्ता अमुक शक्तिले चाहे अनुसार प्रयोग भईदिनेहरुको कहिल्यै अभाव नहुने भो ।
उनको ब्लगको पुरा अंश यहाँ: http://merokitab.blogspot.com/2015/01/blog-post.html
You must be logged in to post a comment.