सुलभ खत्री
यूडब्लूबी पाहुना ब्लग
खुमबहादुर खड्काले भ्रष्टाचार गरेको कसले प्रमाणित गर्यो ? अदालतले । अदालतले के गर्यो उनलाई ? कानून अनुसार कसुर बमोजिम सजाय दियो । अनि उनले के गरे? जेलमा बसेर सजाय भुक्तान गरे । कानूनबमोजिम सजाय भुक्तान गरेपछि उनी कानून अनुसारै जेलबाट निस्किए ।
तर अहिले कतिपयले यसरी प्रतिकृया दिइरहेका छन् कि कानूनबमोजिम सजाय भुक्तान गरेका खुमबहादुरले कानूनबमोजिम जेलबाट निस्कने हैन आत्महत्या गर्नुपर्थो या आफैलाई गोलि ठोकेर मर्नुपर्दथ्यो । तर त्यसो गर्नु त कानून विपरित हुन्थ्यो । अनि कानूनले उनलाई हास्न या माला लगाउन या हजारौं समर्थकबाट स्वागत ग्रहणगर्न त रोक्दैन । जव उनी जेलबाट निस्कन पाउछन् र त्यसक्रममा कानूनको उल्लंघन हुदैन भने उनी नाच्दै निस्किउन् कि रूदै त्यसले के असर पार्छ ।
पानीमाथिको ओभानो बन्ने पाखन्डीहरू र दोहोरो मापदन्डमा जीउने कतिपयका दृष्टिमा त्यो उति नैतिक नहुन सक्छ । तर कानूनका दृष्टिमा त सजाय भुक्तान गरिसकेका खुमबहादुर रूदै निस्किउन् या हास्दै पटक्कै फरक पार्दैन । उनलाई एकैजनाले स्वागत नगरोस् या पाँच हजारले स्वागत गरून् कानूनको दृष्टिमा केही फरक हुदैन ।
त्यो कानूनी कुरा भयो ।
अब कथित नैतिकताको कुरा गरौँ ।
अदालतले भ्रष्ट भनि प्रमाणित गरेका खुमबहादुर भ्रष्टै थिए । सही हो । तर के त्यसोभए भ्रष्टाचारमा चुर्लुम्म डुबेको तर अदालतले प्रमाणित नगरेको व्यक्तिचाहि भ्रष्ट नहुने ?
हैन, नेपाली समाज के सारो पाखन्डी हुदै गएको ? यो देशका १४ हजार जनता मार्ने अनि निर्दोष र व्यांकबाट अर्वौं लुट्ने प्रचन्ड दाहाल र लालध्वज भट्टराई चाहिँ महान नेता भइ नै रहने अनि अढाई करोड भ्रष्टाचार गरेर (त्यो पनि मान्छे नमारी) त्यसबापत विगो जरिवाना तिरेर अदालतले भनेअनुसार सजाय विताएको खुमबहादुरले चाहिँ अझैं अपराधी बनिदिइराख्नु पर्ने ? भनिएला प्रचन्ड दाहाल र लालध्वज भट्टराईले जति मान्छे मारे पनि र जति अर्ब लुटेपनि उनीहरूलाई कानून र अदालतले दोषी ठहर्याएको छैन जो खुमबहादुरका हकमा भएको छ । यो आलुतर्कलाई वितेका केही साता, महिना र बर्षहरूमा यो देशका चारजना महापुरूषहरूले चुट्कीका भरमा कानून र संविधानकै पनि प्रावधानहरू मनलाग्दी बदलेका दृष्टान्तहरूले सोझै खारेज गरिदिदैन र भन्या ? अनि शक्ति पृथकीकरणको सिद्धान्तलाई लातहान्दै प्रधानमन्त्रीको कुर्सी समाएका प्रधानन्यायाधिश खिलराज विरूद्ध परेका मुद्दाहरू सुन्दै नसुनी रद्दिको टोकरीमा फ्याकिएको घट्नाले त्यो आलुतर्क गर्नेको मुखैमा थुईय भनेर थुकिदिदैन र भन्या ? मुद्दा जित्न वकिल नै राखिरहन नपर्ने (या भनौं वकिल राखेर बरू नहुने) अनि अरू कोही नै राख्नु पर्ने कुरा सार्वजिनकरूपमा भनिसकिएको र समाजले त्यो कुरा पत्याईसकेको स्थितिमा चार पुरूषले चुट्किका भरमा बदल्ने र बदलिरहने कानूनबमोजिम अदालतले दोषी ठहर गर्दैमा कोही दोषी भइहाल्ने अनि अदालतले ठहर गरेको छैन भन्दैमा निर्दोष भइरने अवस्था छ र भन्या ? प्रचन्ड दाहाल र लालध्वज भट्टराई नेपाली समाजमा महान नेता दरिइरहनु चाहीँ नैतिक अनि खुमबहादुरले सजाय काटेर निस्कदा स्वागत पाउनु चाहिँ अनैतिक । पाखन्डीपनाको पनि हद हुन्छ नि ।
