आखिर, यो एकदमै सानो काठमाडौँ तलाउमा को सँग के मात्र भनेर झगडा गर्दै बसिरहने?

आखिर, यो एकदमै सानो KTM तलाउमा को सँग के मात्र भनेर झगडा गर्दै बसिरहने? मान्छे चिने पुगि हाल्यो — त्यसपछि हात हल्लायो, नमस्ते भन्यो, त्यै त हो नि, यहाँ को चलन, हैन र?
आशुतोष तिवारी
म हिमाल मिडियामा सिइयो भएर काम गर्दा (२००८) तिर त्यस बेला एक ताका त्यहाँ तैनाथ मजदुर सँगठन सँग खुबै मिटिंग र निगोसिएसन गर्नु पर्थ्यो। झण्डै हरेक हप्ता जस्तै — लामो, लामो मिटिंग, कहिले त राति १२ बजे, बिहान १ बजे मात्र सकिने मिटिंग। महिनौ लम्बिन्थे युनियनसँगका ति मिटिंगहरु।
के गरिएन ति मिटिंगहरुमा समस्या सुल्झाउन?आफुले जानेका ब्याट्ना, गेम थ्योरी, हाँस्ने-हँसाउने, हिसाब-किताब खुल्लम-खुल्ला देखाउने, कम्पनीमा सबैको भविष्य के गर्दा राम्रो हुन्छ भनि बुझ्ने-बुझाउने, कानुन का कुरा, पछि Sun Tzu को आर्ट अफ वार — सबै बिधि कानुनत: चलाइयो — र कालान्तरमा (by Feb 2009) सबै को सहयोग बाट काम सफल पनि भयो।
त्यो बेलाका युनियन, नन-युनियन प्राय: सबै साथी हरु सँग मेरो अझै पनि राम्रो सम्पर्क नै छ।

तर त्यो tension-filled crisis र high adrenaline को बेला मैले के देखे भने:
साँघु साप्ताहिक मा चाँहि मैले नै सम्भालेकै कम्पनि को बारेमा झुठा-झुठा समाचार आएको छ, आएको छ, लगातार, एक पछि अर्को, मेरो र म सँग त्यसबेला कार्यरत् केहि सहकर्मि हरुको बिरुद्ध मा, हामीहरुलाइ घरि-घरि बेकम्मा र खत्तम र झुर मान्छे बनाएर र देखाएर।फेरि कम्पनि मा कोहि-कोहि चाँहि मच्चि-मच्चिकन “सर्, आजको साँघु साप्ताहिक मा त यस्तो आएछ नि, है, गएको हप्ता उस्तो आएको थियो नि, है – हा, हा हा” गर्थे, खुबै मजा लिएर, आनन्द लुटेर।

मानौ, जसरि हुन्छ, हाम्रो मनोबल गिराउनु नै कसै-कसैलाइ ‘साँघु साप्ताहिक” मनपरि छाप्न- छपाउन दिएर नै के के न ठुलै काम गर्या जस्तो हुन्थ्यो।

