आफू र आफ्नालाई समर्थन गर्नेका नाजायज पनि जायज र अरुका जायज पनि नाजायज, उनले भने । ‘यसले मानिसलाई दलिय कार्यकर्ता मात्र बनाउँछ, कुनै समूहको नेता बनाउँछ, तर मान्छे बनाउँदैन ।
भाषामा लालित्य भर्न सिपालु मित्र भवसागर घिमिरेले नाटक हेर्नका लागि शिल्पी थिएटरको टिकट लिइसक्नुभएकोले हामीसँग चिया खाँदै गफिन भ्याउनुभएन । उहाँ लागि भनेर अडर गरिएको चिया हामी तीन मित्र(जेबी, म र पुरुषोत्तम) ले बाँडिचुँडी खाइयो ।

धेरैपछि मित्रद्धय पुरुषोत्तम सुवेदी र जेबी विश्वकर्मासँग एकसाथ भलाकुसारीको मौका मिल्यो जनकराज सापकोटाको पुस्तक ‘जीवन कतिपय’को विमोचन समारोहपछि ।
दुवै मित्रहरु समाजिक विषयवस्तुहरुमा गहिरो ज्ञान भएका तर त्यसलाई व्यक्त गर्न नचाहने । त्यसैले यी दुवै मित्रका ज्ञानको गहिराई अक्सर चिया खाँदा प्रस्फुटन हुन्छन् । अखबारमा लेख्न यी दुवैलाई त्यति धेरै “मन छैन” अरे । तिनकै भनाईमा । यी दुइ मित्रलाई लेख्न “मन छैन” र त म यो ब्लग लेख्न बाध्य भएँ ।

प्रस्थान विन्दु थियो, जनकराज सापकोटाको पुस्तक विमोचन समारोह । उहाँको पुस्तक नेपाली समाज र जीवन बुझ्नका लागि उत्तम सामग्री भएकोमा दुईमत नै भएन । पुस्तकभन्दा मीठो चाहिँ पुस्तक विमोचन समारोहमा जनकराज सापकोटाको मन्तव्य । स—साना कुराहरुलाई जनकजीले मन छुने गरी व्यक्त गर्नुभयो । उहाँको खुबी ।
“हामी ठुलाठुला कुराहरुमा जीवन दर्शन खोज्छौं तर जीवन साना कुराहरुमा रमाउँछ” जेबीजीको टिप्पणी । ठूला सिद्धान्तहरुलाई हाम्रो जीवनका साना परिघटनाहरुमा जोड्न खोज्नुभन्दा साना परिघटनाहरुबाट सिक्दै सैद्धान्तीकरण गर्दा नेपाली समाजको रुपान्तरण छिटो हुन सक्छ । नेता मात्र होइन समाजमा मौलाएको गुटबन्दीले फरक मतलाई थिच्यो, उनले भनाइ ।
किन? मेरो प्रश्न । ‘समाजमा फरक मत राख्नेहरु एक्लिएका छन्,’ उनले भने । क्या बात ! यही त भइरहेको छ नि हाम्रो नेपालमा। मैले मनमनै सोँचे र उनलाई सुनिरहेँ ।
आफू र आफ्नालाई समर्थन गर्नेका नाजायज पनि जायज र अरुका जायज पनि नाजायज, उनले भने । ‘यसले मानिसलाई दलिय कार्यकर्ता मात्र बनाउँछ, कुनै समूहको नेता बनाउँछ, तर मान्छे बनाउँदैन ।
स्वार्थहरुको चङ्गुलमा बसेर जोकोही काँग्रेस, एमाले वा माओवादी वा मधेशवादी बन्न सक्छ तर मान्छे बन्दैन,’ उनको भनाइ जस्ताको तस्तै । दुई/चार जनालाई मात्रै आफ्नो देख्ने र ठूलो समूहलाई आफ्नो नदेख्ने नेता अन्नतः ती दुई/चारको मात्रै नेता बन्छ’।
के मानिसले मानिस बन्नुमाभन्दा काँग्रेस, एमाले, माओवादी वा मधेशवादी बन्नुमा फाईदा देख्न थालेका हुन्? मानिसहरु मान्छे भन्दा बढी हिन्दु, बौद्ध, मुसलमान, जैन, शिख वा क्रिश्चियन हुन थालेका हुन्? यो नेपालमा मानिसहरु मान्छे बन्नुमा भन्दा बाहुन क्षेत्री, तामाङ्ग, नेवार, राईलिम्बु हुनुमा फाईदा हुन थालेको हो ? मनमा लागेको प्रश्न । अर्को भेटमा बात मार्न थाती राखेँ ।
किन विग्रियो त समाज? म प्रश्न गर्छु । नेपालका आन्दोलनहरुले “सिस्टम” बदल्न सकेन, सत्ता बदल्नमा केन्द्रित भयो, पुरुषोत्तमको निचोड । सिस्टम बद्लिन नसक्दा आशालाग्दा प्रतिभाहरुलाई कित पुरानो सिस्टमले भुत्ते बनायो वा ती सिस्टमबाटै बाहिरिए/बाहिरिन बाध्य पारिए । विद्यमान सिस्टममा नयाँ जोशका साथ काम गर्न आएकाहरु पनि केही समयमा नै निराश हुन्छन् वा आफूलाई यहीँको व्यवस्था सुँहाउँदो गरी ढाल्न कोशिस गर्छन ।

पुरुषोत्तमको कुरा सुन्दैगर्दा नेता प्रदीप गिरीले धेरै समय अगाडि कतै बोलेको सम्झेँ, ‘सामान्यतया राम्रा मानिसहरु राजनीतिमा आउन चाँहदैनन्, तिनलाई राजनीतिमा ल्याउनुपर्छ, यदि राजनीति सुधार्ने हो भने ।’
यति कुरा गरिसक्दा झमक्क रात पर्यो । ल है अर्को चोटी अलि लामो बसाइ गरौं, रामेछापको गाउँले टोनमा बोले जेबीजी । लौलौ, आइ ए पढ्दा क्याम्पस छुटेर घरजाने बेलामा जस्तो गरी हामी छुट्टियौं ।
बाटोमा प्रदीप गिरीका भनाईलाई सम्झे अलिकति बदलेरः यति राम्रा विचार हुनेहरु लेख्ने रहर नै गर्दैनन् । यिनलाई लेख लेख्न लगाउनुपर्छ लेखमा जीवन भर्नका लागि ।
आशा गर्छु यी दुवै मित्रहरुले कुनै दिन आफ्ना विचारलाई बेजोडका साथ बाहिर ल्याउनेछन्, सिस्टम बदल्ने बहस आरम्भ गर्नका लागि ।
Comments
2 responses to “‘जीवन कतिपय’: दुइ मित्र, दुइ विचार”
Nepali people has been in the illusion that every person must be a follower
of a political party . The common people as well as others thereby forgot
that they have their own brain . They blindly followed their leaders who
misled them and now on the verge of drowning .
I don’t know why Nepal is still a poor country although it was not ruled by any other country ever. I think it should be very developed country.
Although nepalis ard hardworker and honest still they are poor.
The main cause is lack of education in Nepal. As you know education plays a vital role in the growth of a nation. In India, nepalis are the backbone of Himachal pradesh which is a state in india. However they are treated as a dog specially in district shimla.
These people are facing such problems just because Nepal government has no capability to serve their people as other country does.
One of cheap habit i noticed in nepalis is that these people talk always about castism. We are living in 21st century so these things does not metter.
Nepal is the second most poor country in the world . i request everyone to stop fighting upon such bloody issues and start working together for the building of great nation.