यो देशका सबै भ्रष्टहरूलाई खुमबहादुरले छाति पिट्दै “भ्रष्ट हो साहस र हुति छ भने मैले जस्तो अपराधको सजाय भोग” भन्दै कराउन किन नहुने ? त्यसरी कराउदा कथित सज्जनहरूको टाउको किन दुख्नुपर्ने ? आज खुमबहादुरले पाएको स्वागतमा मैले त देशका सबै भ्रष्टाचारीहरूलाई खुमबहादुरले दिएको चुनौती र गर्जन देखेको छु ।
कुनै जमाना थियो काँग्रेसको तेस्रो पुस्ताका मुख्य तीन नेतालाई केजीबी भनेर चिनिन्थो । के- खुमबहादुर खड्का । जी- गोविन्दराज जोशी । बी- बिजयकुमार गच्छेदार । के र जीले भ्रष्टाचारमा सामेल भएवापत सजाय भुक्तान गरे । तर उत्तिकै र पछिल्लादिनमा समेत अनियमिततामा सामेल भएका बी त अहिले पनि मोजमस्तिमै छन् । अर्थात बीलाई अस्तिसम्म गृहमन्त्रीकारूपमा यही समाजले स्विकारेको हैन ? अहिले पनि गच्छेदार त आफूमात्र हैन भ्रष्टाचारको अभियोग खेपिरहेका डनहरूलाई समेत उम्मेदवार बनाइरहेका छन् । अनि तिनै बी अर्थात जातीयता र क्षेत्रयताको आन्दोलनको अवसर छोपेर इतिहासको कथित सही पन्नामा हुत्तिएका बिजयको जयजय गान गाउने या उनको खिल्ली नउडाई महान नेताकारूपमा स्विकार्ने नेपाली समाज या कथित आलोचकले सजाय भुक्तानी गरेर अविरलाउदै निस्केका खुमबहादुरको चाहिँ किन खिल्ली उडाउनु पर्ने ? हातमा थुक लगाउदै पैसा गनेर घुस खाने राजेन्द्र महतोको जयजयकार गर्ने या उनका कर्तुतको अलिकतिपनि आलोचना नगर्नेहरूको टाउको सजाय भुक्तान गरेर कानूनबमोजिम जेलबाट निस्केका खुमबहादुरको तामझामबाट चाहिँ किन दुख्नुपर्ने ?
पाखन्डीपनको पनि हद हुन्छ ।
Comments
6 responses to “खुमबहादुरले आत्महत्या गर्नुपर्थ्यो हो ?”
कुरा के भन्देखुन नि, कारागार बाट निस्कदा, खुमेले बुटवल मा भएको ओल्ड कप फुटवलमा भारतलाई १० गोल हानेर नेपाल लाई विजयी गराएर काठमाडौँ को त्रिभुवन विमानस्थल मा बिमान बाट झर्दा फ्यान हरु ले स्वागत गर्या झैँ देखिएको ले यो सप्पै कुरा भाको हो क्या. कुरा बुझ्नु पर्च. अनि तेस्मा नेका ले चै के हेरेर बसेको रैच कुन्नि. मेरो विचार सुन्नु हुन्च भने, यस्तै हो भने नेकाले सबिधान सभा को चुनाब लाइ किस गुडबाई गर्दा हुन्च. मेरो सानो बुद्धि ले बुझेको यत्ति हो.
सुलभ खत्रीज्यु, हैन, खुमे लाई देउता सरह पूजा गर्नु पर्थ्यो.
so called bhauju, it seems you do not care about the minimum social decorum as you call Khumbahadurji as khume.
@ जमरकट्टेल भाउजु (???) दाजु चाही कतै casino लुट्ने नै हुन कि हजुर बाटा मुनिकी भाउजु हो ?
yesto na garnu parne
kati damdar tarka….yehi ho intellectual prostitute (baudik bayshabriti)! when such a person can write such view in this way in social ground, to find out the cause of disorder in our society, we don’t need extra parameter. laaj ko pani sema huncha tara jaba kohi nagayrai hindacha …mancha lai k ko laj?.. baru laaj ta yo artical padanay lai po lagyo