शुरुमा त मलाइ “यो साँघु भन्ने के ताल को पत्रिका होला — जसले जे फन्टुस कुरा दिएपनि सन्कि सन्कि छाप्दो रहेछ, सत्यता स‍ँग त यसको मतलब नै रहेनछ, खालि मान्छेलाइ खसाल्यो, हा – हा, गर्यो यसलाई” जस्तो लाग्थ्यो।
तर जे होश, रिस जति उठे पनि, जे पनि मनपरि छापिदिने साप्ताहिक सँग झगडा गरेर आफ्नो इनर्जि र समय खर्च गर्नु भन्दा ट्रेड-अफ को रुपमा कम्पनि कै भलाइ (टर्न-अराउण्ड) मा म as the सिइयो लाग्नु पर्छ भनेर म चुपचाप आफ्नो काम गरिरहन्थे, भलै कसै-कसैको आँखामा साँघुले हियाएर कमजोर नै बनिएको जस्तो देखिएता पनि।
आखिर एउटा ठुलो युद्ध एकाग्र भएर जित्ने नै हो भने आएका स-साना र tangential लडाइँ हरु मा पनि त्यत्तिकै इनर्जि खर्च गर्नु हुँदैन — लडाइँ बरु ‘हारेर’ पनि युद्ध नै जित्नु दिर्घकालिन सफलता को एउटा शुत्र नै रहेछ।
तर पत्रिकामा आफ्नो बारेमा तथानाम गालि र झुठो कुरा आएपछि, सहन सक्ने शक्ति सबै मा हुँदैन। साँघुमा जथाभाबि खबर छापिएको दुइ-तिन दिन सम्म त मेरो समय आघात र घायल भएका एकदमै काम गर्ने त्यसबेलाका मेरा सहकर्मिहरुको गिरेको मनोबल नै उच्च पार्न मै जान्थ्यो।

के भन्ने?
Fast forward to Nov 2009:
No surprise: साँघु को हाम्रो बारेमा आएका झुठो समाचार हरु झुठै भइरहे। पछि कसले चाँहि हाम्रो बारेमा मनपरि कुरा छाप्न लगाएको रहेछ, मैले थाहा पाएँ र म कुनै तालले छक्क परिन — र तिनलाइ केहि भनिन।
आखिर नेपालमा कामै गर्ने हो भने खुराफाति गर्ने हरुको पछि लागेर केहि हुन्न, गरि रहुन, खाइरहुन — किनकि समयले नै देखाउँने नै रहेछ, को कति पानी मा थियो र छ भनेर।
Anyway, उता हिमाल मिडिया मा चाँहि सबैको सहयोग पाएर मलाइ दिेइएको काम राम्रै सँग सकाएर त्यसपछि हिमाल मिडिया को हितैषि नै रहि म ‘वाटर एड’ चलाउन तिर लागे।
तैपनि कुनै पनि बेला, यतिका बर्षमा, कहिले पनि मैले साँघु का सम्पादक गोपाल जि लाइ सोधिन — “तपाई ले किन यस्तो अक्षरको गोडमेलको नाममा झुठको खेति (पनि) गर्नु हुन्छ र के पाउनु हुन्छ त्यस्तो अरुलाइ बिन िसत्तिमा दुख र आघात दिने खेति बाट?” भनेर
तर हरेक बर्ष CIAA ले नबिराइकन वहाँलाइ (मात्र) दिने ‘CIAA पत्रकारिता पुरस्कार’ जसको घोषणा वहाँले “यो बर्ष पनि साँघु ले खत्रा पत्रकारिता को लागि फेरि पायो yay!” भन्ने आशयका साथ फेसबुकमा गर्नु हुन्छ, एउटा समान्य पाठकको हैशियतले म फिसिक्क हाँस्छु र एउटा लाइक भनेर औलाको डिजिटल चित्र कोर्छु
आखिर, यो एकदमै सानो KTM तलाउमा को सँग के मात्र भनेर झगडा गर्दै बसिरहने? मान्छे चिने पुगि हाल्यो — त्यसपछि हात हल्लायो, नमस्ते भन्यो, त्यै त हो नि, यहाँ को चलन, हैन र?
आशा छ, गोपाल जि जस्तो CIAA-सम्मानित सम्पादकले यो पाठक को यि कुरा हरु लाइ मनन् गरि पुलिट्जर वा सो सरह का पुरस्कार का लागि आफ्नो पत्रिका लाइ भेरिफाइ गर्ने सकिने समाचार नै छाप्ने बनाउन नै दिलो-ज्यान ले लाग्नु हुन्छ — यसमा मेरो सानो शुभकामना!
(This article was originally posted as facebook status by Ashutosh Tiwari. We have reproduced here with his permission.)


by

Tags:

%d bloggers like this: