United We Blog! for a Democratic Nepal
फर्कियो पिसकोर
पिसकोर नेपाल कार्यालयकी निर्देशक एन्ड्रिया वज्नार-डायाग्ने र ७० को दशकमा नेपालमा स्वयंसेवा गर्न आएर यतै बसेका स्टिभ लेक्रेक शुक्रबार काठमान्डूमा ।
दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आज कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ (पीडीएफ) क्लिके हुन्छ ।
समाचार पुरानै छ । पुष्पकमल दाहाल नेतृत्वको माओवादी पार्टी अझै पनि अमेरिकी गृह मन्त्रालय (होमल्यान्ड सेक्युरिटी डिपार्टमेन्ट) को आतंकवाद बहिष्कार सूची (टेरोरिजम एक्स्क्लुजन लिस्ट) मै छ । पछिल्लोपटक झन्डै पाँच महिनाअघि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको कार्यालयले दिएको जानकारीअनुसार ‘पार्टीले केही सकारात्मक कदमहरू चालेको’ भए पनि ‘सूचीबाट हट्न हामीसँग बाँकी चासोहरूको सम्बोधन हुनैपर्छ ।’
बितेका पाँच महिनामा पनि ती उल्लेख नभएका ‘चासोहरूको सम्बोधन’ पूर्णत भइनसकेको कुरा माओवादी त्यो सूचीमा रहिरहनुले प्रस्ट पार्छ । तर यी पाँच विशेषगरी पछिल्ला दुई महिनामा अमेरिकाले त्यो सूचीलाई पूरै बेवास्ता गर्दै माओवादी नेतृत्वको नेपाललाई एकपछि अर्को सहायता, कूटनीतिक सदाशय र द्विपक्षीय हार्दिकताले पुरस्कृत गरिरहेको छ । यी अमेरिकी कदमहरूको जस माओवादी एक्लैले लिन पनि सक्छ किनकि पछिल्ला ‘पुरस्कार’ हरूलाई अमेरिकाले शान्ति प्रक्रियाको सफलतासँग जोडेको छ । माओवादीइतर दलहरूले बारम्बार भन्ने गरेकै कुरा हो, शान्ति प्रक्रियालाई टुङ्ग्याउन सबैभन्दा आवश्यकता माओवादी गम्भीरता र चाहनाको छ जो निकै कम रहेको ती दलहरूको ठहर छ ।
तर अमेरिका हौसिएको छ जसले नेपाललाई प्रत्यक्ष आर्थिक र सामाजिक फाइदा पुर्‍याएको छ । नेपाल नजान अमेरिकीहरूलाई विदेश मन्त्रालयले दिएको सल्लाह फिर्ता लिएको एक महिना नबित्दै नेपाललाई फाइदा पुर्‍याउने अर्को निर्णयको औपचारिक घोषणा १० दिनअघि वासिङ्टनमा भयो । माओवादी हिंसाबाट आत्तिएर भागेको अमेरिकी जनताहरूको स्वयंसेवा संस्था पिसकोर माओवादी सत्तामै रहेका बेला फर्किने टुङ्गो लाग्यो ।
‘पिसकोरले अमेरिका र नेपालबीच समझदारी र प्रेमको दीर्घकालीन पुल कस्ने विशेष भूमिका खेलेको छ,’ पिसकोर फिर्तीको घोषणा गर्दै अमेरिकी विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी सहायक मन्त्री रोबर्ट ओ ब्लेकले वासिङ्टनमा भनेका थिए । ‘जसरी पिसकोरको फिर्तीमा नेपालको इतिहासको कालो अवधिको प्रतिबिम्ब थियो, त्यसैगरी पिसकोरको पुनरागमनले अहिले नेपालमा जारी सकारात्मक लहरको संकेत गर्छ ।’
‘म नेपाली साथीभाइहरूलाई भन्छु,’ उनले हाँस्दै प्रस्ट नेपालीमा भने, ‘मेरो आन्द्राभुँडी सबै नेपाली भइसक्यो, बाहिर मात्र म यस्तो (गोरो) छु ।’
सन् १९६१ मा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीले आफ्ना नागरिकलाई विश्वका अन्य संस्कृतिसँग परिचय गराउन स्थापना गरेको स्वयंसेवा/श्रमदान कार्यक्रम पिसकोरले स्वयंसेवीहरूमार्फत आतिथेय मुलुकका जनतालाई विभिन्न क्षेत्रमा प्राविधिक ज्ञान र अमेरिकाबारे जानकारी दिने पनि उद्देश्य लिएको छ । कार्यक्रमअन्र्तगत झन्डै दुई लाख अमेरिकीहरूले विश्वका १ सय ३९ मुलुकमा श्रमदान गरेका छन् ।
नेपालमा चाहिं पहिलोपटक १९६२ मा एक सय पिसकोर स्वयंसेवीहरू आएका थिए । त्यसयता २००४ मा कार्यक्रम निलम्बित नहोउन्जेल चार हजारभन्दा बढी अमेरिकीहरूले नेपाल आएर स्वयंसेवा गरेका थिए । संस्थाको नामले ‘शान्ति दस्ता’ को अर्थ दिए पनि शान्ति स्थापना या द्वन्द्व व्यवस्थापनमा पिसकोर या स्वयंसेवीहरू सहभागी हुँदैनन् । बरु आतिथेय मुलुकमा टिक्नै नसकिने गरी हिंसा बढ्यो भने उनीहरू कुम्लो बोकेर अमेरिका फर्किन्छन् । सात वर्षअघि माओवादी हिंसा नेपालैभरि फैलिएपछि र काठमान्डुस्थित अमेरिकी केन्द्र नजिकै नै बम पड्काइएपछि आत्तिएको अमेरिकी सरकारले नेपालमा उक्त कार्यक्रम निलम्बन गरेर स्वयंसेवीहरू फिर्ता लगेको थियो । स्वयंसेवीहरू अमेरिकी सरकारी कर्मचारी होइनन्, यी प्रायः कलेज पढेका र प्रायः जागिर खाई नसकेका विद्यार्थीहरू हुन् जो २७ महिना आतिथये मुलुकमा बसेपछि फर्केर पढ्छन् या आफ्नो करिअर थाल्छन् ।
हालैका वर्षहरूमा सुरक्षामा उल्लेख्य सुधार आएको निष्कर्ष निकाल्दै अमेरिकाले पिसकोर कार्यक्रम नेपालमा पुनः थाल्ने निर्णय गरेको हो । त्यसमा नेपाल सरकारको चाहना पनि उत्तिकै महत्त्वपूर्ण छ । कार्यक्रम पुनः सुचारु गर्ने समझादरीपत्रमा जनवरी १० मा वासिङ्टन डिसीमा पिसकोरका निर्देशक एरोन विलियम्स, अमेरिकी विकास सहयोग नियोग (युएसएआइडी) को एसियाका लागि सहायक प्रशासक निशा विश्वाल र नेपाली राजदूत शंकर शर्माले हस्ताक्षर गरेका थिए ।
त्यसको चार महिनाअघि विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वाषिर्क बैठकमा भाग लिन वासिङ्टन डिसी गएका अर्थमन्त्री वर्षमान पुनले नेपालबाट फर्केका पिसकोर स्वयंसेवीहरूलाई सम्बोधन गर्दै ‘मेरो अंग्रेजी त राम्रो छैन तर तपाईंले नेपालमा छोडेर आएका बुढी आमा, बाहरू तपाईंहरूलाई पर्खिरहनुभएको छ, शिक्षा, स्वास्थ्यका क्षेत्रमा काम गर्न तपाईंहरू आउनुस्’ भनेका थिए । पिसकोर स्थापनाको ५० वर्षगाँठका अवसरमा नेपाली दूतावासमा आयोजित कार्यक्रममा पुनले अंग्रेजीमा लेखिएको भाषण पढ्दा चाहिं ‘हाम्रै जनता जान नमानेका ठाउँमा पिसकोर स्वयंसेवकहरू गएको’ र ‘उनीहरूको परिश्रमबाट नेपालीहरू चकित बनेको’ बताएका थिए ।
नेपाल आउने सम्भावित स्वयंसेवीहरूको अमेरिकामा छनोट हुँदै गर्दा नेपालमा कार्यालय खोल्न आफ्ना पति र दुई छोराछोरी लिएर हालै काठमान्डु ओर्लेकी एन्ड्रिया वज्नार-डायाग्ने यतिखेर डेरा खोज्न व्यस्त छिन् । मध्य ८० को दशकमा सानो अफ्रिकी मुलुक बेनिनमा पिसकोर श्रमदान गरेकी एन्ड्रियाको यो पहिलो नेपाल आगमन हो । अस्थायी रूपमा उनको परिवार बसिरहेको होटलमा शुक्रबार बिहान गरिएको अन्तरवार्तामा पिसकोर नेपाल कार्यालयकी निर्देशकले यो वर्ष २० स्वयंसेवीहरू सेप्टेम्बरमा आउने बताइन् । ‘केही स्वयंसेवीको टुङ्गो लागिसकेको छ र उनीहरूले सेप्टेम्बरसम्म पर्खिन्छौं भनेका छन्,’ उनले भनिन् । त्यो संख्या आगामी केही वर्षमा बढ्ने उनले अपेक्षा गरिन् । यसअघि नेपालमा एक वर्षमा दुई सयसम्म स्वयंसेवी हुन्थे ।
गुमेको मौका
बितेका सात वर्ष पिसकोर नहुँदा अमेरिकामा अमेरिकीहरूबाटै आफ्नो प्रवर्द्धन र विज्ञापन गर्ने मौका नेपालले गुमाएको छ । थुप्रै स्वयंसेवकहरूले आफ्नो अनुभवलाई ब्लग, भिडयो र सामाजिक सन्जाल वेबसाइटहरूमार्फत इन्टरनेटमा प्रकाशित र प्रसारित गर्छन् । तर ब्लग, युट्युब अनि फेसबुक र ट्विटरजस्ता प्रभावशाली प्रचार माध्यमहरू यी सात वर्षमै थालनी भएका या बढी प्रयोगमा आएका हुन् । अहिले इन्टरनेटमा खोज्ने हो भने केही पुराना भिडियो र विवरणहरू पाइन्छन् जो कार्यक्रम निरन्तर चलिरहेको हुँदो हो त निकै बढ्ने थियो र इन्टरनेटमा नेपालसम्बन्धी शब्द, तस्बिर र भिडियोसहितको सामग्री उल्लेख्य मात्रामा बढ्ने थियो । बितेका वर्षहरूमा विश्वभरि इन्टरनेटमा करोडौं मानिसको पहुँच बढेको छ र कुनै पनि नयाँ ठाउँमा यात्रामा जानुअघि उनीहरू त्यो ठाउँबारे इन्टरनेटमा खोज्छन् । त्यहाँ जति धेरै जानकारी मिल्छ, त्यसले उनीहरूलाई त्यो ठाउँमा जान निर्णय गर्न सजिलो पार्छ ।
पिसकोरको अर्को फाइदा नेपालले फर्किने स्वयंसेवीहरूमार्फत आफ्ना स्वार्थहरू प्रभावशाली ठाउँमा पुर्‍याएर लिन सक्छ । ‘७० को दशकमा स्वयंसेवा गरेर फर्केका जेम्स वाल्स अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा सदस्य भएका । यहाँ ज्ञानेन्द्रले सत्ता कब्जा गर्दा उनले विज्ञप्ति जारी गरेर तथा सांसदहरूमाझ कुरा उठाएर त्यसको विरोध र लोकतान्त्रिक आन्दोलनको समर्थन गरेका थिए । नेपालमै स्वयंसेवा गरेका पिटर बर्ली अहिले नयाँ दिल्लीस्थित अमेरिकी दूतावासमा सहायक राजदूत छन् । उनी अमेरिकी विदेश मन्त्रालयमा दक्षिणी एसियाली मामिलामा ज्ञानी मानिन्छन् ।
कास्कीको घान्द्रुकमा स्कुलमा पढाएर स्वयंसेवा गरेर फर्केकी मोल्ली टिजले त्यहाँको स्कुलमा महिला शिक्षक नदेखेपछि ‘आफ्नो जीवन बदल्ने’ निर्णय गरिन् । उनले हार्वर्ड विश्वविद्यालयबाट शिक्षा नीतिमा विद्यावारिधि गरिन् । अहिले उनी अमेरिकी विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसिया मामिला ब्युरोमा शिक्षा सल्लाहकार छिन् ।
‘पूर्वस्वयंसेवकहरू नेपालका लागि अमेरिकामा सद्भावना दूत हुन्,’ अमेरिकाका लागि नेपाली राजदूत शंकर शर्माले केही महिनाअघि वासिङ्टन डीसीस्थित दूतावासमा पिसकोरको ५० औं वर्षगाँठ मनाउन आयोजना गरेको समारोहमा एकजना संवाददातालाई भनेका थिए, ‘सधैंका लागि नेपालका मित्र हुन् । नेपाल र अमेरिकाको सम्बन्ध सुधार्न यिनीहरूलाई प्रयोग गर्न सकिन्छ ।’
कक्षाकोठामा पढाउदै स्कट एल्लान वाल्लिक बिरगन्जमा २००४ मा
दुइ वर्षे बसाइँले स्वयंसेवकहरूमा नेपाल र नेपाली समाजप्रति कति गहिरो असर पार्छ भने उनीहरूले त्यो अनुभवलाई जिन्दगीभर बिर्सन सक्दैनन् । थुप्रै त बारम्बार फर्किन्छन् । कतिले यहीं जीवनसाथी भेट्टाएका छन् । त्यस्तैमध्येका एक हुन् स्कट एल्लान वाल्लिक जो २००२ मा वीरगन्ज आएका थिए । २००४ मा श्रीमतीसहित अमेरिका फर्किंदा उनी अन्तिम ब्याचका स्वयंसेवी थिए । त्यतिबेला काठमान्डुको एउटा स्कुलमा पढाउने दार्जिलिङकी विनीता श्रेष्ठलाई भेटेपछि उनी प्रेममा परेका थिए । ‘विर्तामोडमा एउटा कार्यक्रम थियो, त्यहीबेला मैले दार्जिलिङ फोन गरेर विनीताका आमाबाबुसँग बिहेको प्रस्ताव गरेँ,’ शुक्रबार बिहान न्युयोर्कबाट स्काइपमा स्कटले बडो उत्तेजित हुँदै भने, ‘मेरो नेपाली ठिकै थियो तर पिसकोरले भविष्यकी श्रीमतीका आमाबाबुसँग उनीहरूकी छोरी माग्ने गरी चाहिं नेपाली सिकाएको थिएन । तैपनि जसातसो नेपालीमै बोलेर मैले त्यो काम गरें ।’ आगामी महिना नेपाल आउने योजनामा रहेका स्कट यतैबाट ससुराली पुग्ने विचारमा छन् ।
पछिल्लो समयमा स्वयंसेवा गर्न आएका स्कटले चाहिं त्यतिबेला आफ्नो नेपाल अनुभवबारे विस्तृत रूपमा ब्लगमार्फत इन्टरनेटमा प्रकाशित गरेका थिए । आफ्ना अनलाइन डायरीहरूमा उनले वीरगन्ज तथा नेपालमा त्यतिबेलाको जीवन, बढ्दो हिंसा र एकदिन कसरी आफ्नै अफिसमा बम पड्किएको तर त्यो दिन आफू त्यहाँ नभएको उल्लेख गरेका छन् । उनका केही डायरीलाई वासिङ्टनस्थित पिसकोर मुख्यालयले मन नपराएको, तिनलाई प्रकाशित नगर्न भनेको र आफूले पनि अनावश्यक झमेला खेप्नुभन्दा तिनलाई मेटेको स्कटले बताए । ती मेटिएका डायरीका अंशलाई उनले स्वयंसेवा सकिएपछि पुनः प्रकाशित गरेका थिए ।
कोही एक्लै त कोही दुलही लिएर अमेरिका फर्किन्छन् । तर स्टिभ लेक्रेकजस्ता थोरै चाहिं नेपालमै अड्किन्छन् । सेप्टेम्बर १९७४ मा स्वयंसेवकका रूपमा आउँदा उनको चिनाजानी नेपालमा पिसकोर स्वयंसेवकहरूको पहिलो समूहमा आएका माइक फ्रेमसँग भइसकेको थियो । सन् २००८ मा क्यान्सरबाट मृत्यु भएका माइकले १९९७ मा काठमान्डुको नक्सालमा माइक्स ब्रेकफास्ट नामको लोकप्रिय रेस्टुरेन्ट खोलेका थिए । ‘कुकिङ् इन नेपाल’ नामको पकाउने किताब पनि लेखेका उनले अमेरिकाको विस्कन्सिनमा नेपाली शैलीको घर पनि बनाएका थिए । विज्ञान पढेका २२ वर्षे उनी त्यतिबेला माछापालन आयोजनामा सघाउन रूपन्देही र जनकपुर गएका थिए । त्यसयता उनी कुनै न कुनै आयोजनामा अल्झेर नेपालमै छन्, यहीं उनले बि्रटेन नेपाल मेडिकल ट्रस्टमा काम गर्दा त्यहीं काम गर्ने एउटी क्यानडेली डाक्टर भेट्टाए, बिहे गरे । उनी अहिले लगभग नेपाली भएका छन् । ‘म नेपाली साथीभाइहरूलाई भन्छु,’ उनले हाँस्दै प्रस्ट नेपालीमा भने, ‘मेरो आन्द्राभुँडी सबै नेपाली भइसक्यो, बाहिर मात्र म यस्तो (गोरो) छु ।’
पहिलो दुई वर्ष स्वयंसेवक अवधि सकिएपछि अर्को दुई वर्ष थपेर नेपालमै बसेका उनले गोबरग्यास आयोजना थाल्न त्यतिबेला अमेरिकी सहयोग नियोगको कार्यक्रममा काम गरेका थिए । केही वर्षपछि उनले नेपालमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको सुरुवात र लागू गर्न महत्त्वपूर्ण योगदान दिए । अहिले उनी अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयको पैसामा सञ्चालन हुने स्वास्थ्य आयोजनाको काठमान्डु कार्यालयमा काम गर्छन् ।
‘थुप्रै नेपालीको ज्यान जोगाउने र बाल मृत्युदर कम गराउने कार्यक्रमहरूमा भाग लिन पाउनुलाई म मेरो भाग्य ठान्छु,’ शुक्रबार उनले भने, ‘मलाई दुवै देश आफ्नो घरजस्तो लाग्छ ।’ नेपालका ‘५३ जिल्लामा मात्र पुगेको अहिलेसम्म’ र नेपालमा गर्नुपर्ने काम धेरै बाँकी रहेको बताउने स्टिभ नेपालमा जिन्दगी रमाइलो भइरहेको र यहाँ बस्ने तथा काम गर्ने रहर नसकिएको बताउँछन् । ‘सुरुमा दुई वर्षका लागि आएको, यतिन्जेल बसिएला भन्ने विचारै थिएन,’ अब कतिन्जेल नेपाल बस्ने भन्ने प्रश्नमा उनले नेपालीमा भने, ‘सधैं यहीँ बस्ने निधारमै लेखेको छ कि । तक्दिर के छ, हेरौं ।’
जिमी सर र पुराना तस्बिर
गए डिसेम्बर मध्यमा शान्ति स्थापनालगायतका केही महत्त्वपूर्ण सूचकहरूमा उल्लेख्य प्रगति हासिल गरेको भन्दै नेपाललाई आफ्नो एउटा अन्तर्राष्ट्रिय सहायता कार्यक्रममा पारेको थियो । अमेरिकी मन्त्रीहरू बोर्ड सदस्य रहेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ नामको त्यो संस्थाले कृषि र सिंचाइ, यातायात, खानेपानीजस्ता क्षेत्रमा आयोजना चलाउन र स्वास्थ्य/शिक्षामा जनताको पहुँच बढाउन सहयोग गर्छ । त्यसका लागि १० करोडदेखि २५ करोड डलरसम्मको सहयोग आउन सक्ने अर्थ मन्त्रालयको अनुमान छ ।
उक्त कर्पोरेसनको १६ जना उच्च कर्मचारीहरूको सूचीमा भएको एउटा नामलाई दोलखाको मेलुङ गाउँका जनताले चिन्छन् । कर्पोरेसनको नीति तथा मूल्याङ्कन विभागका सहायक उपाध्यक्ष जेम्स पार्कले १९८४ मा पिसकोर स्वयंसेवीका रूपमा मेलुङमा दुई वर्ष बिताएका थिए । उनले मेलुङ पुग्न काठमाडौंदेखि गरेको यात्रा र गाउँमा बिताएका अन्तिम दुई महिनाका दृश्यलाई जेम्सका क्लाउडेले क्यामेरामा उतारेका छन् । ती सबै दृश्य समेटेर क्लाउडेले बनाएको ‘जिमी सर’ नामको वृत्तचित्रलाई युगान्डामा पिसकोर स्वयंसेवा गरेका र नेपालमा पदयात्रा गरेका ड्वाने पेरीले पिसकोर स्वयंसेवीहरूबारे बनेको अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट फिल्म भनी २००४ मा प्रशंसा गरेका थिए ।
अंग्रेजी पठाउन मेलुङ् पुगेका जेम्सलाई विद्यार्थी उनको छोटकरी नामसँगै सर जोडेर ‘जिमी सर’ भनी बोलाउँछन् । फिल्मको सुरुवाती दृश्यमा कक्षाकोठामा ससाना बच्चाहरूलाई पढाइरहेका जेम्स विद्यार्थीहरूलाई सोध्छन्-
‘ह्वाट सब्जेक्ट इज दिस ?’
विद्यार्थीहरू अल्मलिएपछि उनी नेपालीमा खुसुक्क सोध्छन् र उत्तरको संकेत गर्छन्, ‘कुन विषय ? दिस इज इङ्लिस क्लास..सपैले..’
लगत्तै उनी एकजना फुच्चेसँग प्रश्न गर्छन् र विद्यार्थीले लेग्रो घस्दै जवाफ दिन्छन्-
ह्वाट इज योर नेम ?
माइ नेम इज कुमार
ह्वाट इज माइ नेम ?
योर नेम इज जिमी सर ।
अमेरिकाको मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा कम्प्युटर विज्ञान पढेका जिमी सरले केही समय उतै इन्जिनियरका रूपमा काम गरेका थिए । ‘तर मलाई केही नपुगेको जस्तो भयो,’ उनी फिल्ममा क्लाउडेलाई भन्छन्, ‘म आफ्नैबारेमा जान्न चाहन्थें । म आफ्ना लागि लक्ष्य र प्राथमिकताहरू निर्धारण गर्न चाहन्थें । तेस्रो विश्वमा के भइरहेको छ हेर्न, विकासबारे जान्न र सहयोग गर्न चाहन्थें । त्यसका लागि पिसकोर उत्कृष्ट उपाय लाग्यो ।’
मेलुङबाट फर्केपछि जेम्सले विश्व बैंकमा काम थाले । अफ्रिका तथा दक्षिण अमेरिकाका थुप्रै मुलुकका सरकारहरूलाई विकासबारे सल्लाह दिए । गत वर्ष अक्टोबरमा उनी मिलेनियम च्यालेन्ज कर्पोरेसनमा काम थाले ।
त्यसयता जिमी सर नेपाल फर्केका छैनन् तर थुप्रै पिसकोर स्वयंसेवीहरू बारम्बार नेपाल फर्किरहन्छन् । खासमा धेरै संख्यामा स्वयंसेवीहरू फर्किने मुलुकमा नेपाल पर्छ ।
जिमीभन्दा एक वर्षअघि १९८३ मा खोटाङको निर्मलीडाँडा गविसमा श्रमदान गरेका अमेरिकाको न्युमेक्सिको राज्यका जोन भाभरुस्का गाउँ छाडेको १९ वर्षपछि २००४ मा ओखलढुंगाको रुम्जाटार र खोटाङ सदरमुकाम दिक्तेल हुँदै गाउँ फर्केका थिए । ‘दिक्तेलमा मैले सम्झिने सबै बिहानीपखका आवाजहरू दुरुस्तै पाएँ,’ भाभरुस्काले निर्मलीडाँडा पुगेको साँझ पालमुनि बसेर यस्तो लेखेका थिए, ‘कुकुरहरू भुकेको, भालेहरू कराएको र मानिसहरूले घाँटी सफा गरेको ।’ त्यहाँ रहँदा आफूले युनिसेफको सहयोगमा सञ्चालित खानेपानी आयोजना र त्यसअन्तर्गतका धाराको डिजाइनमा सहयोग गरेको बताउने इन्जिनियर भाभरुस्काले इन्टरनेटमा प्रकाशित आफ्नो यात्रा डायरीमा अचेल ती धाराहरू बिग्रेको देख्दा दुःख प्रकट गरेका छन् । भाभरुस्काले स्वयंसेवा गर्दाताका खिचेका दुई सय तस्बिरहरू बोकेका थिए जो उनले गाउँ र बाटामा भेटिएका सम्बन्धित मान्छे र तिनका आफन्तलाई बाँडेका थिए । रुम्जाटार पुग्दाको एउटा घटनालाई उनले यसरी सम्झेका छन्- ‘आज बिहान म लामिचने गुरुङको घरमा गएँ । उहाँ पर्खालमा ढल्केर बसिरहनुभएको थियो । हामीले हात मिलायौं र उहाँले भन्नुभयो, ‘जोन भाभरुस्का’ । कस्तो राम्रो सम्झना ।’
केहीअघि एकजनाले भाभरुस्काको अनुहारअगाडि भिडियो क्यामेरा तेस्र्याउँदै एकजनाले खोटाङमा रहँदाका नेपालबारेका केही अविस्मरणीय क्षण सम्झिन भनेका थिए । भाभरुस्काले एउटा यस्तो क्षण सम्झिए- “गोपनीयताचाहिं हुँदै नहुने । मलाई त्यसले निकै गाह्रो पाथ्र्यो । त्यसैले कुनैकुनै दिन म अरूबाट हराउन एक्लै यात्रामा निस्कन्थें । हिँड्नु त कामै पनि पथ्र्यो । एकदिन त्यसैगरी एकान्तको खोजीमा हिँड्दै थिएँ, पछाडि कोही आएजस्तो लाग्यो । नभन्दै एकजना नेपाली मेरै पछाडि । मैले मनमनै भनें, म यो मान्छेसँग बोल्दिनँ, म अहिले एक्लै हुन चाहन्छु । गएको सात/आठ महिना भएको थियो, नेपाली संस्कृतिसँग बिस्तारै समाहित हुँदै गएको थिए । त्यसैले मैले त्यो मान्छेलाई पन्साउने उपाय निकाले । बाटाको छेउमै बस्ने निर्णय गरे । नेपालीहरू प्रायः त्यसरी बाटाका डिलमै बस्दैनन्, उनीहरू सामान्यतः पसलहरूमा अडिन्छन्, चिया पिउँछन् र फेरि हिँडाइ थाल्छन् । त्यसैले म डिलमै बसें । अब त्यो मान्छे त मेरै छेउमा आएर पो बस्छ । मलाई भित्रैदेखि रिसले उकुसमुकुस भयो । म प्रायः अमेरिकीहरूकै जस्तो त्यो क्षण एकान्तमा बस्न चाहिरहेको थिएँ । त्यसैले मैले त्यो मान्छेविरुद्ध नानाभाँती नकारात्मक कुरा सोच्न थालें । अनि ऊ के गर्छ ? आफ्नो सानो झोलाबाट सुन्तला निकालेर मलाई दिन्छ । अनि त मलाई ऊप्रति त्यस्तो नराम्रो सोचेकामा कस्तो नमज्जा लाग्यो । ऊ त खालि मसँग साथी हुन चाहन्थ्यो, मसँगै हिँड्न चाहन्थ्यो, मेरो ‘हिँड्ने साथी’ हुन चाहन्थ्यो । नेपालका बारेमा कुरा चल्नेबित्तिकै आउने सुरुवाती सम्झाना मेरो त्यही घटना हुन्छ ।”
