कति उत्तरदायि सोसल मिडिया: घृणा, अपशब्द र असभ्यताको एक चर्चा

(नेपाल लिटरेचर फेस्टिबल मा  शुक्रबार (आज) ४ देखी ५ बजेको सेसनमा -‘कति उत्तरदायि सोसल मिडिया ?’ भन्ने चल्दै छ  । बक्ताहरु:- @prateekpradhan @RajneeshB @sanpokh र प्रस्तोता  @amritna हुनुहुन्छ । यसै सन्दर्भ  हामीलाइ यो  लेख पहिचान नखुलाउन आग्रह सहित इमेलबाट  प्राप्त भयो र छाप्ने निधो गर्यौं )

यूडब्लूबी पाहुना ब्लग

 

नाम खुलिकै व्यक्तिहरु, र अझ समाजमा सम्मानित र अगुवाहरुले घृणा, विरोध सहन नसक्ने र गालिगलौजको प्रथालाई जग बसाल्दै बलियो बनाउँदै गएको देखिन्छ।

सोसल मिडियामा घृणा, अपशब्द र असभ्यताको विषयमा यहाँ चर्चा गर्न लागिएको छ। केहि समय अगाडि प्रतीक प्रधानले नागरिक दैनिकमा “नकाबपोस हुँडारहरुको संजाल” भन्ने लेख लेखेर सामाजिक संजालमा घृणा र विद्वेष फैलाउनुमा सम्पूर्ण दोष नाम लुकाएर अभिव्यक्ति गर्ने प्रचलनलाई दिनुभएको थियो। नाम लुकाएर गरिने गालीगलौज र व्यक्तिगत आक्रमणलाई कुनै पनि हालतमा सही मान्न सकिँदैन। त्यस्ता कृयाकलापलाई बढावा दिनु हुँदैन। तर नाम लुकाएर गरिने सबै किसिमका अभिव्यक्तिहरुलाई एउटै डालोमा हालेर हेर्दा हामीलाई फाइदा छ कि घाटा? समाजमा अलोकप्रिय र अप्रिय मानिने विचार प्रस्तुत गर्न जोखिमको वातावरण छ भने तर्क सहित त्यस्ता विचार प्रस्तुत गर्न कसैले नाम लुकाउछ भने त्यसलाई अन्यथा लिनुपर्ने कारण देखिँदैन। हो, त्यस्ता विचारको वजन र विश्वसनियता नाम खुला राखेर गरिने विचारको भन्दा कम होला, तर सोहि मूल्य चुकाएर कोहि जिम्मेवार ढङ्गले विचारको बजारमा प्रतिस्पर्धा गर्छ भने त्यसलाई के आधारमा गलत भन्ने? फेरी इन्टरनेटमा प्रयोग गरिएको कसको नाम वा परिचय सहि हो, र कसको लुकाइएको हो भन्ने कसरी थाहा हुन्छ र? कुनै बनावटी नाममा गर्न सकिने तर्क कसैले नाम लुकाएरै गर्न चाहन्छ भने बरु बढि इमान्दारी होइन र?

मुल विषय घृणा र गालिगलौज तथा वहसको साँघुरिरहेको दायरा बारे कुरा गरौँ। समाजमा होस वा मुलधारका संचार माध्यममा होस् वा सामाजिक संजालमा, नेपालमा एउटा डरलाग्दो प्रवृति दिनदिनै बलियो हुँदै गइरहेको छ। त्यो के भने समाजका प्रबुद्ध भनिएकै मानिसहरु र अगुवाहरुबाट घृणा र गालिगलौजको संस्कारलाई सिधै प्रसय र बढावा दिने काम भइरहेको छ। यो निकै डरलाग्दो विषय हो। समाजका अगुवाहरुले हस्तक्षेप गरेर के स्विकार्य र के गलत भन्ने मत बनाउँदै जानुको साटो उल्टो व्यक्तिगत, जातीगत र घृणाको अभिव्यक्तिकै पक्षपोषण भइरहेको छ। हामीले देखेका यस्तो गर्ने हाम्रो समाजका केहि अगुवाहरु को हो हुन भन्नेबारे यहाँ छलफल गरिनेछ। सामाजिक संजाल र समग्र समाजकै विकृती बनिरहेको यस्तो प्रवृत्तिको विरोधमा केवल नाम लुकाएर विचार राख्ने सबैलाई एकै घानमा गाली गरेर समाधान हुन्छ होला? त्यस्तो अल्छिपन भन्दा अलि मेहेनत गरे राम्रो हुन्छ होला। नाम खुलाएरै पनि हाकाहाकी घृणा र द्वेषका अभिव्यक्तिहरु प्रशस्तै देख्न पाइने मात्रै हैन, अगुवाहरुले नै त्यस्तो कृयाकलापलाई संरक्षण र बढावा दिइरहेका छन्। यस्ता केहि व्यक्तिहरुलाई सचेत गराउने वा तिनलाई खबरदार गर्ने वा असल बानी सिकाउने तर्फ कोहि पनि अगुवाले कुनै चासो दिइएको पाइएको छैन। हाम्रो विचारमा यो निकै खरतनाक कुरा हो। यसमा बेलैमा सबैको ध्यान जाओस्। धेरैजसो यस्तो कृयाकलापमा संलग्नहरु सबै एकआपसमा राम्रो चिनजान भएका व्यक्तिहरुजस्ता देखिन्छन्। त्यसकारण कतै यो नियोजित र हैन भन्ने प्रश्न पनि स्वाभाविक बन्छ। अझ यी मध्ये धेरै त चर्चित अङ्ग्रेजी पत्रिकासँग सम्बन्धित र सम्पादकहरु समेत छन्। उनीहरुबाट बढि जिम्मेवारीको अपेक्षा गरिएको छ।

उदाहरणहरु हेरौँ:

आफुसँग फरक विचार राख्नेलाई अश्लिल गालीगलौज (अनिल भट्टराई)
http://imgur.com/anHcwiI

तेरा बाऊ र साले भन्दै गालौगलौज (राकेश मिश्र)
http://imgur.com/n91DsQ9

कान्छा भन्दै होच्याउने काम (राकेश मिश्र)
http://imgur.com/T91Lihz

विनाकारण ट्रल भनेर गाली गर्ने एकजना चर्चित पत्रकार (ज्ञानु अधिकारी)
http://imgur.com/XsrpTvt

हत्याराको आरोप र अन्य गालीगलौज (मुकेश झा)
http://imgur.com/Ob33d1V

आफुसँग फरक विचार राख्नेहरुलाई जोकर, ट्रल आदि भन्दै गालिगलौज (प्रशान्त झा)
http://imgur.com/q8AIIM2

आफुसँग फरक विचार राख्नेहरुलाई अश्लिल गालीगलौज (मन्जुश्री थापा र अनिल भट्टराई)
http://imgur.com/BUhtb73

आफुसँग फरक विचार राख्नेलाई ट्रल भन्दै गालिगलौज (मन्जुश्री थापा)
http://imgur.com/VcyVZje

आफुसँग फरक विचार राख्नेलाई गालिगलौज (अनिल भट्टराई)
http://imgur.com/lDqj6Zq

आफुसँग फरक विचार राख्नेलाई कुकुर भन्दै गालिगलौज (मुकेश झा)
http://imgur.com/a3annFJ

माथिका व्यक्तिहरुको यस्तो कृयाकलाप देख्दा देख्दै पनि यीसँग लगातार अन्तरकृया गरिरहने अगुवाहरुले तिनलाई कहिल्यै सचेत गराउने काम गरेका छैनन्। उल्टै यिनलाई प्रोत्साहन र संरक्षण दिएर यस किसिमको अभिव्यक्तिलाई बढवा दिइरहेका छन्।

नाम खुलिकै व्यक्तिहरु, र अझ समाजमा सम्मानित र अगुवाहरुले घृणा, विरोध सहन नसक्ने र गालिगलौजको प्रथालाई जग बसाल्दै बलियो बनाउँदै गएको देखिन्छ। आलोचनामा नकाबपोस हुँडारहरु मात्रै हैन कसैले केहि बोल्न नसक्ने खुलेआम भइरहेको यस्तो डरलाग्यो अभियानको पनि हुन जरुरी छ। हाम्रो नजरमा यीनका कुराहरुसँग प्रतिवाद गर्न अरु सबैजना डराउने स्थिति रहेको देखिन्छ।


Posted

in

by

Tags:

Comments

3 responses to “कति उत्तरदायि सोसल मिडिया: घृणा, अपशब्द र असभ्यताको एक चर्चा”

  1. Rohit Gurung Avatar
    Rohit Gurung

    Its a bit rich from Prateek Pradhan commentating on exercising civility and responsibility in social media when he lead Nagarik Daily to associate Dil Shova Shrestha with alleged sexual misconduct, and helping spread a sea of hatred and what not against her in social media. If he had civility, he would have long left. You know what, Nepalese media people fall right behind the politicians in the hypocrisy index. This article is hypocritical as well. Afno aangko bhaisi dekhdaina arkako jumra bare complain garchhan. I will be surprised if my comment is not deleted.

  2. Krisha Avatar

    derai ramro cha

%d bloggers like this: