हटब्रेड्स क्याफे

UWB: This is a fictionalized account of a real life incident in which a Nepali Maoist guerilla moves around the city of Kathmandu with a city girl and drinks coffee in a cafe. The girl, here using the name Maya, describes how she met the guerilla and how they talked about war and society. We are publishing this story (titled ‘Hot Breads Cafe’ and written in Nepali language) here as our Nepali service is currently not functioning properly. Next part of the story deals with how the guerilla fell in love with the girl who has a boyfriend.

माया

आज आइतबार म एक्लै हटब्रेड्स क्याफेमा कफि पिउँदैछु ।

हामीले यो विचमा खुवै भेट्यौ, लगातार रूपमा साताभर हामी कहिले ठमेलको हटव्रेडस् क्याफेमा भेट्यौ त कहिले महाराजगंजको उहि हटव्रेडस क्याफेमा नै तर भेटिरह्यौ । हाम्रो भेट अझ बाक्लो हुनसक्थ्यो तर युद्ध बिराम पछि उ राजधानी आयो, म भने गाउँ छिरे । मैले गन्ति नै त गरिन तर हामीले यो साता थुप्रैकप कफि पियौं ।

कफि एउटा बहानामात्र हो तर हामी त कुरा गर्न चाहन्थ्यौ, अझ भन्दा मसंग उसलाई सोध्नु पर्ने प्रश्नको ठेली नै छ ।

उ मलाई अमृत साइन्स क्याम्पस अघि कुरीरहेको थियो । शनिबारको दिन भएपनि मैले बिहानै बानेश्वरमा कसैलाई भेट्न समय लिएकी थिए त्यसैले खाना खाएकै थिइन । हातमा एउटा चाउचाउको प्याकेट बोकेर म क्याम्पस अघि पुग्दा उ उभिरहेको थियो । राती छुट्टिदा दश बजे भेट्ने कुरा भएपनि म बार्ह बजेमात्र पुगे ।

‘सरी !’, मैले औपचारीक हुनु जरूरी ठानिन, त्यसैले भनिन । उसले पनि किन ढिलो भनेर भनेन । हामी क्याम्पससंगैको गल्लिबाट भित्र छिर्यौ, ठमेल मेरो मनपरेको संसार हो । उसंग मैले ठमेल कस्तो लाग्छ भनेर सोधेकी छैन तर उसले कहिल्यै ठमेल हैन अन्त कतै पनि भनेको छैन । सायद मन पर्ने नभए पनि नपर्ने पनि होइन होला । ठमेलमा क्रिसमसको रङ्ग चढेको थियो । शान्ताक्लसका आकृतिहरू, अनि अरू पनि थुप्रै चमकधमकहरूले ठमेल सिंगारीएको थियो तर मलाई ठमेल सिंगारीए पनि नसिंगारीए पनि रमाइलो लाग्छ ।

क्याफेमा मान्छेको चहलपहल अलि बेसी नै थियो । शनिबार भएकाले युवायुवती मात्र होइन, परीवारवालाहरू पनि थिए । मैले भित्र कालो लामो टि र्सट, बाहिर कालो ज्याकेट र निलो जिन्सको पाइन्ट लगाएको थिए । उसले पनि माथिबाट कालो ज्याकेट लाएको र भित्र कालै टि र्सट लाएको थियो ।

‘तिमी आज अरूदिन भन्दा राम्री देखिएकी छ्यौ !’, उसले कुराको सुरूवात गर्यो । उसको यो सुरूवात अलि अचम्मकै थियो, यसअघि उसले कहिल्यै त्यस्तो भनेको थिएन । उ सौर्न्दर्यको कुरा नै कहिल्यै गर्दैनथ्यो ।

‘तिमीले मलाई अरू दिन नियालेर हेरेका थिएनौ क्यारे, म सधै यस्तै हुँ, मेरो मतलव म सधै राम्रै देखिएकी हुन्छु नी !’, मैले पनि अस्वभाविक सुरूवात नै गरे । म पहिलो चोटी त्यसरी ठट्टाको शैलीमा उमाझ प्रस्तुत भएकी थिए । उ हाँसेन तर आफैले के भनेको होला भनेर मलाई अप्ठेरो लाग्यो र आफुलाई सामान्य पार्न म हाँसे ।

‘तिमी मर्नदेखि डराउँछ्यौ हो ?’, सधै प्रश्न म सोध्थे तर आज उसले सोध्यो । हाम्रो भेटघाटमा मैले पहिलोचोटी नै यो प्रश्न सोधेकी थिए । उसले एकसेकेण्ड पनि नकुरीकन जवाफ दिएको थियो, ‘म मर्नदेखि डराउँदिन ।’

मैले पनि उ झै तुरून्तै जवाफ फर्काए, ‘अँह म मर्नदेखि डराउन्न ।’

‘त्यसो भए किन तिमी मसंग जान चाहन्नौ ? तिमी लोकतन्त्रको कुरा गर्र्छौ, आन्दोलनको कुरा गर्र्छौ तर फेरी ?’