भाभरुस्काले अतीत सम्झिएको त्यो भिडियो र जिमी सरमाथिको फिल्मलगायतका थुप्रै भिडियोहरू वेबसाइट युट्युबमा उपलब्ध छन् ।
संखुवासभामा विष्णुमाया राईका साथ जेफ्री पोट्टर
एउटा लामो किताब
फेब्रुअरी १९९४ मा पहिलोपटक आएका जेफ्री पोट्टरले संखुवासभाको एउटा गाउँमा दुई वर्ष स्वयंसेवा गरेका थिए । त्यसयता उनी पाँचपटक नेपाल आएका छन् । सन् २००० मा फुलब्राइट छात्रवृत्तिमा नेपाल फर्केका उनले हिन्दु, बौद्ध र किरात धर्ममा धाँमीझाँक्रीको परम्पराबारे अध्ययन गरेका थिए । संखुवासभाको एउटा गाउँमा जनताको जीवनशैली र चालचलनमा आउने परिवर्तनको भिडियो खिचेर अध्ययन गर्न उनले सन् २००० मा ३० वर्षे योजना थालेका थिए जो जारी छ । अमेरिकाको विस्कन्सिनमा रहेका उनीसँग बिहीबार इमेलमा भएको कुराकानीको अंश-
मेरो नेपाल बसाइ र यात्राका क्रममा मैले राजनीति र थुप्रै सरकारहरू बदलिएको देखें साथै पूर्वी नेपालका केही दुर्गम गाउँहरूमा सडक, मोबाइल फोन, कम्प्युटर सेन्टरहरू, बिजुली र टिभी पुगेको पनि देखें । मैले स्वयंसेवा गरेको समुदायले मुख्यतः कृषि नै गर्छ तर यी परिवर्तन उनीहरूका लागि महत्वपूर्ण थिए ।
आर्थिक, राजनीतिक र भौतिक चुनौतीका बाबजुद म हरेक पटक नेपाल फर्किंदा तिनै सिर्जनशील, समझदार, मित्रवत् र परिवार-केन्दि्रत जनता भेट्टाउँछु । नेपालको कुरा आउँदा थुप्रै पर्यकटकले हिमाल र प्राकृतिक सौन्दर्यको कुरा गर्छन् । मैले अरूलाई नेपालबारे भन्दा जनताकै कुरा गर्छु । नेपाली जनता संसारकै उत्कृष्टमध्येका छन् र त्यसमा केही परिवर्तन आएको छैन ।
पिसकोरले दिएको नेपाली भाषाको प्रशिक्षण र समुदायमा स्वयंसेवकहरूले पाउने सहयोग कम्ती उपयोगी हँुदैन । भाषा जान्नु महत्वपूर्ण कुरा हो तर कसैसँग सम्बन्ध स्थापना गर्न उसको समस्या, सपना, आशा र डर बुझ्नुपर्छ । पिसकोरले नेपाली र अमेरिकी दुवैलाई त्योसँगै गर्ने मौका दिन्छ ।
मैले अमेरिका फर्किदा नेपालसँग जिन्दगीभरको सम्बन्ध कायम राख्न चाहेको थिएँ । नेपालमा बसेकैले संसारप्रति हेेर्ने मेरो दृष्टिकोण बदलियो । त्यहाँ बसेपछि म नेपाल र विश्वका अन्य मुलुकमा राजनीतिक र सामाजिक विषयप्रति चासो राख्ने भएँ । मेरा आफ्नै क्रियाकलाप र तिनले मेरो समुदाय तथा विश्वभरि पार्न सक्ने प्रभावप्रति पनि म होस पुर्‍याउन थालें । विस्कन्सिन राज्यको म्याडिसनमा स्नातकोत्तर पढ्न आउनुको कारण यहाँको नेपाली-अमेरिकी समुदाय पनि हो । यहाँ र अमेरिकाभरि मेरा थुप्रै नेपाली साथी छन् र सधैं उनीहरूसँग कुरा गर्छु ता कि मेरो सम्पर्क पनि रहिरहोस् र नेपाली भाषा पनि झन् सुध्रियोस् । संखुवासभामा बनाएको मेरो मित्रताका कारण म नेपाल फर्किरहन्छु । यी मित्र मेरा परिवार हुन् । उनीहरूलाई छोड्नु अप्ठेरो कुरो थियो ।
अमेरिका फर्केपछि मैले नेपालबारे अमेरिकाभरि थुप्रै विद्यार्थीसँग कुरा गरेको छु, फोटो देखाएको छु, हार्वर्डजस्ता विश्वविद्यालयमा नेपालबारे भाषण गरेको छु । मैले सधैं पर्यटक या पढ्न या काम गर्न नेपाल जानुपर्छ भनी उक्साउने गरेको छु । म नेपालमा हुँदा मेरा बुबा, आमा, सौतेनी आमा र थुप्रै साथी मलाई भेट्न जानुभएको थियो । यहाँ केही सञ्चारमाध्यमले मेरो अन्तरवार्ता लिएका छन् र मैले नेपालमा मेरो जीवनबारे फोटो प्रदर्शनी, सिनेमा देखाउने आदि गरेको छु ।
