शाही आयोगविरुद्ध लागेको ठिटो


अधिवक्ता सन्तोषकुमार महत्तो । तस्बिर- शालिग्राम तिवारी

बालकृष्ण बस्नेत

नयाँ र नपत्याउँदो अनुहार । ध्वाँसे अनुहारको एक कलिलो ठिटो अहिले चर्चाको पात्र बनेको छ शाही आयोग खारेज गर्ने सर्वोच्चको ऐतिहासिक फैसलापछि । तराइवासी त्यो ठिटो हो- अधिवक्ता सन्तोषकुमार महत्तो ।

गत माघ १९ को शाही कदमले चारैतिर सन्नाटा छाएको थियो । मुलुकभर संकटकाल जारी थियो । संविधानप्रद्दत्त मौलिक हकहरू निलम्बनमा परेका थिए । राजनीतिक नेता-कार्यकर्ता, मानवाधिकारवादी, कानुनव्यवसायी, पत्रकार, नागरिक समाजका अगुवा थुनामा थिए । धारा १२७ को यति जगजगी थियो कि संविधानले कल्पनै नगरेको, न्यायाधीशसमेतलाई कारबाही गर्न सक्ने भन्दै गठित शाही आयोगलाई समेत यसैले निरन्तरता दियो ।

Santosh Kumar Mahato talking to Balkrishna Basnet
शाही आयोगलाई सर्वोच्च अदालतसम्म घिच्याउने अधिवक्ता सन्तोषकुमार महत्तोसँग कुरा गर्दै सम्वाददाता बस्नेत । तस्बिर- शालिग्राम तिवारी

के धारा १२७ ले श्री ५ लाई यो सबै कारबाही गर्ने अधिकार दिन्छ – आममानिसहरू जस्तै केही वर्षेखि वकालत थालेको तर्राईबासी त्यो ठिटोको भित्री मनमा पनि यो प्रश्न गढेको थियो । शाही कदमपछि अरू निकायको के कुरा । न्यायालयमा समेत त्यसको छिटा पर्न थालेको थियो । नागरिक अधिकार र स्वयं न्यायिक रक्षाको माग गर्दै परेका रिट पनि ‘श्री ५ बाट गरिबक्सेका काम’ भन्दै सर्वोच्च अदालतले भटाभट फर्काउन थालेपछि कानुन व्यवसाय गर्दै आएको ठिटो स्वयंलाई झस्कायो- ‘सर्वोच्चभन्दा पनि राजा माथि ?’

मनमा असह्य भएपछि यो प्रश्नलाई अदालत प्रवेश गराइछाडे उनले । २७ वषीर्य अधिवक्ता महतो अहिले भने प्रस्ट छन् । ‘म मात्र होइन, सबै प्रस्ट भएका छन् कि राजाभन्दा पनि सर्वोच्च न्यायालय माथि छ,’ असंवैधानिक शाही आयोग खारेज गर्ने सर्वोच्च अदालतको फागुन १ गतेको र्सवसम्मत फैसला उल्लेख गर्दै उनी भन्छन्, ‘अब त राजाले पनि यो कुरा बुझ्नुपर्छ ।’

कानुनी फाँटमा महतो नयाँ अनुहार हुन् । त्यसैले धेरैको कौतुहलको पात्र पनि बनेका छन् । महोत्तरीको सुगाभवानीपट्टी मूलथलो भए पनि जनकपुरमा हुर्के-बढेका महतो सामान्य पृष्ठभूमिका व्यक्ति हुन् । कलिलो उमेर, होचो र पातलो शरीर । कालो कोटमा हातमा कालो ब्याग लिई ठाँटिएर अदालतमा डुलिरहेका हुन्छन् उनी । अरूले चिनुन् या नचिनुन् । चिनिने काम गर्नर्ुपर्छ भन्ने चाहिँ उनको भित्रैदेखि अठोट रहेछ । राम्रो वकिल बनेर समाजमा चिनिने इच्छा उनको पहिलेदेखिकै हो ।

यही इच्छा पूरा गर्न २०५० सालमा एसएलसी अध्ययन सकेपछि महतोले जनकपुरबाटै कानुनको अध्ययन सुरु गरेका हुन् । सुरुमा लेखापढी व्यवसाय र पछि क्याम्पस पढ्दै अग्रज कानुनव्यवसायीहरूको र्फममा उनले काम सुरु गरेका हुन् । त्यतिबेला अधिवक्ता खेमराज शर्मा -अहिले पुनरावेदन न्यायाधीश) को र्फममा काम सिकेको र आईएल पास गरेपछि भने स्नातकका लागि २०५६ सालमा राजधानी छिरेको महतो बताउँछन् । जनकपुरमा रहँदा शर्माबाहेक अग्रज कानुनव्यवसायीहरू लक्ष्मीबहादुर निराला, रामकृष्ण निरालालगायतले पेसाबाट कमाएको ख्याती, प्रतिष्ठाबाट पनि उनी प्रभावित भए ।

‘अग्रजहरूको सल्लाहबाट म हौसिएँ,’ वकालतमा अगाडि बढ्नुको रहस्य उनी पोख्छन् । त्यसो त नुनिया महत्तो जातीका पहिलो वकिल पनि आफू भएको उनी बताउछन् । विषय पनि राम्रो, मेहनत र धैर्य गर्न सके पैसा र इज्जत पनि राम्रै हुने भएकाले उनले वकिल पेशा अँगालेका हुन् ।

उनको जीवनशैली पनि असाध्यै सामान्य छ । नामैका लागि पछि पछि दौडने वकिल पनि होइनन् उनी । नयाँ र नपत्याउदो अनुहार र उनको स्वभावका कारण शाही आयोग खारेज भएको फैसला भएको दिन पनि धेरैले उनलाई चिनेन् । न त उनी यो रिटको निवेदक मै हु भन्दै कसैलाई परिचय दिंदै हिंडे । उनले दायर गरेको रिटले आयोग खारेज भएको फैसला आएपनि ठूला कानुनव्यवसायीहरुको पछाडि सञ्चारकर्मी र र्सवसाधरण ताँती लागेका थिए । विचरा, महत्तो भने आफ्नै ध्याउन्नमा थिए । खासमा उनलाई कसैले खोजेन पनि । भोलिपल्ट कान्तिपुर दैनिकको तेस्रो पृष्ठमा छापिएको फोटोले भने उनलाई निकै उत्साहित गराएछ । अन्य कुनै सञ्चारमाध्यमले उनको तस्वीर वा प्रतिक्रिया नलिएको उनी बताउछन् ।

‘मैले गर्ने त काम मात्र हो ‘, उनी निर्धक्क भन्छन् ।

काठमाडौं भित्रेपछि भने अधिवक्ताहरू रमेशविक्रम कार्की, प्रकाश राउत हुँदै अहिले वाणिज्य कानुनका अग्रज कानुनव्यवसायी अनिलकुमार सिंहको र्फममा आबद्ध भएका छन् उनी । ‘एउटा वकिलले कानुनका सबै विधामा समान ज्ञान हासिल गरेको राम्रो हो,’ कार्की, राउत र सिंहसँगै काम गर्दा र्सार्वजनिक सरोकारका विषय, देवानी र फौजदारी मुद्दा साथै वाणिज्य विषयमा पनि धेरै सिक्न पाएको उनको अनुभव छ ।

यसैले साहस दियो महतोलाई शाही आयोगविरुद्ध रिट दर्ता गर्न । तर उनको व्यासायिक यात्रामा यो पहिलो रिट भने थिएन । त्यसअघि नै र्सार्वजनिक सरोकारका झन्डै एक दर्जन विषयमा रिट दायर गरी कतिपयमा सफलता पनि पाइसकेका थिए । पछिल्लो शाही आयोगविरुद्ध रिटले भने उनलाई र्सार्वजनिक जीवनमा परिचय गराइदियो ।

गत वैशाख १६ गते शाही आयोगले निरन्तरता पाएपछि त्यसविरुद्ध रिट दर्ता गर्न निकै संर्घष गर्नुपरेको उनी बताउँछन् । वैशाख ३० गते रिट पेस गरे पनि सर्वोच्च प्रशासनले ‘श्री ५ बाट गरिबक्सेको काममा प्रश्न उठाउन नमिल्ने’ भन्दै दरपीठ गरी फर्काएको थियो । त्यसविरुद्ध उनले इजलासमा फेरि निवेदन त दिए । तर त्यतिबेला आफूलाई कानुनव्यवसायीहरूले भने सहयोग नगरेको तीतो अनुभव उनीसँग छ ।

दरपीठविरुद्ध उनको निवेदनले किन प्राथमिकता पाउँथ्यो । तत्कालीन प्रधानन्यायाधीश हरिप्रसाद शर्मा स्वयंले शाही कदमको अन्तर्राष्ट्रिय मञ्चमा गई खुलेर र्समर्थन गरेको बेला थियो ।

केही महिनापछि प्रधानन्यायाधीशमा दिलीपकुमार पौडेल नियुक्त भए पनि त्यो निवेदनको पालो भने आउन सकेन । साउन २४ गते उक्त निवेदन न्यायाधीश मीनबहादुर रायमाझीको इजसालमा पेस भयो । केही मिनेटको बहस नसकिँदै उक्त इजलासले रिटमा संवैधानिक प्रश्न उब्जेकाले दर्ता गर्नु भन्ने आदेश प्रशासनले दिएको थियो । यसरी साउन २६ गते रिट दर्ता भयो ।

समस्या फेरि उही । रिट दर्ता त भयो । सुनुवाइको पालो कहिल्यै नआउने । पालो नआए पनि न्यायाधीशले कहिले नभ्याउने । १३ औं पल्टको पेसीमा यो मुद्दा पुनः रायमाझीको इजलासमा पेस भई विपक्षी आयोगका नाममा कारण देखाऊ आदेश जारी भएको थियो । रिटलाई पन्छाउने प्रवृत्ति देख्दा यो मुद्दामा सफलता पाउने छाँट देखेका थिएनन् अधिवक्ता महतोले ।

‘त्यसो भएन । अदालतले आखिर सत्यकै पक्षमा न्याय दियो,’ गर्विलो अनुहारमा उनी भन्छन्, ‘संवैधानिक राजतन्त्र र स्वतन्त्र न्यायालयको पक्षमा उत्कृष्ट फैसला भएको छ ।’

कान्तिपुर दैनिकका पत्रकार बालकृष्ण बस्नेत अदालत र कानूनसम्बन्धि विषयमा कलम चलाउछन् ।

UWB note: We are publishing this article in Nepal about a man who dragged the notorious Royal Commission for Corruption Control to the Supreme Court as our Nepali service is courrently out of function because of technical reason.

Advertisements

7 thoughts on “शाही आयोगविरुद्ध लागेको ठिटो”

  1. Badhai chha Mahato ji lai. Tapain ko bhanai ‘…adalat le satya kai paksha ma nyaya diyo’ … yas patak matra haina sadhai yastai howos bhanne kamana. Nepal ko sandarbha ma Mahato ji lai thaha hola nai …. nyaya kshatra ATI BHRASTA shreni ma parchha bhanne mero anubhav chha tathapi tapai haru jasta deshbhakta, imandar tar pachhadi pareka sabai le aafno gyan ko sadupayog gari bhrast haru lai pachharnu parchha. Gyanendra ko ta kurai chhodau Girija/Makune jasta haru bat desh le khas paune chhaina jati tapai haru jasta bat desh le paune chha. Pheri pani badhai chha yasta kam haru ma tapai ka kada badhi rahun SHUBHKAMANA

    Like

  2. mahato hahaha.
    this was a royal move fools. i don think this happenning without royal approval. in this site the same WAGLE had criticised the new supreme court judeges being royal men.
    If that was true then my views are correct. any objection.

    Like

  3. namaskar!
    this is very good news for all that ki nepali janata ko dhad ma tassiyara,janata ko ragat chusi raheko,juka ko yauta prapancha ko aanta bhako cha.U r really a great man santosh ji.tapai jastai aaja harek nepali yuwa truth ko suport ma lagna nadaraune ho bhane,pakka pani des bannecha.im in ur side ramesh ji.

    Like

Post your views

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s