Ruling Parties Want Govt to be Strong [Against Maoists]

Leaders of 22 political parties of the ruling alliance (some are in the govt while others have supported it from outside) met today at the official residence of the Prime Minister to discuss the planned general strike of the Maoist from tomorrow. According to the Chief advisor of the PM, the meeting passed a four-point resolution that asks Maoists to call back the general strike scheduled from tomorrow. The meeting also asked the former rebels have adhere to democratic principles while voicing their concerns and refrain from applying violent tactics to mobilize people. “Despite the constitutional and consensus-based options available to form or dissolve the government [the Maoists] have declared to bring down the government from the street which is against the democratic system and democratic norms,” says first point of the resolution adopted by the meeting.”…It would be inappropriate to bow in front of such haughtiness. It is our duty to protect the progressive agreements signed in the past, interim constitution, democracy and the achievements of people’s movement. We will not compromise with anyone against these issues.” The meeting also requested the government to ensure the safety of the public. The meeting requested the public to oppose the Maoist highhandedness.

The following is the full text of the decision of 22 political parties in Nepali.

बाइस दलको निर्णयको पूर्ण पाठ

प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा आज उहाकै निवास बालुवाटारमा सरकारमा सहभागी तथा सरकारलाई समर्थन गर्ने दलहरुको बैठक बस्यो। बैठकमा एकीकृत नेकपा (माओवादी) द्वारा घोषणा गरिएको आमहड्तालले उत्पन्न गरेको परिस्थितिलगायतका विषयमा व्यापक छलफल भएको थियो। बैठकले छलफलपछि निम्न चार बुँदे प्रस्ताव पारित गरेको छ :

पारित प्रस्तावहरु

१. शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउन र संविधान निर्माण गर्न सबै दलहरुका बीचमा सहमति र सहकार्य आवश्यक छ। यस यथार्थविपरीत एकीकृत नेकपा (माओवादी) सडकबाट दबाब सिर्जना गरी सरकारको नेतृत्व आफ्नो हातमा लिन उद्यत भएको छ। सरकार गठन वा विघटन गर्ने संवैधानिक र सहमतिमा आधारित विकल्पहरु हुँदाहुँदै सडकबाट सरकार ढाल्ने घोषणा गर्नु लोकतान्त्रिक प्रणाली र अभ्यास विपरीत कुरा हो। माओवादी लडाकु समायोजन र पुनःस्थापना, संविधान निर्माणको ठोस प्रतिबद्धता, वाइसीएलको अर्धसैन्य संरचना विघटन र कब्जा गरिएका घरजग्गा र सम्पत्ति फिर्ता गरी एकीकृत नेकपा (माओवादी) ले आफूलाई नागरिक राजनीतिक दलमा परिणत गरेमा सहमति निर्माण गर्ने ढोका खुल्नेछ। तर, यी कुनै कामहरु नगरी सडकबाट सरकार परिवर्तन गर्ने हठ लोकतान्त्रिक प्रक्रिया हुन सक्दैन र यस्तो जोरजबर्जस्तीका सामु झुक्नु अनुचित हुनेछ। विगतका अग्रगामी सम्झौता, अन्तरिम संविधान, लोकतन्त्र र जनआन्दोलनका उपलब्धिहरुको रक्षा गर्नु हामी सबैको कर्तव्य हो। यसविपरीत कसैसँग पनि सम्झौता हुन सक्दैन।

२. एकीकृत नेकपा (माओवादी) ले घोषणा गरेको आम हड्तालको तयारी नै हिंसात्मक देखिएको छ। कार्यकर्ताहरुलाई खुकुरी र लाठी चलाउने प्रशिक्षण दिनु, शिविरबाट लडाकुहरु निस्किनु, उनीहरुका साथमा ग्रिनेड फेला पर्नु, हातहतियारसहित कार्यकर्ता पक्राउ पर्नु, जिलेटिन, पेट्रोल, गुलेली, सिसा, लाठी जम्मा गरेको भेटिनु, जबर्जस्ती चन्दा संकलन गर्नु, बलपूर्वक मानिसहरु भेला गर्नु, धम्क्याएर गासबासको व्यवस्था गर्नु, सवारी साधन कब्जा गर्नु, आवागमनमा अवरोध गर्नुजस्ता सबै क्रियाकलापहरु प्रचलित कानुन, विस्तृत शान्ति सम्झौता र यसअघि भएका सबै सहमति विपरीत छन्। यस्ता क्रियाकलापहरुको यो बैठक निन्दा गर्दछ र जनतालाई आतङ्कित नबनाउन आमहड्ताललगायत आन्दोलनका सबै कार्यक्रम तत्काल फिर्ता लिई सम्वादबाट समस्या समाधानका लागि अग्रसर बन्न एकीकृत नेकपा (माओवादी) लाई आग्रह गर्दछ।

३. जनताको जीउ–धन र राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्नु सरकारको दायित्व हो। आफ्नो यस दायित्वलाई गम्भीरताका साथ लिई जनताको जीउधन र राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्ने कुरामा विशेष ध्यान पुर्‍याओस् भनी सरकारको ध्यानाकर्षण गर्दछ।

४. देश अत्यन्त संवेदनशील र चुनौतीपूर्ण घडीमा पुगेको यस अवस्थामा लोकतन्त्र र दीगो शान्तिका पक्षमा तथा हिंसा, अशान्ति र अराजकताका विरुद्धमा उभिन सम्पूर्ण राजनीतिक दल, संघ–संस्था, नागरिक समाज र आम जनसमुदायमा यो बैठक हार्दिक आग्रह गर्दछ।

रघुजी पन्त
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार

[बैठकमा नेपाली कांग्रेसका कार्यबाहक सभापति सुशील कोइराला, नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेकपा (माले) का महासचिव सीपी मैनाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणा, नेकपा (संयुक्त) का अध्यक्ष चन्द्रदेव जोशी, राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपालका अध्यक्ष प्रेमबहादुर सिंह, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष मालवरसिंह थापा, चुरेभावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष केशव मैनाली, नेपाल लोकतान्त्रिक समाजवादी दलका नेता लक्ष्मीलाल चौधरी र नेपाल परिवार दलका लोकमणि ढकाल सहभागी हुनुहुन्थ्यो।

बैठकमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांगे्रस संसदीय दलका नेता रामचन्द्र पौडेल, उपप्रधानमन्त्री सुजाता कोइराला, पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलगायत मन्त्रीहरु र अन्य नेताहरु उपस्थित हुनुहुन्थ्यो।]

About these ads

One response to “Ruling Parties Want Govt to be Strong [Against Maoists]

  1. Binit Gurung

    The Maoists have been violating the past agreements from day one. It seems they don’t care about the interest of general people of Nepal. I don’t know what kind of desire they have in their hearts. Do they want to rule this country single-handedly? Do they want to dissolve all other political parties? Are they democratic? Looking at them, people can’t make a definite opinion about this mysterious party. Trying to dissolve government from street is itself an act that clearly resembles their uncivilized nature which is totally unacceptable. Having said that, I believe people ultimately want peace, security and favorable environment for livelihood. For that, anything possible should be attempted. The government should anyhow bring this chaos to an end and peace must be established. Coming to this time, when people of Nepal are completely tired of strikes, political turmoil and insecurity, people now won’t have any problem with anyone ruling the country or any system being implemented if there is peace and security. Hope peace will prevail soon in this country.

    Like this

What are you thinking?

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s