नेपालका दुर्गम गाउँमा सडक, बिजुली र खानेपानीजस्ता सुविधा पुग्दा ती विकासे गतिविधिको मानवीय र सांस्कृतिक प्रभाव थाहा पाउने चासो पूरा गर्न मैले ३० वर्षे योजना थालेको हुँ । भविष्यमा मानिसहरूका लागि सकारात्मक परिवर्तन आउलान् या नकारात्मक ? पिसकोरको स्वयंसेवा किताब पढ्न थालेजस्तै हो तर सिध्याउन पाइँदैन । विकासका आयोजनाबाट प्रभावित गाउँका मानिसहरूमा आएको परिवर्तन लामो समय हेरेपछि मात्र एउटा कथा भन्न सकिएला जस्तो लाग्यो । त्यसैले जीवन किताब हो भने मेरो जीवनको यो भाग पढ्न ३० वर्ष लाग्ने भएको छ ।
काठमान्डुमा नयाँ जीवन
काठमान्डु सहरको ‘दृश्य, ध्वनि, बास्ना, संरचना र संस्कृतिको’ आनन्द लिइरहेकी एन्डि्रया वज्नार-डायाग्नेले ‘अफ्रिकामा २६ वर्षपछि बिताएपछि आउँदा नेपाललाई दयालु, धैर्यपूर्ण र खुला’ पाएको बताइन् । हालै नेपाल आएको उनको परिवारले नेपाली सिक्न थालेको छ । अफ्रिकी मुलुक वेनिनमा स्वयंसेवा गरेर अमेरिका फर्केपछि जोन्स हप्किन्स विश्वविद्यालयमा सामाजिक परिवर्तनमा स्नातकोत्तर गरेकी उनले रेडक्रसमा १६ वर्ष काम गरिन् । त्यसपछि पिसकोरको कर्मचारीका रूपमा उनी अफ्रिका फर्किइन् । पछिल्लोपटक उनी तान्जानियामा थिइन् । ‘त्यहाँ मानिसहरू अलि कम बोल्नेखालका छन्,’ पिसकोर नेपालकी नयाँ निर्देशक एन्डि्रयाले भनिन्, ‘यहाँ आफ्नो संस्कृति र देशबारे बताउन मानिसहरू कति उत्सुक । उनले कान्तिपुरसँग गरेका कुरा-
पिसकोर नेपाल कार्यालयकी निर्देशक एन्ड्रिया वज्नार-डायाग्ने
पिसकोरका लागि विश्वका कुनै पनि मुलुकको तुलनामा नेपाल विशेष रहेको थुप्रै स्वयंसेवीहरूले भनेका छन् । तर किन हो, कसले यसै भन्न सकेको छैन । केहीले यति सानो भूभागमा धेरै र विविधतायुक्त संस्कृतिले यो देशलाई त्यस्तो विशेष बनाएको हो कि भनी लखेटेका छन् । राजनीतिक र अन्य चुनौतीका बाबजुद कसरी यति धेरै जाति र भाषीहरू मिलेर बस्न सकेका छन्, त्यो शक्ति हो ।
मैले विश्वभरिका थुप्रै पिसकोर कार्यक्रम देखेकी छु, अफ्रिकाका थुप्रै मुलुकमा कार्यक्रमको नेतृत्व र संयोजन नै गरेकी छु । तर नेपालमा जस्तो स्वयंसेवकहरूको आकर्षक र माया अन्त कतै देखेकी छैन । कतिपयले नेपाललाई नै घर बनाएका छन्, कतिपय यहाँ बारम्बार आइरहन्छन् । अन्य मुलुकमा यस्तो निकै कम हुन्छ । मेरो आफ्नै पनि बेनिनसँग त्यस्तो नजिकको लगाव छैन, यद्यपि त्यहाँ स्वयंसेवा गरेर बिताएको समयले मेरो जीवनै बदल्यो । अबका अढाई वर्ष यहाँ रहदा नेपालप्रतिको आकर्षणको कारण बुझ्ने प्रयास गर्नेछु ।
सुविधासम्पन्न जीवन जिएका धेरै पश्चिमालाई गरिबीको पीडा थाहै हुँदैन । पिसकोरले उनीहरूलाई गरिबी महसुस गराउँछ जसले उनीहरूलाई आफ्नै र विश्वका संस्कृतिहरूबारे सिकाउँछ अनि त्यो ज्ञानले उनीहरूको जीवनै बदलिदिन्छ । त्यो ज्ञान न कलेजमा सिकिन्छ न त्यसको कुनै प्रमाणपत्रै पाइन्छ ।
हामी तपाईहरूको आन्तरिक राजनीतिमा चासो राख्दैनौं । तर हाम्रा स्वयंसेवकहरू सुरक्षित हुन्छन् भन्ने आश्वासन मिल्छ, हामी त्यसको सम्मान गर्छौं । तर हाम्रा स्वयंसेवकहरू नै समुदायमा भिज्न सकेनन् र  परिवारकै सदस्यका रूपमा बस्न सकेनन् भने सुरक्षाको जतिसुकै ठूलो पर्खालले पनि अर्थ राख्दैन । राजनीतिकलगायतका सबै चुनौतीका बाबजुद सहस्राब्दी विकास लक्ष्य भेट्टाउने सन्दर्भमा नेपालले उत्कृष्ट प्रगति हासिल गरेको मैले सुनेकी छु । स्वयंसेवीहरूले त्यो प्रक्रियालाई झन् तीव्र बनाउन प्रयास गर्नेछन् । स्वयंसेवी भनेको गुरुजस्तै हो, आफ्ना घरमा बरु उसलाई सुन्दैनन्, बाहिर सुन्छन् । बुद्धलाई नै हेर्नुस् न !