‘म मर्नदेखि डराउन्न तर मार्नदेखि डरलाग्छ । म आफ्नालाई मार्न सक्दिन अनि तिम्रो गढमा आफ्नाले आफ्नालाई मार्छन । के मलाई त्यँहा त्यसो नगर्न छुट हुन सक्छ ?’, मैले बोलीमा आक्रोश ल्याए । म अलि उत्तेजित भएछु तर वरपर मान्छेहरू आफ्नै धुनमा थिए । आजभोली कोही कसैको वास्ता गर्दैन, त्यसकै फाइदा भो मलाई तर मैले आफुलाई फेरी सामान्य अबश्थामा ल्याए ।

‘हामी मान्छे मार्दैनौ, खराब तत्व मार्र्छौ ,’ उसले तर्क दियो ।

‘तिमीहरूको बाटोमा आउने जो पनि असल तत्व अनि तिमीहरूको बाटोमा नआउने सबै खराब तत्व ? यहि हैन त तिमीहरूले खराव र असल छुट्टयाउने मापदण्ड ?’, म पनि कम थिइन ।

उ केही बोलेन । उ अर्को कुनै तर्क पनि पेश गर्न सक्थ्यो तर उसले त्यसो गरेन र कफि पिउन थाल्यो । उ अलि गम्भिर र उदास देखिन्थ्यो । एकछिन अघिसम्म उ मलाई हेरीरहेको थियो तर फेरी एकैछिनमा उसको ध्यान मैले क्याफेको भित्ताको पेन्टिङ्गमा भएको पाए ।

‘म गाउँ र्फकदै छु । पार्टिले बोलाएको छ अब हामी भिषण तयारीमा जुट्नेछौ,’ उसले हिजो राती यहि टेवलमा भनेको थियो ।

‘के त्यसो भए यो हाम्रो अन्तिम भेट हो त ?’, मैले दुखि भएर सोधेको थिए ।

‘हैन भोली फेरी भेटौ न !’, उ केहि मुस्कायो र हामी छुट्टियौं । राती आठबजे रत्नपार्कमा मैले चाबहिल जाने माइक्रोमा चढ्न निकै परिश्रम गर्नु पर्यो ।

उ व्रिद्रोही थियो, कुनै एउटा गाउँमा उसको र मेरो भेट भएको थियो । म राजधानीमा पढ्न बसेकी एउटी केटी । मलाई उसको परिवेशका बारेमा जान्ने खुव उत्सुकता थियो । बन्दुकका बारेमा, युद्धका बारेमा, सफायाका बारेमा अनि अरू पनि थुप्रै कुराहरू जान्न म निकै उत्सुक थिए । उसले सुरूवातमा मेरो उत्तेजना देखेर मलाई बेकम्मा केटी भन्ठानेर तिरस्कार पनि नगरेको हैन तर फेरी उ र म नजिक भयौ । मैले आफ यो यो कारणबाट बेकम्मा होइन भनेर एउटा चिठी पठाएको थिए । त्यो चिठीले नै उसको म पतिको विचार परिवर्तन गर्न मद्दत्त गर्यो । मैले पठाएको चिठी उसको विचारमा एकदमै उत्कृष्ट थियो । पढिरहन मन लाग्ने र पढेपछि मेरो बारेमा सोच्ज मन लाग्ने । त्यो चिठी उसका साथीहरूले पनि पढेका थिए ।

‘मेरा साथीहरू तिमी मेरी प्रेमिका हौ वा तिमी मलाई मन पराउँछौ भनेर सोच्छन् ।’, उसले पहिलाको एउटा भेटमा भन्यो ।

‘हो त ?’, मैले उसको विचार जान्न चाहेको थिए ।

‘होइन ।’, उसले भनेको थियो ।

‘त्यसो भए छाडिदेउ अरूले जे पनि भन्न सक्छन् । तिम्रा साथीहरूलाई भनिदेउ कि मेरो अरू कोहि नै प्रेमी छ ।’

‘साँच्चै ?’

‘हो साँच्चै ।’

यो संवाद पछि उसले उसका साथीहरूले आजभोली मेरो बारेमा के कुरा गर्छन भनेर मैले सोध्दा केहि भन्दैनन् भन्थ्यो । युद्ध विरामको केहि समय पछि उ काठमाडौं आएको थियो । यँहा उ कम्प्युटर सम्बन्धि केहि सीक्दै थियो । म राजधानी आउँनासाथ नै हामीले भेट्न सुरू गरेका थियौ । उ र मैले गर्ने कुरा राजनितिको मात्र हुन्थ्यो तर पनि हाम्रो सम्बन्ध राजनितिक थिएन । उ मलाई पनि बन्दुक बोक्न हौस्याउँथ्यो तर म सिधै सधै अस्विकार गर्थे ।

‘तिमी तयार छौ युद्धका लागि ?’, मैले कफि सकाउँदै सोधे ।

‘हो तयार छु ।’

‘यो डरलाग्दो कुराको अन्त्य कहिले हुन्छ ? के तिमीहरू सधै मर्न र मार्नेको मात्र तयारी गर्र्छौ ?’

‘हामीले जित्छौ, अनि यो सब डर हराएर जान्छ ।’

‘तर के त्यो जित मनाउन तिमी जिवित हुन्छौ ?’

‘नहुन पनि सक्छु ।’

मैले बेरालाई बोलाए र अर्को कप कफि मगाए दुवैजनाको लागि ।

‘हाम्रो यो अन्तिम भेट मान्दा हुन्छ अब मैले त्यसो भए ?’

‘अन्तिम पनि हुनसक्छ तर जे पनि हुनसक्छ ।’

‘मलाई तिमीले माफ गर, म तिमीसंग जान सकिन । म लोकतन्त्रका पक्षमा छु तर मान्छे मार्ने हिम्मत ममा छैन ।’
‘तिम्रो नैतिक र्समर्थनको पनि म सम्मान गर्छु’ उसले मेरो आँखामा हेर्दै भन्यो । उसका अरूवेला डरलाग्दा लाग्ने आँखा त्यतिखेर मलाई कति प्रिय लाग्यो । त्यसमा स्नेह थियो ।

दोस्रो कप कफि पनि सकियो । पैसा उसले तिर्यो, छुट्टिने बेलाको ट्रिट भनेर उसले मलाई तिर्न दिएन । हामी पैदल हिड्यौ, ठमेलका गल्लिहरू हामीले बिनाकाममा चाहार्यौ । केही नबोली उ र म चुपचाप हिड्यौ । कँहासम्म जाने कुनै निश्चितता थिएन । हामी वीर अस्पतालको छेउमा आएपछि मैले घडि हेरे, तीन बज्न लागेको थियो ।

‘किङङ्कङ हेर्ने ?’, उसले अचानक साध्यो । ल म गए है भनेर छुट्टिहाल्ने अबश्था त थिएन, तर फिल्म नै हेर्नका लागि मैले आफलाई सहमत गराउन सकिन । यो एउटा असाध्यै निजी कारण थियो ।

‘फिल्म ?’, मैले अस्वीकार गरे, ‘नाँइ, अल्छि लाग्छ अरूसंग फिल्म हेर्दा । फिल्म त म मेरो व्याइफेन्डसंग मात्र हेर्छ ।’ कुरा सन्दा जिस्कीएको जस्तो भएपनि म जिस्कीएको थिइन । मैले साँचो करा नै भनेको थिए । त्यसैले उसले केही भनेन । हामी न्यरोडतिर बाङगीयौ ।

‘अब जिवन अस्तव्यस्त हन्छ । यँहाजस्तो नहाउने, दार्ही काटने र्फसद हन्न,’ दार्ही काटने भन्दा उसले मलाई हेर्यो किनकी म दार्ही भएको मान्छे मनपराउन्न । उसलाई पनि मैले दार्ही नराख्दा नै रामो देखिन्छ भनेको थिए तर आफ्नो पेमीलाई झै दबाव दिएको थिइन । दबाव दिने इच्क्षा पटक्कै थिएन ।

‘अब म दार्हीका बारेमा पहिलाको जस्तो सोच्दिन,’ मैले उसले मलाई हेरेपछि भने ।

‘किन ? तिमो बिछोड भयो कि क्या हो आफ्नो पेमीसंग ?’ उसले ठट्टा गर्यो ।

‘होइन अब मलाई मेरो पेमी यति मनपर्छ कि दार्हीमा पनि मैले उसलाई रामो देख्न थालिसके,’ मैले तरून्त जवाफ दिए ।

बसन्तपरमा बस्यौ । कपाल पुरै फुलेको तर त्यस्तरी फुलिहाल्ने उमेर नभएको एउटा अधबैसेकोमा चिया खान बस्यौ । हामी दुवै चुपचाप थियौ । चिया बनाउने मान्छे सारै फर्तिलो छ । म पहिलो चोटी त्यहा जाँदा हयाट लाएकीले यो मान्छेले म जापानिज या चिनिया भन्ठानेर त्यस्तै भाषामा कुरा गरेजस्तो गरी जिस्काउन खोजेको थियो । खुब जिस्कीएर करा गर्नपर्छ यो मान्छेलाई । फटाफट चिया बनाएर ल्याइहाल्यो । चिया समातेर मैले सोधे, ‘यो विचमा तिमीले कोही मान्छे मारेनौ, केहि लुटपात मच्चाएनौ । के त्यो तिम्रो लागि स्वणिर्म आनन्द थिएन ?’

‘थियो ।’, उसले सटिक जवाफ दियो ।

‘अनि किन फेरी र्फकन्छौ त ?’

‘त्यो क्षणिक थियो तर अब हामी सधैको लागि लड्छौ ।’

‘तर के फेरी हामी यसरी नै भेट्छौ त ?’

उ केही बोलेन । मैले बोलाउन पनि चाहिन । मलाई होस्टल र्फकन थियो समयमा नै । हामी छुट्टिनु पर्ने भयो । उ जाँदै थियो, भोली बिहान । पुरानै ठाउँमा या नँया कतै अन्तै, मैले सोधिन पनि । उ जँहा गए पनि आखिर उ लड्थ्यो । चिया सकाउन समय लागेन । फेरी न्यरोडतिर हामी आउँदा शहरमा क्रिसमस लागेको थियो । अब हुने भिषण रक्तपातको अघिल्ला दिनहरूमा सहर यसरी उज्यालो भएको देख्दा मलाई लाग्यो निभ्ने बेलाको बत्तिको उज्यालो त होइन यो कतै ? मैले उसको आँखामा हेरे । त्यसमा फेरी स्नेह थियो ।

‘म गए है,’ मैले भने । उसले हुन्छको संकेत मुन्टा हल्लाएर गर्यो । म फटाफट आरएनएसीमा आएर टयाम्पो चढे, २ नं. को टयाम्पो ।

यूडब्ल्यूबी- यो सत्य घटना विवरण हो तर ब्लगरले आफ्नो नाम सार्वनजिक गर्न चाहेकी छैनन् ।

UWB: This is a fictionalized account of a real life incident in which a Nepali Maoist guerilla falls in love with a city girl who has a boyfriend. We are publishing this story (in Nepali language) here as our Nepali service is currently not functioning properly.

13 thoughts on “हटब्रेड्स क्याफे”

  1. well, i think ( just think) i know this girl and her boyfriend.

    laudatory bravery of the girl, if i were her… i wud be fainted before talking to anybody like ‘the insurgent’.

    p.s. Congratulations

    Like

  2. Interesting write-up! I only wished the writer had put in more of the guy’s ideologies and why he thinks his war is justifiable- his personal perspective/opinion about maoism, governance, life in general, capitalism. Because these things don’t come out in Prachanda’s interview- what comes out is a well practiced rhetoric that has gone multiple censorship from his comrades.

    I also wanted to know if he was knowledgeable about things that he’s fighting for, and in how much depth. Coffee guf is interesting, and its good to see two young students having fun with casual meet-ups, but if you were not to let us know in detail, what you actually talked about (if you did at all) for he being a maoist and you being an aaam janata, it defies the whole purpose of writing this blog- or even meeting him in the first place. If you both were to talk simply like two college kids, you might as well do that with your b/f or any other kid in your college!

    Like

  3. Exclucive write up! i am thinking about to publish this story in our local paper of London. Can you write this in english? Maya can you do that?

    Like

  4. मन न हो-
    हिसाब-किताब गर्दैन,
    फूल- काँडा भन्दैन
    साला, ठाउँ-कुठाउँ अल्झिदिन्छ!!

    Like

  5. It’s fantastic..in the sense that it really exposes the heart of a warrior. Nonetheless, it’s the replication of every feelings of mankind, though the position differs in the day……………

    Like

Leave a Reply to gaur Cancel reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s