७१६ जना = एक गैससः नतिजा खोई?

स्कूल हुँदा नै मैले पढेको हुँ, नेपाल मन्दिर नै मन्दिरको देश हो भनेर । ठूलो भएपछि थाह पाए, किन त्यसो भनिएको रहेछ भनेर । त्यतिबेला नेपाल हिन्दु राष्ट्र थियो, त्यसैले पो त्यसो भनिएको थियो कि ? पछि थाह पाए, यहाँ मन्दिर मात्रै रहेनछन, मस्जिद, गिर्जाघर, गुम्बा पनि रहेनछ । अलिक ठूलो भएपछि मैले अर्को कुरा पनि थाह पाए, मन्दिर भन्दा त धेरै नेपालमा गैरसरकारी संस्थाहरु नै पो छन कि ? त्यसो भए, नेपाललाई ‘गैससहरुको देश’ किन नभनिएको होला ? मैले आजसम्म थाह पाएको छैन । 

जनकराज सापकोटा 

गैसस र गैससकर्मी । यि दुवै शब्द नेपालीका निम्ती नौलो होईन । जसले सुकिलो कपडा लगाउछन, योजनाहरु कोर्छन, प्रतिवेदनहरु लेख्छन, बेला बेलामा छलफल नामका कार्यक्रमहरु चलाउछन । गाउँघरतिरको फोटो खिच्छन, भिडियो पनि खिच्छन र तिनलाई पनि प्रतिवेदनमा चढाउँछन । गैससहरुको नियमन गर्न बनेको समाजकल्याण परिषदको पछिल्लो तथ्यांक अनुसार देशका झण्डै वार्षिक २० अर्व रुपियाको बजेट यिनै गैससहरुले यस्तै काममा चलाउछन । विकासका नाममा, जागरणका नाममा अनि खाने तरिका सिकाउन, बाच्ने तरिका सिकाउन, हात धुने तरिका सिकाउन, शौचालय प्रयोग गर्ने तरिका सिकाउन र अरु धेरै कुरा सिकाउन गैससहरुले वार्षिक यतिका धेरै पैसा खर्चिन्छन । Continue reading ७१६ जना = एक गैससः नतिजा खोई?

Advertisements