नेपालमा अमेरिकाको छवि राम्रो छ । विश्वका सबै देशमा यस्तो छैन, कति त अमेरिकाको निकै विरोध गर्छन् । अनि अमेरिकीहरू पनि ती देशलाई त्यतिकै घृणा गर्छन् । असल मित्र भएकाले अमेरिकीहरू पनि नेपालीलाई मन पराउँछन् र यहाँ आउन र बस्न मरिहत्ते गर्छन् ।
प्रकाशित मिति: २०६८ माघ ७ १०:२५
Could This be Baburam’s Katwal Moment? Nepal Army Against Bulk Recruitment of Madhesis
The Nepal Army is dissatisfied with Tuesday’s (20 Dec) Cabinet decision (see below) to recruit 3,000 youths from the Madhesi and other minority communities. It plans to register its reservations with the government after receiving a formal order from the Ministry of Defence. Prime Minister Baburam Bhattarai invited Chief of Army Staff General Chhatra Man Singh Gurung at his residence on Wednesday (yesterday) morning. The PM, however, did not clearly instruct the CoAS on the Cabinet decision, an Army source said. Gurung is meeting President Dr Ram Baran Yadav on Thursday (today) to discuss the decision.
“If the government’s decision contradicts with the Interim Constitution and the Army Act, the Army will officially request the government to revise it,” the source said. The Army argues that recruitment is purely a ‘voluntary process’ and it cannot restrict ‘the right to equality’ guaranteed by the Interim Constitution by opening vacancies for any particular group. Under the existing recruitment process, 55 percent of the seats are filled through free competition, while 45 percent are recruited under the reservation quotas.
“If the government wants to make the Army more inclusive, it should amend the Army Act and offer more seats in the reservation quota,” the source said.
Army chief meets the Prez
Chief of Army Staff (CoAS) Chhatra Man Singh Gurung called on President Dr Ram Baran Yadav at the latter’s residence in Shital Niwas on Thursday (today). During the meeting, the CoAS expressed dissatisfaction towards government’s decision to recruit Madhesi youths in a separate battalion of the Nepal Army (NA) as part of its motive to make the national army an inclusive institution.
The Cabinet decision has drawn flak from opposition parties Nepali Congress and CPN-UML as well as other political forces and groups.
Govt to Nepali Army: Take in Madhesi youths
The government on Tuesday (20 Dec) directed the Nepal Army to begin recruitment of 3,000 Madhesi youths, including those from the Dalit, janjati and backward communities in the region.
The fresh directive issued to the Army after a four-hour-long Cabinet meeting is likely to take the total strength of the Army to over 100,000. The current strength is 92,753, while the total posts in the national army is 95,793. The Cabinet discussed Chhinamasta, Janaki, Birat, Salej and Simrangad as the likely names for the new battalions to be formed.
The decision was taken in line with the four-point agreement signed between the UCPN (Maoist) and the Samyukta Loktantrik Madhesi Morcha, which led to the formation of the current coalition.
Recently, the two sides held a series of meetings to have the agreement implemented, with the Morcha at one point of time threatening to withdraw from the coalition. The other important agendas of the four-point agreement includes addressing the issue of citizenship and introducing a new inclusive bill. The bill has been sent to the Bill Committee of the Cabinet.
The  government was planning to revive 3,000 vacancies in the Army that were scrapped after the Janaandolan II to make way for the Madhesi youths. However, leaders from both the Maoist party and the Morcha had been saying that 2,000 posts would be given to Madhesi youths and 1,000 to the Dalits and backward groups. The Sabuj battalion now has members of the Madhesi community.
The Cabinet meeting is learnt to have discussed providing citizenship to children of those that have acquired citizenship through birth. While ministers from the Morcha are said to have argued that the line ministry concerned–Ministry of Home Affairs–should be given a directive by the Cabinet in that regard, some Maoist ministers are learnt to have argued that providing citizenship to the children of those that have certificates by birth would not be a problem as laws pertaining to it exist.
A Cabinet source said differences on the citizenship issue prolonged the meeting. The Cabinet, the source added, may meet again on Wednesday to resolve the issue. Earlier on Tuesday, a meeting of the major parties was called to address the issue. According to Sadhbhawana party Co-Chairman Laxman Lal  Karna, parties were in agreement that providing citizenship to children of those that have acquired certificates through birth should not be a problem. Karna added that the meeting saw the presence of legal experts like Khim Lal Devokta and Sambhu Thapa.
NC objects to bulk recruitment of Madhesis
The main opposition Nepali Congress (NC) has taken a serious exception to the government decision to recruit Madhesi youths in a separate battalion of the Nepal Army (NA) as part of its motive to make the national army an inclusive institution.
Saying that the decision would hinder the professionalism of NA, the NC accused the government of trying to divide the national army in the name of caste and region.
“NC would not accept this decision as it impedes unity, discipline, and professionalism of the NA. The NC would not support any kind of factionalism within the NA,” said NC leader Arjun Narsingha KC.
Saying that the recent decision of the Cabinet was unacceptable to the party, NC leaders said they would instead support other alternatives to make NA inclusive. “The decision to make a different battalion of the Madhesis would trigger divisions within the army. Other alternatives should be sought,” said KC.
The cabinet meeting on Tuesday had decided to direct the Defense Ministry to integrate 3000 Madhesis in the NA as a different battalion.